2026 July 07/ 01:33: 12am

बनेपा/नेपाल कम्युनिस्ट पार्टी विप्लब सर्मर्थित बनेपा पोलिटेक्निक अध्ययनरत बिद्यार्थी सर्जन शाही र सुरज लामिछाने धरौटीमा रिहा भएका छन् । उनिहरुलाई प्रहरीले गत माघ १० गते बानेपा बाटै नियन्त्रणमा लिई अभ्रद ब्यबहारकाु मुद्धा लगाएको थियो । जिल्ला प्रशासन काभ्रेका प्रमुख जिल्ला अधिकारीले जनही १६ हजार धरौटीमा रिह गरिदिनुभएको छ । नेपालसरकारले बिप्लब नेकपा पार्टिलाई प्रतिबन्द लागाईरहेका बेला विविध कार्यक्रमको आयोजना गरेको सुचनाका अधारमा उनिहरुलाई नियन्त्रण लिएको थियो । उपत्यका व्युरोको प्रशिक्षण सकेर पार्टी काममा फर्किने क्रममा गिरफ्तारमा परेका थिए ।