2026 July 07/ 03:09: 44am

    बनेपा/नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठ अन्तराष्ट्रिय संजाल युसिएलजी स्पाक (युनाईटेड सिटिज एण्ड लोकल गर्भमेन्ट एसिया प्यासिक) का अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ । 
    कोरोना भाईरसका कारण विभिन्न देशका प्रतिनिधिहरुले भर्चुअल माध्यमबाट परिषद्का् बैठक आयोजना गरी नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुलाई सर्वसम्मत रुपमा अध्यक्षमा छनौट गरेको हो । दक्षिण पूर्व एसिया र एसिया प्रान्त क्षेत्रका स्थानीय सरकार सम्मिलित सदस्यहरुको सबैभन्दा ठुलो संजालका रुपमा रहेको युसिएलजी संस्था संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त एक मात्र स्थानीय सरकारहरुको साझा संस्था हो । इण्डोनेसियाको जाकार्तामा प्रधान कार्यालय रहेको युसिएलजी स्पाक प्रजातान्त्रिक रुपको स्थानीय सरकारहरुको ऐक्यबद्ध आवाज हो । यो अन्तराष्ट्रिय समुदायका अन्तर सरकारहरुका वीच समन्वय र सहकारीता लागि स्थापित संजालको रुपमा रहेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) संग लड्न युसिएलजी स्पाक जस्तो संजाल अझ सशक्त रुपमा ऐक्यबद्ध भई स्थानीय सरकारहरुको भुमिका मजबुत बनाउन सक्रिय हुनु जरुरी रहेको अध्यक्ष ब्याञ्जुले बताउनु भयो । यसका साथै प्रकोप व्यवस्थापन, जलवायु परिवर्तन र गरिबी निवारण लगायत विश्वव्यापी रुपमा स्थानीय सरकार तथा शहरीकरणसँग सम्बन्धित समस्याहरुको सम्बोधन गर्न पनि संयुक्त एकत्रित आवाजको महत्व रहेको र आपसी सिकाईलाई प्रबद्र्धन गर्नु अपरिहार्य रहेको नव निर्वाचित अध्यक्ष व्याञ्जुले बताउनु भयो । 
    नेपाल नगरपालिका संघ विक्रम सम्वत २०५० मा स्थापित गैरनाफामुलक २ सय ९३ नगरपालिकाहरुको छाता संगठन हो । दुई दशक देखिइन्टरनेशनल युनियन अफ लोकल अथुराईईटस (आईयुएलए) हँुदै युसिएलजी स्पाकसँग आबद्ध रहि नेपालका नगरपालिकाहरुको साझा हक हितका लागि बहस पैरवी तथा संजालीकरणका माध्यमबाट सहयोगी संस्थाका रुपमा स्थापित संस्था हो । युसिएलजी स्पाकका अध्यक्षको रुपमा नेपाल नगरपालिका संघका अध्यक्षको प्रतिनिधित्व हुनुले नेपालका नगरपालिकाहरुको सशक्तिकरणका लागि कार्य गर्न अझ जिम्मेवार बनाएको छ । नगरपालिकाहरुको क्षमता अभिबृद्धि गरी संघीयता कार्यान्वयन र संविधान प्रदत्तहकहरुको प्रयोग गरी सबल, सुशासित र समृद्ध नगरपालिकाहरु निर्माणमा कोशेढुंगा सावित हुने अध्यक्ष ब्याञ्जुले बताउनु भयो । 
    यसअघि अध्यक्षमा इण्डोनेसियाका सुराबाया नगरपालिकाका मेयर डा. ट्रिस्मा हार्नी अध्यक्ष र सह अध्यक्षमा नेपालका तर्फबाट धुलिखेल नगरपालिका प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जु निर्वाचित हुनु भएको थियो । विश्वभरका नगरपालिकाहरुको विकास र सम्वृद्धका लागि उक्त संस्थाले योजना बनाउने र लगानी गर्नेछ । चेष्टा साप्ताहिक, प्राईम एफ एम लगायतका संघ संस्थाहरुमा नेतृत्वदायी भूमिकामा रहनु भएका ब्याञ्जुको कार्यकाल सफलताको शुभकमना ब्यक्त गर्दछौं । 
    अन्र्तराष्ट्रिय मेयरहरुको अध्यक्षतामा निर्वाचित ब्याञ्जुको बधाई तथा शुभकामनामा धुलिखेल नगर कमिटी युवा संघले दिप प्रज्वलन गरेको छ । विभिन्न संघ संस्थाहरुले पनि बधाई तथा शुभकामना आयोजना गरेका छन् । 

उपप्रमुख विमला प्रदेश समन्वय परिषद्मा
    धुलिखेल नगरपालिकाकी उपप्रमुख बिमला शर्मा प्रदेश स्तरीय समन्वय परिषद्को सदस्यमा मनोनित हुनु भएको छ । संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तर सम्बन्ध ) ऐन २०७७ को दफा २४ को उपदफा (१) को खण्ड (ङ) बमोजिम मुख्यमन्त्री अध्यक्ष रहने समन्वय परिषद् सदस्यमा शर्मालाई मनोनयन गरिएको छ । बागमती प्रदेश भित्रका गाउँ तथा नगरपालिकाका तर्फबाट प्रमुख÷उपप्रमुख मध्येबाट धुलिखेल नगरपालिकाकी उपप्रमुख बिमला शर्मा मनोनित भएकी हुन् । 
    यसअघि देशभरका स्थानीय तहहरु मध्येबाट संघीय सरकारका अर्थमन्त्री संयोजक रहने समितिमा धुलिखेल नगरपालिका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जु संघ सरकारको समन्वय परिषद्मा सदस्य मनोनयन हुनु भएको थियो ।