नयाँगाउँ, मण्डनदेउपुर/पूर्वमन्त्री एवं नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज गोकुल बास्कोटालाई पितृ शोक परेको छ । बास्कोटाका पिता हरिप्रसाद बास्कोटाको ९१ वर्षको उमेरमा मंगलबार फागुन १८ गते साँझ मण्डनदेउपुर स्थित नयाँगाउँमा निवासमै निधन भएको छ ।
डेढवर्षको बीचमा हरिप्रसाद बास्कोटाका तीनैजना दाजुभाईको निधन भएको छ । पूर्वमन्त्री बास्कोटाको जेठो बुबाको २०७६ भदौमा १०१ वर्षको उमेरमा निधन भएको थियो भने माईलो बुबाको गत कार्तिक महिनामा ९८ वर्षको उमेरमा निधन भएको थियो । ९१ वर्षको उमेरमा हरिप्रसादको फागुन १८ गते निधन भएको छ । हरिप्रसादका चारभाई छोरा मध्ये गोकुल कान्छो छोरा हुन् । गोकुलको आमा २०७२ माघ २८ गते निधन भएको थियो । भुकम्प गएको वर्ष उहाँको निधन भएको थियो । पाँच वर्षको बीचमा गोकुल बास्कोटाले बुबा आमा दुबै गुमाएका छन् । एकवर्ष देखि निरन्तर विरामी रहेका हरिप्रसाद ७ दिन देखी गम्भिर थिए । मृतक हरिप्रसादप्रति भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना ब्यक्त गर्दछौं ।





