बनेपा/बनेपा नगरपालिकाले नगर भित्रका कृषकहरुलाई एक कार्यक्रमका विच उन्नत नश्लको बोयर जातका बोका वितरण गरेको छ ।
नगर प्रमुख लक्ष्मी नरसिं बादेले नगरमा भौतिक विकाससँगै नगरबासीहरुको आर्थिकस्तर उकास्नु पनि विकास रहेको बताउनु भयो । ‘सुखी बनेपाली र समृद्धि’ बनेपा बनाउनु नगरको पहिलो उद्देश्य रहेकाले सम्पूर्ण नगरबासीहरुका लागी खानेपानी, सडक, स्वास्थ्य, शिक्षा लगायतका आधारभुत सुविधाहरु प्रदान गरेको बताउनु भयो । नगरबासीहरुको आर्थिकस्तर उकास्नका लागी उन्नत जातका बोयर बोका वितरण गरिएको बादेले बताउनु भयो । बादेले वितरण पछि उक्त बोकाहरुको राम्रोसँग संरक्षण गर्न र उत्पादन तथा आर्थिक स्तर उकास्नका लागी आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा बनेपा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहालले नगरले कृषि सामाग्री, पशुपन्छीहरु अनुदानमा वितरण गरिएको बताउनु भयो । कृषकहरुलाई तालिम, कृषि औजार वितरण, गोठ सुधार कार्यक्रम, माटो परिक्षण लगाएत कार्य गरेको बताउनु भयो । कार्यक्रममा वडा अध्यक्ष तथा आर्थिक समिति संयोजक सचितानन्द केसी, पशु पन्छी शाखा प्रमुख श्याम महतो लगायतका ब्यक्तिहरुले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा १० जना कृषकलाई बोका वितरण गरिएको र उक्त बोकाहरुको १ वर्ष सम्म वीमा गरेको जनाएको छ । बोयर जातका बोकाबाट उन्नत जातका बाख्राहरु उत्पादन हुने बताएको छ । बनेपा नगरपालिका दुधमा आत्म निर्भर भए सँगै केहि बर्ष पछि मासुमा समेत आत्मनिर्भरका लागी सहयोग पुग्ने बताएको छ । कार्यक्रम पशु प्राविधिक पवन केसीले सञ्चालन गर्नु भएको थियो ।





