2026 July 07/ 12:33: 10am

    बनेपा/काभ्रे जेसीज, काभ्रे महिला जेसीज र बनेपा जुनियर जेसीजको संयुक्त पदहस्तान्तरण, पुरस्कार वितरण र ब्यक्तित्व सम्मान कार्यक्रम शुक्रबार बनेपामा सम्पन्न भएको छ । 
    केन्द्रिय अध्यक्ष अरुणेश्वर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै जेसीज ब्यक्तित्व, नेतृत्वका लागि मात्रै नभई समाज रुपान्तरणको ऐना भएकाले जेसीजमा रहुञ्जेल मात्रै होईन अन्य संघ संस्थामा रहँदा पनि जेसीजबाट सिकेका र गरेका अनुभुतिहरुलाई ब्यवहारमा देखाउन अनुरोध गर्नु भयो । जुनियर जेसीजमा रहेका जेसीहरुले जेसीजको मन्त्र र स्थापित मान्यता विपरीत केहि नगर्न खनालले निर्देशन दिए । राष्ट्रिय उपाध्यक्ष विमला सुवेदीले हरेक क्षेत्रको अवसरका रुपमा जेसीजलाई लिनुपर्ने बताउनु भयो । महिला, बालबालिका, युवाहरुको समग्र विकासका लागि जेसीजले लिएको आस्थालाई स्मरण गर्नुपर्ने सुवेदीले बताउनु भयो । मातृशाखाका अध्यक्ष कैलाश श्रेष्ठले काभ्रे जेसीजको इतिहासलाई सम्झँदै जेसीज मार्फत हरेक क्षेत्रका गतिविधिहरुलाई अगाडी बढाउनु पर्ने बताउनु भयो । 
    २०२० का अध्यक्ष काभ्रे जेसीजका रिकेश श्रेष्ठ, महिला जेसिजका अध्यक्ष भगवती श्रेष्ठ र जुनियर जेसीजका अध्यक्ष रसिक शाक्यले आफ्नो कार्यकालमा कोरोना भाईरसका बाबजुत पनि विभिन्न गतिविधिहरु अगाडी बढाएको बताउनु भयो । उहाँहरुले वर्ष २०२१ का लागि काभ्रे जेसीजका अध्यक्ष सुवास बैद्य, महिला जेसीजका अध्यक्ष देवकी आचार्य र जुनियर जेसीजका अध्यक्ष निर्जन गौतमलाई पद हस्तान्तरण गर्दै अधुरा रहेका कार्यहरु पुरा गर्न सहयोग पु¥याउने बताउनु भएको थियो । निर्वाचित वर्ष २०२१ का अध्यक्षहरुले वर्ष २०२१ मा गर्ने काम र योजनाका बारेमा प्रतिवद्धता ब्यक्त गरेका थिए । सोहि कार्यक्रममा वर्ष २०२१ का महासचिव सन्जीप मानन्धर, कार्यकारी उपाध्यक्ष सुरेन्द्र शुद्दाकार लगायतले जेसीज काभ्रे, महिला जेसीज र जुनियर जेसीजका गतिविधिहरु संयुक्त रुपमा अगाडी बढाउने बताएका थिए । 
    कार्यक्रममा संस्थापक अध्यक्ष ज्ञानकाजी मानन्धर, केन्द्रिय महासचिव विकास मानन्धर, केन्द्रिय पदाधिकारीहरु, विभिन्न शाखाका अध्यक्षहरुको सहभागिता रहेको थियो । साथै नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारीणी सदस्य सुरकृष्ण बैद्य, पतञ्जली योग समितिका बागमती प्रदेश अध्यक्ष ग्रुवेन तौजले, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, विभिन्न संघ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । सहभागिहरुले निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा वर्ष २०२० बाट ब्यक्तित्व तथा प्रतिभा सम्मानबाट बरिष्ठ साहित्यकार मोहन दुवाल र कृष्णप्यारी नकर्मी सम्मानित हुनु भएको  थियो । जेसीजले सुनचाँदी ब्यवसायी महासंघमा निर्वाचित दियेशरत्न शाक्य र महासचिवमा निर्वाचित पूर्व अध्यक्ष विकास मानन्धरलाई बधाई तथा शुभकामना ब्यक्त गरेको थियो । 
    जेसीजले स्थापना गरेको स्व. राम श्रेष्ठ उत्कृष्ट जुनियर जेसीजबाट जुनियर जेसी आयुश शाक्य, नानीमाया जोशी उत्कृष्ट महिला जेसी पुरस्कारबाट सुमित्रा श्रेष्ठ, स्व. खुमबहादुर गुरुङ्ग उत्कृष्ट संचालक समिति पुरस्कारबाट विजयराम कर्माचार्य, राजेन्द्र जोशी उत्कृष्ट जेसीबाट सन्जीप मानन्धर, स्व. राम श्रेष्ठ स्मृति उत्कृष्ट कार्यक्रमबाट रिकेश सैँजु र स्व. रत्नलाल मानन्धर स्मृति उत्कृष्ट सहभागिता पुरस्कारबाट सुरेन्द्र शुद्धाकार सम्मानित हुनु भएको थियो ।