2026 July 06/ 10:16: 48pm

लक्ष्मण तिमल्सिना
धुलिखेल

    प्रदेश सरकार मातहत भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय धुलिखेलले आर्थिक वर्ष २०७६÷०७७ मा गरेका योजनाहरुले पारेको प्रभाव तथा आर्थिक वर्ष २०७७÷०७८ मा गर्ने कार्यक्रमको समीक्षा गरेको छ । कोरोना भाईरसका काराण केहि समय योजनाहरु संचालन हुन नसके पनि अपेक्षाकृत सफलता प्राप्त गरेको कार्यालयले जानकारी गराएको छ । 
    जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय काभ्रेका प्रमुख अक्षरगोपाल श्रेष्ठका अनुसार कार्यालयले गत आर्थिक वर्षमा करिब ४ हजार मिटर कच्ची कुलोलाई पक्की कुलो निर्माण गरि करिब १ सय ५० हेक्टर जमिनमा १२ महिना नै सिंचार्ई सुविधा पु¥र्याइएको छ । विदेशी सहयोगमा संचालित ४ वटा नयाँ योजना ल्याउन सफल भई योजना संचालनमा रहेको प्रमुख श्रेष्ठले बताउनु भयो । प्रदेश अन्र्तगत १० बटा नयाँ योजना स्वीकृत गरि योजना संचालनमा रहेका छन् । चालु वर्षमा ति योजनाहरु सम्पन्न हुने अवस्थामा पुगेको प्रमुख श्रेष्ठले बताउनु भयो । नदि नियन्त्रण २ बटा स्पर, ८ सय ८७ मि ग्याभिङ्ग रिभेटमेंट, १ हजार ३ सय ४२ मि मेशिनरी वाल निर्माण गरि ६० हेक्टर जमिन उकास गरिएको जसबाट ५ सय ५० घरधुरी लाभान्वित भएका छन् । 
    जिल्लामा प्रशस्त मात्रामा नदी नालाहरु भएकोले सिंचाई विकासको लागि श्रोतको अभाव नभएको, ठुला–ठुला टार, बेसी तथा फाँटहरु भएकोले सिँचाइको लागि जमिन उपलब्ध हुने, सतह सिंचाईबाट सुविधा पु¥याउन नसकिएका टारहरुमा लिफ्ट तथा नयाँ प्रविधिमा आधारित सिंचार्ई योजनाहरुलाई प्राथमिकताका साथ अवलम्वन गरी सिंचाई सुविधा विस्तार, वर्षात्को समयमा बाढी पहिरोको बढी जोखिम भएको हुँदा बाढी तथा पहिरो नियन्त्रणको कार्यक्रम प्राथमिकता दिन सकिएको अवस्थामा अझै धेरै लाभ लिन सकिने प्रमुख श्रेष्ठले बताउनु भयो । उक्त सम्भावनाका खातिर आकस्मिक बाढी पहिरोमा वजेट विनियोजन नहुनाले तारजाली माग अनुसार वितरण गर्न नसक्नु, कार्यक्रम संशोधन स्विकृति तथा थप वजेट निकासा समयमा नहुनु, निर्माण सम्पन्न भएका योजनाहरुलाई मर्मत संभारमा आवश्यक वजेट ब्यवस्था नहुँदा समय समयमा योजना संचालन गर्न समस्या आइपर्नु, निर्माणाधीन योजनाहरुमा पर्याप्त बजेटको विनियोजन नहुँदा योजना सम्पन्न गर्न धेरै बर्ष लाग्नु, प्रायः आषाढ, श्रावण महिनामा बाढि पहिरो आई नहरको संरचना क्षति हुने तर सो समयमा मर्मत संभारको लागि वजेट व्यवस्था नहुने जस्ता चुनौती रहेको प्रमुख श्रेष्ठले बताउनु भयो । 
    गत आर्थिक वर्षमा जलस्रोत तथा सिंचार्ई विकास डिभिजन कार्यालयले सिचाई सम्बन्धि कार्य अन्र्तगत समुदाय व्यवस्थित सिंचित कृषि क्षेत्र आयोजना, मझौला सिंचार्ई आयोजना, नयाँ प्रविधिमा आधारित सिंचार्ई आयोजना, नदी नियन्त्रण सम्बन्धि कार्य, संस्थागत पूर्बाधार विकास कार्य संचालन भएका छन् । सिंचार्ई सम्बन्धि कार्य अन्र्तगत समुदाय व्यवस्थित सिंचित कृषि क्षेत्र आयोजना, धिताल खोला सिंचार्ई उप–आयोजना, धुलिखेल, टटले मकले धोंडबेसी सिंचार्ई उप–आयोजना, पाँचखाल रहेका छन् । मझौला सिंचाई आयोजना अन्र्तगत राम्चेबेशी लिफ्ट सिंचाई योजना, मण्डनदेउपुर न.पा., बाँदरे टार सि.यो, शिखरआम्बोटे साविक वडा नम्वर १ र ३, पाटने खोला च्यासिङ्गखर्क पटगाउँबेसी सिंचाई योजना, बेथान्चोक, सुंगुरे जमटे सिंचाई योजना, धु.न.पा २, चमेरे वडार सि.यो, गोकुले ४ कुपिनटार,  खहरेपांगु सिंचाई योजना, खहरेपांगु, आंसिखोला सर्बझांग सिंचाई योजना, मण्डनदेउपुर न.पा, चाखोला किर्तेटार चौतारा सिंचार्ई योजना, मण्डनदेउपुर न.पा, बगुलटार बोसे दोभान सिंचाई योजना, शिखरआम्बोटे, देबीटार गलटार सिंचाई योजना महाभारत गा.पा ६, पौवाबेसी सिंचाई योजना, भुम्लु गा.पा, थुम्की डुंगडुंग खोला सिंचाई योजना, सिम्थाली ३, जोगिश्वर तल्लो सिंचाई योजना, महादेवटार १, घ्याल्कु बन्चरे सिंचाई योजना, पनौती न.पा, तीनसय बाँध सिंचार्ई योजना, पाँचखाल ११, लुर्पुं बेशीवारी सिंचाई योजना, सिसाखानी ९, राम्चे मुल्बंध कुलो सिंचाई योजना, दोभानटार सिंचाई योजना, माँदनकुडारी ४,६, पाँचखाल भ्याली लिफ्ट सिंचाई योजना सम्पन्न भएका छन् । त्यस्तै नयाँं प्रविधिमा आधारित सिंचाई आयोजना अन्र्तगत कात्तिके चिउरीबाँसा सिंचाई योजना (१५ हे.), पौवा तरकारी सिंचाई योजना, पोखारी निर्माण, भिमखोरी १, इन्द्रावती लिफ्ट सिंचाई योजना, कुन्ताबेसी (२० हे.), जोगिटार चण्डेनी मण्डन ५ काभ्रे, (२० हे), समिबोट सिंचाई पोखरी योजना, डुम्रेपानी, भुम्लुटार ९ (१० हे.), कमलामाई सिंचार्ई योजना, धुलिखेल नगरपालिका ६, काभ्रे, महादेवस्थान पोखरी सिंचार्ई योजना, कोलाती, काभ्रेपलाञ्चोक, पस्थली मकैटार लिफ्ट सिंचार्ई योजना, पनौती १३, काभ्रे, मुक्पाटार सुनकोशी लिफ्ट सिंचार्ई योजना, मयलबोट फाँट लिफ्ट सिंचार्ई योजना, शारदा बतासे ४, रोशी खोला लिफ्ट सियो, कटुन्जे ४, ५, मेच्छे भन्ज्यांग बेसी रोशी लिफ्ट सिंचार्ई योजना, मेच्छे २, चंखुबेसी नयाँ बस्ति स्प्रिन्क्लर सिंचार्ई योजना, धुलिखेल ना. पा ६ मा सम्पन्न भएका छन् । 
    नयाँ प्रविधिमा आधारित सिंचाई आयोजनाहरु अन्र्तगत बोल्देफेदी सिंचार्ई पोखरी, धनेको बाँध सहेले पोखरी सिंचार्ई योजना, पाँचखाल न. पा, १३, महादेवटार ९, सिंचार्ई पोखरी लिम्पाबेसी, शंखु उपत्यका लिफ्ट सिंचार्ई योजना, सहकारी संजाल काभ्रे, तार्केफाँट लिफ्ट सिंचार्ई योजना, कशिखण्ड १५, जोरधारा पोखरी सिंचार्ई योजना, खनियाँपानी ७, डण्डरे चुरेथुम्का सिंचार्ई योजना, बालुवापाटी देउपुर रहेका छन । नदी नियन्त्रण सम्बन्धि कार्य अन्र्तगत मझौला नदी नियन्त्रण अन्तर्गत झिकु खोला नियन्त्रण र रोशी खोला नियन्त्रण रहेका छन् । जलाधार क्षेत्रमा जल उत्पन्न प्रकोप व्यवथापन कार्य अन्र्तगत आपतकालिन तथा वाढी पहिरो पुर्नःथापना कार्यहरु पुण्यमति खोला नियन्त्रण, बनेपा, काभ्रे, डोर्जे डाँडा खोला नियन्त्रण माझीफेदा ३, साँधिखोला नियन्त्रण, माझीखेत, आपतकालीन तथा बाढी पहिरो पुर्नस्थापना कार्यहरु अन्र्तगत टार बजार संरक्षण कार्यक्रम, इन्द्रावती बगर कोरिडोर आयोजना रहेका छन् । 
    प्रदेश कार्यालय मार्फत सिंचाई सम्बन्धि कार्य अन्र्तगत १३ वटा सिंचाई संरचना निर्माण भएका छन् ।  देवीटार गल्टार, महाभारत गाउँपालिका १, चाखोला किर्तेटार चौतारा, मण्डनदेउपुर न.पा., चमेरे बडार, महाभारत गाउँपालिका, बाँदरटार, रोशी गाउँपालिका, रोशी लिफ्ट सिंचाई योजना, तिमाल ८, गिम्दी बेशी रोशिखोला सिचाई योजना, तिमाल, चाखोला मुहाने ढाईटार सिंचाई योजना, मण्डन ३,४, थुम्की डुंग डुंग सिंचाई योजना, भुम्लु गा.पा., जुके कुलो सिंचाई योजना, पाँचखाल ६, हर्षे बजार  सिंचाई  कुलो मर्मत कार्य, पाँचखाल २, चाखोला जोरपिप्ले लिफ्ट सिंचाई योजना, पाँचखाल ४,७, चारखोला चिते सिंगे चैनपुर सिंचाई, मण्डन देउपुर ३,४, आँसीखोला आँप खोला कुलो सिंचाई योजना, मण्डनदेउपुर ४ रहेका छन् । पुँजीगत अनुसन्धान तथा परामर्श कार्य, नदी नियन्त्रण सम्बन्धि कार्य  पुण्यमाता खोला नदि नियन्त्रण कार्य, रोशी खोला नियन्त्रण, पिपलटार, रोशी गाउँपालिका ७, रोशी खोला नियन्त्रण, पिपलटार, नमोबुद्ध न.पा.६, ढाँड खोला कटान नियन्त्रण कार्य, रोशी खोला नदि नियन्त्रण, मंगलटार, नमोबुद्ध नगरपालिका ५, रोशी खोला नियन्त्रण, पिपलटार, नमोबुद्ध रहेका छन् । जिल्लाका विभिन्न स्थानमा नदी नियन्त्रण र पहिरो नियन्त्रण र बस्ती  संरक्षण नदी नियन्त्रण सम्बन्धी कार्य सम्पन्न भएको प्रमुख श्रेष्ठले बताउनु भयो । 
    चालु आर्थिक वर्षका लागि संघ सरकारले सशर्त योजना अन्र्तगत सिँचाई पुर्नस्थापना आयोजना, २ वटा योजना संचालन हुने भएका छन् । समुदाय ब्यवस्थीत सिचाई कृषि क्षेत्र आयोजना २ वटा, मझौला सिचाइ आयोजना, ६ वटा योजना, नयाँ प्रविधिमा आधारित सिंचार्ई आयोजना, १४ वटा संचालन हुने भएका छन् । प्रदेशिक कार्यक्रम अन्र्तगत सिँचाई प्रणाली निर्माण, १६ वटा योजना रहेका छन् । सिंचार्ई प्रणाली मर्मत कार्य, ६ वटा रहेका छन् । नदि तथा पहिरो नियन्त्रण कार्य १० वटा  रहेका छन् । सौर्य उर्जा प्रबिधि जडानका लागि समेत योजना संचालन हुने भएको छ । समुदायमा ब्यवस्थित ंिसंचित कृषि क्षेत्र आयोजनामा ६० प्रतिशत भौतिक प्रगति भएको छ भने मझौला सिंचार्ई आयोजनामा ७० प्रतिशत, नयाँ प्रविधिमा आधारित सिंचार्ई आयोजनामा २५ प्रतिशत, संस्थागत विकासमा सय प्रतिशत र नदि नियन्त्रण तर्फ १ सय प्रतिशत भौतिक प्रगति भएको छ ।