2026 July 07/ 04:18: 08am

नेतृत्व हस्तान्तरण
    बनेपा/नेपाल पत्रकार महासंघ काभ्रे शाखाले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरको छ । अध्यक्ष मोतीराम तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्षहरु भोला थापा, महेश पौड्याल, नव निर्वाचित अध्यक्ष बद्रिराज तिमल्सिना, अध्यक्षका प्रत्यासी नवराज बजगाई, प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझी, रसुवाका अध्यक्ष बलराम घिमिरे, प्रेस युनियन काभ्रेका अध्यक्ष कपिल कोईराला, प्रेस संगठनका अध्यक्ष रामकृष्ण बञ्जारा लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो । अध्यक्ष तिमल्सिनाले चार वर्षे कार्यकालमा महासंघले पत्रकारहरुको हितका लागि खेलेको संस्थागत हित, पूर्वाधार निर्माणका सन्र्दभमा आगामी दिनमा पनि उत्तिक्कै सहयोग र सहकार्य रहने बताउनु भयो । 
सचिव नगेन्द्र अधिकारीले संचालन गरेको कार्यक्रममा जिल्लाका कृयाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । सोहि कार्यक्रमसँगै नव निर्वाचित पदाधिकारीहरुले सपथ लिएका थिए । निर्वाचन समितिका संयोजक भोला थापा, सदस्यहरु कुमार भट्टराई र पूर्णचन्द्र सिग्देलले निर्वाचितहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो । सोहि अवसरमा नव निर्वाचित पदाधिकारीहरुलाई पुरानो कार्य समितिले सामान हस्तान्तरण गर्दै नेतृत्व हस्तान्तरण गरेको थियो । निर्वाचनबाट अध्यक्ष बद्रिराज तिमल्सिना, उपाध्यक्ष विनोद न्यौपाने, महिला उपाध्यक्ष सुनिता सापकोटा, सचिव कपिल कोईराला, सह–सचिव सरोज अधिकारी र जगतमान बल, कोषाध्यक्ष केदार तिमल्सिना निर्वाचित भएका छन् । त्यस्तै कार्य समिति सदस्यहरुमा बद्रि तिमल्सिना, रञ्जित बोहोरा, सुकदेव थपलिया, सम्झना गौतम, सन्तोष न्यौपाने, मोहनकृष्ण तिमल्सिना, सुरज श्रेष्ठ, शिव पन्त, अशोक महत, देवराज केसी, रामचन्द्र अधिकारी रहेका छन् ।  
त्यस्तै प्रदेश सभा सदस्यहरुमा सुर्यमाया दनुवार, लक्ष्मण तिमल्सिना, निरञ्जन गेलाल, रामचन्द्र दनुवार, नवराज सापकोटा, भरत अधिकारी, कविता शर्मा, राज्यलक्ष्मी श्रेष्ठ रहेका छन् । राष्ट्रिय परिषद् सदस्य सरिता सापकोटा, भुवन रायमाझी र प्रदिप केसी निर्वाचित भएका छन् ।