2026 July 07/ 12:33: 07am

देविटार/नेकपा धुलिखेल नगर १ नम्बर वडा कमिटीको बृहत्त वडा भेला पूर्व सञ्चारमन्त्री नेकपा केन्द्रिय सदस्य एवं काभ्रे ईन्चाज गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
पूर्व मन्त्री बास्कोटाले देवीटारजाने मुख्य सडक आगामी वर्षसम्म कालोपत्रे गरिसक्ने बताउनु भएको छ । नगरवाट, प्रदेशबाट उक्त सडकमा काम भैईरहेपनि स्रोतको अभाव भएकाले केन्द्र सरकारबाट ५ करोडको चाडै ठेक्का लाग्ने बताउनु भयो । उक्त ठाउँमा सडक मात्र नभई सिंचाईको समेत योजना रहेकाले कुनैपनि जमिन बाँझो नराखिने बास्कोटाले बताउनु भयो । कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख तथा नेकपा जिल्ला कमिटी अध्यक्ष अशोक ब्यान्जुले वडामा, मन्दिर, विद्यालय, एकघर एक घारा, गुम्बा सडक लगायतका विकासका कामहरु तिव्र गतिले अगाडी बढेको बताउनु भयो । धुलिखेल नगरपालिकाले प्रत्येक वडामा पार्क, सम्पुर्ण नागरीकहरुलाई खानेपानी सिपमुलक तालिम, सिचाई, कृषि आधुनिक खेती लगाएतका कार्यहरु गर्दै आएको बताउनु भयो । 
कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य दयाराम महत, भुमि आयोग काभ्रे संयोजक रामकृष्ण हुमागाई, जिल्ला कमिटी सदस्य रामशरण दाहाल, पूर्व गाविस अध्यक्ष धावा लामा, जिल्ला कमिटी सदस्य सोनाम लामा, बाबु लामा, लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको भेलाले कर्साङ लामा अध्यक्ष उद्धब प्रसाद तिमल्सिना सचिब रहेको ३५ सदस्य वडा कमिटी गठन गरेको छ । पुर्ण वहादुर तामाङको सभापतित्व रहेको कार्यक्रम संचालन वडा अध्यक्ष रमेश घोरसाईनेले गर्नु भएको थियो ।