रोशी/नेकपाका नेता अशोक गौतमले विभिन्न घटनामा सर्वसाधारण ठग्ने गरेको तथ्य सार्वजनिक भएको छ । बनेपामा आयोजित पत्रकार सम्मेलनमा गौतमको ठगीका बारेमा पीडितहरुले पत्रकारहरुलाई घटनाका बारेमा जानकारी गराएका हुन् ।
गौतम नेकपाका जिल्ला सदस्य हुन् । गौतमसँगै केहि महिना अघि निधन भएका नेकपाकै नेता उज्वल लामा, माईला भनिने ब्यक्तिले पटक पटक नेपालका विभिन्न स्थानमा पुगेर ठगी गर्ने गरेका हुन् । वा ५ क ५३४३ नम्वरको टिपरले भक्तपुरको राधेराधे नजिकै मोटरसाईकललाई ठक्कर दियो । २०७६ बैशाख १५ गते साँझ भएको उक्त घटनामा मोटरसाईकलमा सवार एक ब्यक्तिको निधन भयो । साविक कुरुवास, चापाखोरी २ हाल तेमाल गाउँपालिका घर भई रोशी कटुञ्जे बस्ने इन्द्रबहादुर लामा र उनको परिवारसँग गौतम सहितका ब्यक्तिहरुले पटक पटक ठगी गरेका हुन् । सत्ता नेकपाकै छ, आफै गृहमन्त्रीको पिए हुँ भन्दै ठगी गरेका गौतमलाई कारवाहीका लागि प्रहरीमा उजुरी दिने तयारी गरिएको छ ।
१८ महिना अघि भएको उक्त घटनामा संलग्न भनिएका सह चालक मेग लामा र चालक टलक राना मगर जेलमा छन् । सह चालक मेग लामाको सवारी अनुमति पत्र छैन । सोहि समयमा मेग लामाले टिपर चलाएका थिए । तर लाईसेन्स नभएकाले टलकबहादुर मगर पनि सँगै भएकाले उनले चलाएको भन्दै प्रहरीमा बयान दिएको अभियोगमा प्रहरीले झुटो बयान दिएको आरोपमा टिपर मालिक इन्द्रबहादुर लामा सहित तीनै जनालाई पक्राउ गरी थुन्यो । टिपरका मालिक नै थुनामा परेपछि निकाल्न भन्दै नेकपाका जिल्ला सदस्यद्धय अशोक गौतम र उज्वल लामा मार्फत भक्तपुर जिल्ला प्रहरी कार्यालय अन्र्तगत ठिमी बृत्तमा पुगेर प्रहरीलाई भेटी १५ लाख रुपैया दिए दुई सातामा निकाल्ने आश्वासन दिए ।
रोशी गाउँपालिकाको वडा सदस्य इन्द्रमाया तामाङ सहित प्रहरी कार्यालयमा पुगेर नेकपाको सरकार छ । गृहमन्त्री रामबहादुर थापा बादल, अध्यक्ष पुष्पकमल दाहाल र महान्यायाधिबक्ता अग्नि खरेल आफ्नै मान्छे हो भन्दै अशोक गौतमले इन्द्रबहादुर लामाको श्रीमतीलाई प्रहरी कार्यालय पु¥याई बानेश्वरको होटलमा पहिलो किस्ता बापतको ३ लाख रकम लिए । ईन्द्रबहादुर लामालाई अभद्र ब्यवहारमा मुद्दा चलाईएको थियो । पैसा नतिरे पनि उनि २५ दिनमा रिहा हुने थिए । तर उनलाई निकाल्न प्रहरी र प्रशासनलाई पैसा खुवाउनु पर्छ भन्दै नेकपा नेता अशोक गौतम र उज्जवल लामाले ब्लाकमेलिङ्ग गरे । श्रीमान जेलमा भएको देख्न नसकेर इन्द्रबहादुर लामाको श्रीमतीले पैसा लगेर बुझाएको भिडियो सुरक्षित छ । क्षतिपुर्ति बापत मृतकका परिवारलाई इन्द्रबहादुर लामाले साँढे १३ लाख रुपैयाँ बुझाई सकेका थिए ।
कानुन ब्यवसायी सुरज राणाले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणा साढु भाई भएकाले मुद्दा मिलाईदिने भन्दै उनै अशोक गौतम र उज्वल लामा मार्फत थप ६५ हजार लिए । इन्द्रबहादुर लामालाई प्रशासनले छाड्ने दिन श्रीमती मार्फत पुनः २ लाख रुपैया बुझिलिए । मेग लामाका बाबु चन्द्रबहादुर लामा मार्फत कसैलाई नभन्ने शर्तमा अशोक गौतमले घरमै गएर डेड लाख रुपैया लिए । अग्नि खरेल साथी हो भन्दै अर्का कानुन ब्यवसायी प्रभाकर मार्फत थप पैसा ब्लाकमेलिङ्ग भयो । तर पनि मेग र टलकबहादुर छुटेनन् । पुर्पक्षका लागि जेल गए पछि अशोक र उज्वलले लिएको पैसा फिर्ता भएन । एउटा घटनामा गौतम र लामाले ८ लाख रुपैया पटक पटक गरेर ब्लाकमेलिङ्ग गरे तर काम भएन । लामाको कोरोना संक्रमणका कारण निधन भएको छ । प्रधानन्यायाधिशको नाम बेच्ने सुरज राणा, प्रभाकर लगायतले ढुङ्गा खानी चलाउन दिन्छौ भन्दै थप रकम बार्गेनिङ्ग गरे । पुनरावेदनले पनि जिल्ला अदालतको फैसला सदर गरे सँगै गौतम र लामाले थप रकम बार्गेनिङ्गको बाटो बनाए । पुनरावेदनको न्यायाधिशका लागि भनेर पुनः २ लाख रुपैयाँ माग गरिएको थियो । गौतम र लामा पुर्व माओवादी हुन् ।
नेकपा नेता अशोक गौतमले उक्त घटनामा वडा सदस्य इन्द्रमाया तामाङले अनुरोध गरेकाले घटनामा सहजीकरण गरिदिएको तर पैसा आफुले नखाएको बताउनु भयो । उज्वलको साथी सुरज राणा वकिल भएकाले उसै मार्फत सहिजकरण गरेकाले आफुले पैसा नखाएको दाबी गर्नुभयो । ‘उहाँहरुको पैसा खर्च भएको हो, वकिलहरुलाई बुभाएका छौं आफुले खाएका छैनौ’–नेकपा नेता अशोक गौतमले भन्नुभयो–‘प्रतिशोधका रुपमा मलाई फसाउने षढयन्त्र भएको छ ।’
यसअघि गौतमले धनुषा जिल्ला चिसापानी नगरपालिका वडा नम्वर ५ घर भएका सुर्य मानन्धर लगायतको परिवारसँग शिक्षकमा नियुक्ति मिलाईदिन भन्दै ५० हजार रकम घुस खाएका थिए भने विवेक मानन्धर लागु औषधमा पक्राउ पर्दा छुटाईदिने भन्दै गृहमन्त्री रामबहादुर थापा बादलको पिए बनेर १५ लाख रकम मागेका थिए । पटक पटक गरेर गौतमले उक्त परिवारसँग ६ लाख रुपैया खाए । लागु औषध अभियोगमा जेलबाट छुट्न नसकेका उनी आफै १८ महिनाको कैद पछि छुटे पनि रकम फिर्ता गरेनन । गौतमको ठगीका घटना एक पछि अर्काे गर्दै सार्वजनिक हुन थालेका छन् ।
यस अघि गौतमले नेपालथोकमा मेडिकल राख्दा स्थानीयहरुले माटोको डल्लाले हानेर खेदेका थिए । महिलाहरुलाई गरेको अभ्रद ब्यवहारका कारण उनलाई स्थानीयले लखेटेका थिए । काठमाडौको बौद्धमा मेडिकल राख्दा युवाहरुलाई लागु औषध विक्री गर्ने अभियोगमा पक्राउ परेका थिए । युवाहरुलाई गलत बाटोमा लगाउँदै पैसा कमाउने धन्दामा सक्रिय गौतमलाई तत्कालिन समयमा हाल रोशी गाउँपालिकाका प्रमुख डिबी लामा र तत्कालिन राज्य मन्त्री सुर्यमान दोङ्गले छुटाएर ल्याएका थिए । युवाहरुलाई सहि स्थानमा ल्याउनु पर्ने, गाउँमा तास र जुवा खेल्दा माओवादीले पक्राउ गर्ने समुहमा सक्रिय गौतम भने युवाहरुलाई लागु औषध विक्री गर्दै आएका थिए । नेता गौतमले राजनीतिक रुपमा रोशीका अनावश्यक मान्छेले प्रतिशोध लिन आरोप लगाएको बताउनु भयो । पीडितहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेका छन् ।









