धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा रहेका सरकारी÷सार्वजनिक, सरकारी, सार्वजनिक जग्गा÷नदी, सडक, जंगल, सरकारी निकायका नाममा रहेका जग्गाहरु तथा भोगाधिकार दिएको जग्गाको संरक्षणका लागि मालपोत कार्यालय काभ्रेपलाञ्चोकले स्थानीय सरकारसँग अनुरोध गरेको छ । जिल्लामा निजी जग्गा अब्बल १ करोड ७४ लाख, ७६ हजार ८ सय ९२ वर्ग मिटर रहेको छ भने दोयम ६ करोड ८७ लाख ९८ हजार ७ सय ६० बर्गमिटर, सीम ३३ करोड ९७ लाख २७ हजार ७ सय ४४ वर्गमिटर, चाहार १२ करोड ६७ लाख ९ हजार ५ सय ८४ वर्गमिटर रहेको छ । पाँचौ तहको १ लाख ३१ हजार ४ सय ७६ र अन्य ६२ हजार ४ सय २५ वर्गमिटर रहेको छ ।
सरकारी÷सार्वजनिक जग्गा अन्र्तगत सरकारी जग्गा १६ हजार ६ सय ५० कित्ताकोे १ लाख ८६ हजार ३ सय १२ रोपनी ३ आना रहेको छ । सार्वजनिक जग्गा ४८ हजार ३ सय ५९ रोपनी ३ आना, नदी, सडक, जंगलको जग्गा ७ लाख ७६ हजार ६ सय ६९ रोपनी १४ आना २ दाम रहेको छ । सरकारी निकायका नाममा रहेका जग्गा २७ कित्तामा ९२ रोपनी ८ आना १ पैसा ३ दाम रहेको छ । भोगाधिकार दिएको जग्गा २४ कित्तामा ५ सय ६७ रोपनी रहेको छ । भोगाधिकार जग्गाको अद्यावधिक नगरेका कारण जिल्लामा भोगाधिकार पाएका सबै जग्गा सरकारीकरण भएका छन् । केहि संघ संस्थाले प्राप्त गरेको भोगाधिकार खोसिएको छ ।
जिल्लामा ३३ लाख ३५ हजार जग्गा धनी रहेका छन् । अघिल्लो आर्थिक वर्षको अन्त्यमा ५ सय जग्गा धनी खारेज भई २ हजार थप भएका थिए । चालु वर्षको ६ महिनामा केहि जग्गा धनी थपिएका छन् भने केहि खारेज भएका छन् । जिल्लामा गुठी जग्गा थोरै छ । राजगुठीमा २६ हजार ४ सय ५८ रोपनी १ आना १३ दाम रहेको छ भने रैतानी नम्वरी जग्गा २ हजार ८ सय ९० रोपनी ७ आना २ पैसा रहेको छ । मालपोत कार्यालय काभ्रेले संकलन भए मध्ये ३३ प्रतिशत रकम रजिस्ट्रेशन बापतको नापी कार्यालयमा पठाउने गरेको छ ।
जग्गा रजिस्ट्रेशनका लागि महिला, दलित तथा जनजाति, शहिद परिवार, अपाङ्ग, बृद्ध, अन्य नाबालकलाई शहरी र ग्रामिण क्षेत्रमा फरक फरक छुट गर्ने ब्यवस्था छ । बार्षिक ४ करोड ९१ लाख ८१ हजार ५ सय ५३ रुपैयाँ उक्त समुहका लागि छुट हुने गरेको छ । गत आर्थिक वर्षमा शहरी क्षेत्रमा १६ हजार ७ सय १ वटा लिखत पारित भएका थिए भने ग्रामिण क्षेत्रमा १ हजार ५ सय २३ वटा लिखत पारित भएका थिए । मालपोत कार्यालयमा दर्ता भएका मुद्दाहरु मध्ये तत्कालिन समयका प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यले १ सय ८० वटा मुद्दा फछ्र्यौट गरेका थिए । हाल १ सय ५२ वटा मुद्दा बाँकी छन् ।
मालपोत कार्यालय काभ्रेपलाञ्चोकले गत आर्थिक वर्षमा ८ वटा जग्गाको हदबन्दी जफत गरेको थियो । जसमा ३० रोपनी जमिन रहेको छ । हदबन्दी भन्दा धेरै जग्गा हुनेहरुको जफत गरी सरकारी करण गर्ने कानुनी ब्यवस्था छ ।





