2026 July 07/ 12:43: 00am

    धुलिखेल/धुलिखेल नगरपालिकाको झण्डा आमादब्लम हिमालमा फहराईएको छ । ६ हजार ८ सय १२ मिटर अग्लो आमादब्लम हिमालमा धुलिखेल र नेपालको झण्डा फहराईएको हो । धुलिखेल नगरपालिका वडा नम्वर १ देवीटारकी लक्मी तामाङले आमादब्लम हिमालमा झण्डा फहराएकी हुन् । आरोहण सफल गरेर आमादब्लम हिमालमा धुलिखेल नगरपालिकाको झण्डा फहराउँदा नेपाल र धुलिखेल नगरबासी हुनुमा गर्व लागेको लक्मीले बताउनु भयो । 
    लक्मी तामाङले यसअघि सगरमाथा हिमाल आरोहण गरिसकेकी छिन् । तामाङले धुलिखेल नगरपालिकाको र नेपाल राष्ट्रको शान बढाउने कार्य गरेकोले धुलिखेल नगरपालिकाको तर्फबाट नगरप्रमुख अशोक व्याञ्जुले उहाँलाई शुभकामना प्रदान गर्नुभयो । लक्मी तामाङ सगरमाथा लगायतका हिमालहरु आरोहण पश्चात पौष १४ गते ६८१२ मिटर अग्लो आमादब्लम हिमाल आरोहण गर्नु भएको थियो । लक्मी तामाङलाई धुलिखेल नगरपालिकाले आमादब्लम हिमाल आरोहण गर्न जानुअघि नगरपालिकाको झन्डा हस्तान्तरण तथा १ लाख ५० हजार प्रदान गरि सम्मानका साथ नगर प्रमुख अशोक ब्याञ्जुले बिदाई गर्नु भएको थियो ।