धुलिखेल/स्थानीय तहमा न्यायिक समिति गठन भएसँगै प्रहरी कार्यालयमा आउने घरेलु हिंसाका घटनामा कमी भएको छ । न्यायिक समितिहरुले घरेलु हिंसा लगायतका विवाद मिलाएका कारण प्रहरीमा जाने उजुरीको संख्यामा कमी आएको हो । घरेलु हिंसामा कमी आए पनि आत्महत्या, जर्बजस्तिकरणीका घटनामा भने बृद्धी भएको छ ।
घरेलु हिंसा सम्वन्धी घटना तुलनात्मक रुपमा चालु वर्षको ९ महिनामा ५२ वटा मात्रै उजुरी दर्ता भएका छन् । २०७६÷०७७ मा २ सय १६ वटा उजु्री दर्ता भएका थिए । २०७५/०७६ मा २ सय ३४ वटा उजुरी दर्ता भएका छन् । २०७४/०७५ मा २ सय ३० वटा उजुरी दर्ता भएका थिए । दर्ता भएका मध्ये चालु वर्षमा ५२ वटा मध्ये ३७ वटा मुद्दा मिलापत्र भएका छन् । प्रहरी कार्यालयमा दर्ता भई मिलापत्र हुन नसकेका ५ वटा मुद्दा अदालत पुगेका छन् भने १० वटा बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । क्रमशः अघिल्लो वर्ष १२ वटा, १५ वटा र २० वटा मुद्दा अदालत गएको प्रहरीले जानकारी दिएको छ । ४ महिला, १ पुरुष, ६ बालिका र ५ बालकको उद्धार गरिएको छ । चालु वर्षको ९ महिनामा ३४ मपहदा, २९ बालक र १० बालिका हराएकोमा २५ महिला फेला परेका छन् । ९ महिला, २ बालक र ३ बालिका अझै फेला परेका छैनन ।
चालु वर्षको ९ महिनाको अवधिमा १२ वटा जर्बजस्ति करणीका घटना दर्ता भएका छन् । २१ जनाले आत्महत्या गरेका छन् । आत्हत्याको दर दिनदिनै बढिरहेको प्रहरीले जानकारी दिएको छ ।





