2026 July 07/ 04:40: 53am

बनेपा/बनेपा नगरमा छोटो समयमै नाम कमाउन सफल बनेपा हेल्थ केयरमा आगामी वैशाख ११ गते विभिन्न रोगका विशेषज्ञहरु आउने भएको छ । 
वरिष्ठ मेरुदण्ड, जोर्नी तथा नशा दुखाई विशेषज्ञ डा. सुनिल पौडेल, वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा. सुजन प्रधान, वरिष्ठ प्रसुति तथा स्त्रीरोग विशेष डा. सुजिता श्रेष्ठ,  वरिष्ठ रेडियोलोजिस्ट डा. महेश पाठक उक्त दिन आउनु हुनेछ । उक्त दिन सम्बन्धित रोगका डाक्टरहरुले विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सेवा दिनेछन् । हेल्थ केयरले आफ्ना सेवाग्राही तथा सम्बन्धित रोगका विरामीहरुले यथाशीघ्र सम्पर्क राखी उक्त स्वास्थ्य सेवा लिनुहुन अनुरोध गरेको छ । त्यसको लागि बनेपा ८ काभ्रे, मयूर हल जाने हाइवे तथा सानीमा बैंक सँगै रहेको भवनमा यथाशक्य सम्पर्क गरी लाभ लिनुहुन अनुरोध गरेको छ । साथसाथै विस्तृत जानकारीको लागि हेल्थ केयरको फोन नं. ०११ ६६२१६२ र ९८६९४१८२६४ मा समेत सम्पर्क गर्न सकिने छ । हेल्थ केयरले यसअघि पनि आफ्ना सेवाग्राहीहरुको स्वास्थ्य सेवालाई मध्यनजर गरी विभिन्न खालको शिविर, जनचेतनामूलक कार्यक्रम लगायतको सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।