2026 July 07/ 03:19: 17am

    बनेपा/एसओएस बालग्राम काभ्रेको कक्षा १० मा अध्ययनरत छात्रा बन्दुमाया राईद्वारा लिखित ‘दशै’ नामक पुस्तक प्रकाशन भएको छ । बालग्रामको सहयोग, बाल साहित्य प्रतिष्ठन नेपालले प्रकाशन गरिदिएको उक्त पुस्तकको आईतबार लोकापर्ण गरिएको हो । 
    गायक संगितकार रामकृष्ण दुवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बालग्रामका निर्देशक सुरेन्द्र अमगाई, प्रा.ड ध्रुर्व घिमिरे, साहित्यकार प्रमोद प्रधान, जयन्ती स्पन्दन, शुशिला देउजा, विद्यालयका प्रिन्सिपल नरेश्वर आचार्य लगायतले बालबालिकाहरुको प्रतिभाको सहि प्रयोग हुन सके बालबालिकाहरुको क्षमता विकास हुन सक्ने बताउनु भयो । बन्दुमाया राईले लेख्नु भएको पुस्तकमा चित्राङ्ग विनिता बुद्धाचार्यले गर्नु भएको थियो । बालग्राम स्थित बुद्धलक्ष्मी श्रेष्ठको घरकी सदस्य बन्दुमाया राई सानै देखि बाल साहित्यमा कृयाशिल हुनु भएको छ । उहाँको लेखन र प्रतिभालाई सम्मान गर्दै आगामी दिनमा उहाँको लेखनलाई अझै अघि बढाउन सहयोग पु¥याउने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । 
    बाल साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेय घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बालबालिकाहरुको बृद्धी विकासमा घर परिवार, विद्यालय, समुदाय र राष्ट्रको भूमिकाका बारेमा छलफल भएको थियो ।