2026 July 07/ 01:56: 31am

    साँगा/नेकपा बनेपा नगर कमिटी वडा नम्बर १४ को वडा भेला तथा प्रशिक्षण कार्यक्रम पुर्व सञ्चार तथा सुचना प्रविधि मन्त्री एवं नेकपा केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला ईन्चार्ज गोकुल प्रसाद बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    बास्कोटाले देश समृद्धितर्फ गएकाले कसैले पनि रोक्न नसक्ने बताउनु भयो । केपी ओली सरकारको नारा नै सुखी नेपाली समृद्ध नेपाल रहेकाले देशैभरी विकासका कामहरु तिब्र रुपमा उन्मुख भएको बताउनु भयो । जनताका आकांक्षा र निर्वाचनमा गरिएका प्रतिबद्धता अनुसार विकासका कामलाई अगाडि बढाएको बास्कोटाले बताउनु भयो । अहिलेको सरकारले लोकतन्त्रको वाटो नबिराई जनताको आकांक्षाहरु पूरा गर्न सरकार लागिरहेको  र काभ्रेमा समेत विकासका कामहरुले जग हालेकाले त्यसलाई पुरा गर्न आगामी निर्वाचनमा नेकपा पार्टीलाई जिताउन आग्रह गर्नु भयो । २३ वर्षमा हुन नसकेका कामहरु ३ वर्षमा भएकाले जनताले नै मुल्याङकन गर्नु पर्ने बास्कोटाको भनाई थियो । 
    कार्यक्रमका विशेष अतिथी नेपाल नगरपालिका संघका अध्यक्ष, धुलिखेल नगरपालिका प्रमुख एवं नेकपा जिल्ला कमिटी अध्यक्ष अशोक ब्यान्जुले पार्टी एकता टुट्यो भनेर चिन्ता मात्र नलिई कमिटी निमार्ण तर्फ लाग्नु पर्ने बताउनु भयो । पार्टीमा १६ वर्ष सम्म एउटै अध्यक्ष हुदाँ पार्टीलाई ३० सिटमा सिमित गर्ने माधव नेपाल अहिले केपी ओलीको कार्यकाल ४ महिना बाँकी हुदाँ समेत आफैलाई चहिने भएकाले कुर्सीका लागै पार्टी फुटाएको बताउनु भयो । कुर्सी र पदका लागी भुईको टिप्न खोज्दा खल्तीको खसालेको माधब प्रचण्ड पार्टी नभई कम्पनी मात्र भएको बताउनु भयो । जिल्लामा सक्षम नेतृत्व चयन गर्दा विकासका कामहरु तिब्र रुपमा अगाडी बढेकाले आगामी निर्बाचनमा समेत गोकुल बासकोटालाई निर्वाचित गराई विकासका अधुरा कामहरु पुरा गराउनु पर्ने ब्यान्जुले बताउनु भयो । कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा जिल्ला समन्वय समिति प्रमुख उद्धब केसी, बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे, अनेमसघं जिल्ला कमिटी अध्यक्ष कमला काफ्ले, बनेपा नगरपालिका उपप्रमुख तथा जिल्ला कमिटी सदस्य रेखा सापकोटा दाहाल, १४ नम्बरका वडा अध्यक्ष तथा जिल्ला कमिटी सदस्य गौरी राउत, जिल्ला कमिटी सदस्य पवित्रा भुर्तेल, रत्नकुश रञ्जित, आत्माराम थापा, बनेपा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष तथा जिल्ला कमिटी सदस्य चन्द्र बहादुर खड्का, बनेपा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष तथा जिल्ला कमिटी सदस्य राम बहादुर कुँवर लगाएतका ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य निर्मला तामाङले राख्नु भएको थियो भने सभापतित्व संयोजक राजेन्द्र तामाङले गर्नु भएको थियो । 
    भेलाले निर्मला तामाङ वडा संयोजक राजकुमार देउजा सह संयोजक र सचिब दिनेश पण्डित रहेको ६५ सदस्य रहेको वडा कमिटी गठन गरेको छ । त्यसै गरी आशा लामा संयोजक सविता तामाङ सह संयोजक र प्रविता तमाङ रहेको अनेमसंघ तथा फुर्वा तामाङ संयोजक रविन विष्ट सह संयोजक र दिपक लामा सचिव गरी ४५ सदस्यीय यूवा संघ वडा कमिटी गठन गरेको छ । 
    त्यसै गरी बनेपा नगरपालिका वडा नम्बर १३ को वडा भेलाको वडा भेला तथा प्रशिक्षण कार्यक्रम पूर्व सञ्चार तथा सुचना प्रविधि मन्त्री एवं नेकपा केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला ईन्चार्ज गोकुल प्रसाद बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    भेलाले राम दुवाल संयोजक, राजु मधिकर्मी सह–संयोजक र प्रकाश बुढाथोकी सचिब रहेको ५१ सदस्य वडा कमिटी गठन गरेको छ । पुजा मानन्धर संयोजक, सोनी विष्ट सह– संयोजक र रञ्जना राय क्षेत्री सचिब रहेको अनेमसघं ३१ सदस्यीय कमिटी गठन गरेको छ भने रवि बुढाथोकी संयोजक, श्रृजना श्रेष्ठ सह संयोजक र साजन मानन्धर सचिब रहेको ५१ सदस्यीय युवा सघं वडा कमिटी गठन भएको छ । कार्यक्रममा स्वागत मन्तब्य राजाराम दुवालले गर्नु भएको थियो भने सभापतित्व संयोजक राम दुवालले गर्नु भएको थियो ।