अध्यक्षमा भिमप्रसाद आचार्य
बनेपा/नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ जिल्ला शाखा काभ्रेको छौटौ वार्षिक साधारण सभा एवं पाँचौ जिल्ला अधिवेशन शनिवार काभ्रेको बनेपामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कृष्णराम कार्कीको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको उद्घाटन नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ केन्द्रीय समितिका अध्यक्ष महनहरी बस्यालले गर्नु भएको थियो । कार्यक्रमका अवसरमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ केन्द्रिय उपाध्यक्ष कृष्णचन्द्र पौडेल, उप–महासचिव रामदेव पाण्डे, समता शैक्षिक गुठिका अध्यक्ष दिपक सञ्जेल, नेपाल पत्रकार महासंघ काभ्रेका जिल्ला अध्यक्ष मोतिराम तिमल्सिना, काभ्रे उद्योग बाणिज्य संघ महासचिव कैलाश पलाञ्चोके, पनौती उद्योग बाणिज्य संघ अध्यक्ष भोला थापा, प्याव्सन काभ्रे का जिल्ला अध्यक्ष पूर्ण कुमार श्रेष्ठ, पुस्तक प्रकाशक तथा वितरक संघका महासचिव केशव प्रसाद पराजुली, मसलन्द तथा शैक्षिक सामग्री उत्पादक संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष हरी भण्डारी, नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ वागमति प्रदेशका अध्यक्ष किरण कुमार खनाल, उपाध्यक्ष उपाध्यक्ष रमेश ढुंगेल, चितवन जिल्ला निवर्तमान अध्यक्ष राजेन्द्र तिवारी, काठमाण्डौ जिल्ला अध्यक्ष महेश शर्मा र काभ्रे जिल्ला शाखाका द्वितिय उपाध्यक्ष भिम प्रसाद आचार्य लगायतले आ–आफ्नो मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रमका अवसरमा बोल्दै नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ केन्द्रीय अध्यक्ष मनहरी बस्यालले पुस्तक तथा स्टेशनरी ब्यवसायीहरुको हक हित र मर्यादित एबं गुणस्तरिय ब्यापारका लागि केन्द्रीय महासंघ लागि परेको वताउनुभयो । महासंघले सामाजिक सेवा अन्तर्गत कोभिडको बेला विभिन्न जिल्ला मार्फत खाद्यान्न तथा स्वास्थ्य सुरक्षाका समाग्रीहरु वितरण गरेको उहाँले वताउनुभयो । जनक शिक्षा सामाग्री केन्द्रबाट प्रकाशित परिवर्तन भएका पुस्तकहरु फिर्ता गराउन महासंघ लागि परेको बताउनु भयो । सो अवसरमा समता शैक्षिक गुठी सञ्चालनका लागि ५० हजार गुठीका अध्यक्ष दिपक सञ्जेललाई कार्यक्रमका अध्यक्ष कृष्णराम कार्कीले हस्तान्तरण गर्नु भएको थियो ।
साधारण सभाले आर्थिक तथा सांगठनिक प्रतिवेदन पास गर्नुका साथै भिमप्रसाद आचार्यको नेतृत्वमा १५ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको छ । कार्यसमितिमा उपाध्यक्षद्वय हरी प्रसाद धिताल र रामकुमार आचार्य, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमश राजन श्रेष्ठ, जीवन कुमार श्रेष्ठ, युवराज प्याकुरेल रहनु भएको छ भने सदस्यहरुमा बच्चुप्रसाद सापकोटा, विरवल पराजुली, अनिता थापा, रोशन कुमार श्रेष्ठ, महेश मानन्धर, शरण ढकाल, शालिकराम घिमिरे र श्रीहरी अधिकारी रहनु भएको छ । त्यसैगरी लेखा समिति समितिका संयोजकमा बिष्णु प्रसाद न्यौपाने, र सदस्यमा सचिनानन्द सापकोटा रहनु भएको छ । त्यसैगरी केन्द्रीय प्रतिनिधिमा बिष्णु प्रसाद न्यौपाने, रामकुमार आचार्य, सुबिन मानन्धर र कृष्णराम कार्की चयन हुनु भएको छ भने प्रदेस प्रतिनिधिहरुमा कृष्णराम कार्की, रामकुमार आचार्य, सूर्य नारायण नापित, लक्ष्मी नारायण कोजु, हरि प्रसाद धिताल युवराज प्याकुरेल र जिवन कुमार श्रेष्ठ चयन हुनु भएको छ ।





