‘पूर्वाधार’ र ‘ब्यवसायीकतामा’ जोड
लक्ष्मणतिमल्सिना
बनेपा
बनेपा नगरपालिकाले स्थापनाको ४० औं स्थापना दिवस मनाएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्थापना दिवसको उद्घाटन गर्नु भएको थियो । प्रमुख अतिथी पोखरेलले सरकारले गरेको रम्रो नराम्रो कामको फैसला जनताले गर्ने भएकाले ५ वर्ष कुर्न आग्रह गर्नु भयो । जनता नै न्याधिस भएकाले सरकारले गरेका राम्रो नराम्रो कामको फैला हामि जनता बाटै फैसला होस भन्ने चाहान्छौ पोखरेलले भन्नु भयो । जनताले गर्ने फैसलालाई सबैले मन्जुर गर्नु पर्छ तर विचैमा सरकारलाई धक्का मारेर हटाउने कोशिस गरेमा देशका लागी र्दुभाग्य हुने उहाँको भनाई रहेको थियो । पोखरेलले अब स्थानिय सरकारले विकास निमार्ण सगै अब यूवालाई रोजगार र उत्पादन तर्फ जोड्न लाग्नु पर्ने बाताउनु भयो । अनिमात्र नेपाल सरकारले लिएको सुलिनोपालि र समृद्ध नेपालले बनाउन सकिने पोखरेलले बताउनृु भयो । यसले मात्र सार्थक बनाउँछ नेपालले लिएको सुखि नेपाली र समृद्धि नेपाल पोखरेलको भनाई रहेको थियो । नगर प्रमुख लक्ष्मीनरसिं बादेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थापना दिवसको अवसर पारी विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो भने नगर भित्र सांस्कृतिक झाँकी सहितको ¥याली प्रर्दशन गरिएको थियो । सम्मानित हुने ब्यक्तिहरुमा बनेपा सेवा पदकद्धारा नगरको अब्यबस्थित रुपमा बनेका घर टहरा हटाउन र शान्ति सुरक्षामा योगदान पुरयाए वापत तत्कालिन ईलाका प्रहरी प्रमुख सुनिलजंग शाह, विकास निर्माणमा ९९ प्रतिशत योजनाहरु सम्पन्न गर्न सफल र कोभिड १९ को समयमा आईशोलेसन र क्यारेन्टाईन मार्फत नगरबासीहरुलाई सुरक्षित राख्न सफल प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिलाई सम्मान गरिएको थियो । त्यसैगरी बनेपा दिर्घ सेवा पदकद्धारा ३० जना कर्मचारीहरु, बनेपा ताराद्वारा २०६२÷६३ को जनआन्दोलनमा घाईते भएका मुकेश कायश्थलाई नगद सहित सम्मान गरिएको थियो भने बनेपा भाष्करद्वारा संस्थापक नगर प्रमुख तथा पूर्व मेयर डा. सुरेन्द्र बहादुर बादे श्रेष्ठलाई सम्मान गरिएको थियो । सोहि अवसरमा अरनिको राजमार्ग ब्यबस्थापन तथा कोभिड १९ संक्रमण नियन्त्रण र ब्यबस्थापनमा सहयोग गर्ने ब्यक्ति तथा संस्थाहरुलाई र जेष्ठ सदस्य वडा नम्बर ४ निबासी १०१ वर्षिय रामकृष्ण श्रेष्ठ र वडा ९ निवासी ९९ वर्षिय टुकमाई तिमल्सिनालाई प्रशंसा पत्र तथा सम्मान गरिएको थियो ।
नगरपालिकाले स्थापनाको ४० औं वर्षमा भोगेका अनुभूतिहरुको संगालो स्मारिका प्रकाशन गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुस्तकको विमोचन गर्नु भएको थियो । स्थानीय सरकार गठन भएसँगै नगरपालिकाले पूर्वाधार तथा कृषि र पशुपालनको ब्यवसायीकतामा जोड दिईएको नगर प्रमुख बादेले बताउनु भयो । जनप्रतिनिधि निर्वाचित भएको चार वर्षको अवधीमा पूर्वाधार विकास क्षेत्र तर्फ उल्लेख्य प्रगति भएको बताउँदै नगर प्रमुख बादेले चालु वर्षमा नगरस्तरीय १ सय ५ वडास्तरीय १ सय ७१ तथा नगर स्तरीय २ सय ९७ योजना विनियोजन भएको छ । सडक, वडा कार्यालय भवन तथा विद्यालय भवन निर्माणको कार्यमा प्रगति भएको बताउँदै बादेले कृषि र पशुपालन क्षेत्रमा ब्यवसायीकरण गरी रोजगार सिर्जना गरिएको बताउनु भयो । फोहोरमैला ब्यवस्थापन, खानेपानी, नगरपालिकाको श्रोत बृद्धी तथा अन्य क्षेत्रमा नगरबासीहरुको चाहना बमोजिम कार्य गरिरहेको उहाँले बताउनु भयो ।
कृषिमा आधुनिकिकरण, यान्त्रीकरण र बजारीकरणको ब्यवस्थापन गरी माटो परिक्षण गरी उन्नत खेतिका लागि प्राथमिकिरण गरिएको छ । गाई, भैसी र बाख्रालाई प्राथमिक उपचार, परजिवी नियन्त्रण, बाख्राको सर्जिकल उपचार, गाई र भैसीको पाठेघर सम्बन्धी उपचार, रोग निरोधक खोप रेबिज, गाई, भैसी र बाख्रामा कृत्रिम गर्भाधान, जई घाँस वितरण गरिएको छ ।
चालु वर्षमै निर्माण सम्पन्न हुने गरी चण्डेश्वरी देखि गोसाईस्थानसम्मको सिँढी निर्माण कार्यको डिपिआर तयार भइ पर्यटन मन्त्रालयबाट तीन करोड तीसलाख प्राप्त भएको नगरपालिकाको तर्फवाट एक करोड पैतीस लाख लागत सहभागीतामा इविडिङ कार्य शुरू भएको, ऐतिहासिक सेतोपाटी पूर्वाधार निर्माणको काम शुरू गरिएको, चुनदेवी पालेको वन पिकनिक स्पोट निर्माण शुरु भएको र जलेश्वर मुङग्रेटार चुनदेवी पर्यटन मार्ग सम्झौता भएको छ ।
नगर क्षेत्रभित्र उद्यमीहरूको पहिचान तथा प्रवद्वन गर्न उद्यम विकास समिति गठन गरिएको, उद्यम विकास सहजकर्ता नियुक्ति, वडानम्वर १, ९ र ७ मा लघु उद्यमी सिर्जनाका लागि अभिमुखीकरण, व्यवसाय अवलोकन भ्रमण गरी उद्यम व्यवसायको अवस्था पहिचान, लघु उद्यमीहरूलाई स्तरउन्नती कार्यक्रम अन्र्तगत प्रविधि हस्तान्तरण गर्न लघु उद्यमी छनौट गरी नामावली तयार गरिएको छ ।
६० जना ज्येष्ठ नागरिकको सम्मान तथा अभिमुखिकरण, लैङ्गिक हिंसा बिरूद्ध १६ दिने अभियान, ६२ जनालाई ज्येष्ठ नागरिक परिचय पत्र वितरण, ५९ जनालाई अपाङ्गता परिचय पत्रवितरण, २३ वटा विद्यालयको सहभागीतामा बालदिवस मनाईएको, वडानम्वर १३ साँगामा अपाङ्गता परिचयपत्र वितरण सिविर संचालन गरिएको छ । कार्यक्रममा स्वागत मन्तब्य उप प्रमुख रेखा सापकोटा दाहालले राख्नु भएको थियो । कार्यक्रममा शुभकामना मन्तब्य जिल्ला समन्वय समिती प्रमुख उद्धब केसी, संस्थाक प्रमुख डा सुरेन्द्र बहादुर बादे श्रेष्ठ लगाएतका विभिन्न क्षेत्रका ब्यक्तिहरुले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम सञ्चालन बरिष्ठ राजश्व तथा कानुन शाखा अधिकृत धुर्वराज नेपालले गर्नु भएको थियो ।





