बनेपा/नेकपा काभ्रेको शुक्रबार र शनिबार सम्पन्न जिल्ला कमिटी बैठक तथा प्रशिक्षणले नेता तथा कार्यकर्ताहरुको कार्यविभाजन र जिम्मेवारी तोकेको छ । जिल्ला स्तरका नेताहरु रहने गरी प्रतिनिधि सभा क्षेत्रिय कमिटी र प्रदेश सभा क्षेत्रिय कमिटीहरु निर्माण गरिएको छ भने पालिकाहरुमा इन्चार्ज र सह–इन्चार्ज तोकिएको छ । जनवर्गिय संगठनमा इन्चार्ज र सह–इन्चार्ज तोक्ने तयारी गरिएको छ । जिल्ला कमिटीको बैठकले फागुन २२ गते भित्र सबै पालिकाहरुमा वडा कमिटी, भातृ संगठन गठन गरी घोषणा सभा गर्ने कार्यतालिका सर्वसम्वत पास गरेको छ । साथै पालिकाहरुमा संयोजक र सचिवको जिम्मेवारी तोक्ने गरी पालिकाबाट जिल्ला कमिटी सदस्यमा प्रतिनिधित्व गर्ने नेताहरुलाई अख्तियारी प्रदान गरिएको छ ।
बैठकले भुम्लु गाउँपालिकामा माघ मसान्त भित्र सभा गर्ने निर्णय गरेको छ भने महाभारत गाउँपालिकामा १७ गते, रोशी तल्लो भेगमा माघ १८ गते, माथिल्लो भेगमा १९ गते, पनौती १७ गते, चौरीदेउराली २२ गते, तेमाल २३ गते, बनेपा २४ गते, खानीखोला २४ गते, बेथान्चोक २८ गते, नमोबुद्द फागुन १ गते, मण्डनदेउपुर फागुन ८ गते, पाँचखाल फागुन १५ गते र धुलिखेल फागुन २२ गते घोषणा गर्ने गरी निर्णय गरिएको छ । बैठकले संगठन निर्माण तथा पार्टी सुदृढीकरण, प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्रीय कमिटी गठन (इन्चार्ज, संयोजक, सचिव), निर्वाचन तयारीका बारेमा तयारी गर्ने गरी नेताहरुलाई जिम्मेवारी प्रदान गरेको छ । यस अघिको बैठकले जनवर्गिय संगठनहरुको भेला गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार काभ्रे काठमाडौ सम्पर्क मञ्चको भेला, युवाहरुको भेला, शिक्षकहरुको भेला, नीजि विद्यालयका शिक्षकहरुको भेला, प्राध्यापकहरुको भेला, सामुदायिक वन उपभोक्ता समितिको भेला, सामाजिक संघ संस्थाहरुको भेला, जिल्ला अधिबेशन आयोजक कमिटीको पूर्ण बैठक तथा प्रशिक्षण भेला सम्पन्न गरिसकेका छन् । मजदुरको भेला पनि सम्पन्न भएको छ । विद्यार्थी, महिला, मुक्ति समाज, किसान, जनसांस्कृतिक महासंघ, सहकारी, कर्मचारी लगायतको भेला तोकि सकिएको छ ।
बैठकले सचिवालय र कार्यालय गठन गर्न पूर्व सचिवालयलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ । भौगोलिक संयोजनको जिम्मेवारी निर्वाचन क्षेत्र र पालिका अनुसार तोकेको छ । बैठकले तोकेको जिम्मेवारी पुरा गर्न र समयमै वडा कमिटी गठन गरी सभा गर्न निर्देशन दिएको छ ।
बैठकले पास गरेका प्रस्तावहरु
‘सबल, आर्थिक, सामाजिक र पूर्वाधारयुक्त काभ्रे’ का लागि ‘प्रत्येक वडा र पालिका स्तरीय योजना, विकासको नेतृत्वसमृद्धिको चाहना’ भन्ने अभियानका लागि बैठकले निम्न प्रस्तावहरु पास गरेको छ ।
– बनेपा, धुलिखेल र पनौतीमा स्मार्ट सिटी निर्माणको कामलाई तदारुकताका साथ समयमै सम्पन्न गर्न,
– भक्तपुर–पाँचखालसम्म सुरुङ्ग निर्माणको कार्यलाई प्राथमिकतामा राख्न,
– पाँचखाल नगरपालिकाभित्र रहेको झिगुखोला करिडोर निर्माण गर्न,
– मण्डनदेउपुर नगरपालिकाको चाखोला करिडोर निर्माण गर्न,
– जिल्लाकाविभिन्न स्थानामाआवश्यकपुलहरुको सर्भे गरी निर्माण गर्न,
सम्पदा संरक्षण तथापर्यटन
– श्रीराम पाटी उत्खनन् गरी संरक्षण गर्न,
- पलाञ्चोक भगवती मन्दिरलाई अझै ब्यवस्थित र पूर्वाधार निर्माण सम्पन्न गरी पर्यटकहरुको आर्कषणको रुपमाविकास गर्न,
- पनौती नगरपालिकाको पुरानो बजारलाई विश्व सम्पदा सूचीमा राखिने तयारीलाई तदारुकताका साथ अगाडी बढाउन,
– नमोबुद्धमा बृहत पर्यटकीय क्षेत्रका लागि आवश्यक संरचना निर्माण गर्न,
– तेमाल दरवार उत्खनन् सहितको आवश्यक पूर्वाधार निर्माण सहित संरक्षण गर्न,
- चण्डेश्वरी मन्दिर सहितको धार्मिक वनमाएक हजार सिंढी निर्माण गरी पर्यटकहरुको आगमनलाई बृद्धी गर्न,
- बेथान्चोक नारायणस्थानलाई आवश्यक पूर्वाधारको निर्माण गरी पर्यटकहरुको केन्द्र निर्माण गर्न,
- रोशी गाउँपालिकाको भुमेचुली, ताराखसेलेक लगायतका स्थानहरुको संरक्षण र प्रचारप्रसार गर्न,
- पनौती नगरपालिका कुशादेवी स्थित गुर्दुमडाँडाबाट शुरु भएको प्याराग्लाईडिङ्गको विकास र संरक्षण गर्न,
- बनेपाको बासुकी, टनचोक, ठुलीचौर लगायतका स्थानहरुको संरक्षण र प्रचार प्रसार गर्न,
- मण्डनदेउपुर नगरपालिकाभित्र पर्ने नगरकोट, ठुलीचौर लगायतका स्थानमाथपब्यवस्थित, पूर्वाधार निर्माण सहित संरक्षण र आवश्यकप्रचार प्रचार गर्न,
- भुम्लुको दोलालघाट, मुलखर्क भिमसेनस्थानलगायतका स्थानको प्रचार प्रसार गर्न,
- धुलिखेलको देविस्थानलगायतका विभिन्न स्थानमा रहेका पर्यटकिय स्थलहरुको संरक्षण सहितपूर्वाधार निर्माण गर्न,
– अन्य पालिकाहरुमा रहेका धार्मिक क्षेत्रहरुको प्रचार प्रसार, संरक्षण र प्रर्वद्धन गर्न,
प्रकृति संरक्षण
– चौवास क्षेत्र र वाल्टिङ्गमा बोटानिकल गार्डेन सहितको चियाउत्पादन बगैचा निर्माण गर्न,
– बनेपा र धुलिखेलमा बोटानिकल गार्डेन निर्माण गर्न,
– सहस्राब्दी विकास लक्ष्य अनुसार हरेक नागरिकको आयस्तर उकास्न हरेक पालिकामा वातावरण अनुकुल फलफुल उत्पादनमा प्रोत्साहन गर्न,
– ब्यवसायीक पशुपालनमा जोड दिन,
– ब्यवसायीक तरकारी खेतिसहितको उत्पादनमा जोड दिन,
विश्वविद्यालयतथा शैक्षिक क्षेत्र
– मदनभण्डारी विश्वविद्यालय,
– प्रोऔधोगिक विश्वविद्यालय,
– प्रतिरक्षा विश्वविद्यालय निर्माणको कार्यलाई तिब्रता दिईने छ ।
अन्य पूर्वाधार
– फिल्म सिटी स्टुडियो निर्माण गर्न,
– खगोल शास्त्र अध्ययन केन्द्र निर्माण गर्न,
– माउण्टेन स्पोर्टस एकेडेमीको निर्माण गर्न,
– हरेक नगर तथा पालिकाहरुमा नमुना र ब्यवस्थित शहर निर्माण गर्न,
– हरेक पालिकामा एक खेल मैदान निर्माण गर्न,
– जिल्ला स्तरीय क्रिकेट खेल मैदान निर्माण गर्न,
– जिल्लामा ट्रमा सेन्टर निर्माणका लागि पहल गर्न,
– चौरी, रोशी र कोखाजोर खोलामा जलविद्युत्त गृह निर्माण गर्न,
– एक पालिका एक उत्पादनलाई मुर्त रुप दिन,
– पर्यापर्यटनलाई जोड दिन,
– जलविहार निर्माण गर्न,
– सांस्कृतिक संग्राहलय निर्माण गर्न,
– पुरातात्विक संग्राहलय निर्माण गर्न,
– कला र साहित्यको संगम स्थलका रुपमा निर्माण गर्न,
– डाँडापारी, कोशिपारी, तेमाल, रोशी, मण्डन लगायतका क्षेत्रहरुको सडक र पुर्वाधारको विकास गर्न,
– एक पालिका विशिष्टकृत विकासका लागि प्राथमिकतामा राख्न,
– दिगो विकासको लक्ष्य हासिल गरी काभ्रेलाई सन् २०३० भित्र गरिवी, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका पूर्वाधारहरु निर्माण गरी सबल जिल्ला बनाईनेछ ।





