धुलिखेल/जनगणनाका सम्बन्धमा जिल्ला स्तरीय सचेतना कार्यक्रम आयोजना गरिएको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख, जनप्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी लगायत कार्यालय प्रमुखहरु, संचारकर्मी तथा विभिन्न क्षेत्रका ब्यक्तिहरु कार्यक्रममा सहभागि थिए ।
कार्यक्रममा जनगणना २०७८ का बारेमा जनगणना के हो र किन आवश्यक छ ? अक्सर बसोबास भन्नाले कस्तो बसोबासलाई जनाउँछ ? जनगणनाबाट प्राप्त हुने तथ्याङ्कको प्रयोगका बारेमा जानकारी गराईएको थियो त्यस्तै जनगणनाको इतिहास, आगामी जनगणना र त्यसका विशेषताका बारेमा जानकारी गराईएको थियो । संघीय सरंचनामा पहिलो गणना, पूर्ण गणना, कानून जारी, राष्ट्रिय जनगणना संचालन तथा ब्यवस्थापन आदेश २०७६, सामुदायीक प्रश्नावलीको प्रयोग, सम्पूर्ण घरको प्रयोजन सहितको गणना, प्रविधिको प्रयोग, स्थानीय तह अनुसारको नतिजा प्रकाशन, ९ महिना भित्र तथ्याङ्कीय प्रतिवेदन सार्वजनिक, संघ, प्रदेश, स्थानीय तह, नीजि तथा गैरसरकारी क्षेत्र बीच समन्वय, सहकार्य र सहयोगको प्रावधानका बारेमा यो जनगणनाले सम्बोधन गरेको छ । जनगणना संचालनको कार्यविधि, संस्थागत ब्यवस्था, समन्वय समितिहरुका बारेमा जानकारी गराईएको थियो ।





