बनेपा/व्यापारी नगरी बनेपालाई कार्यक्षेत्र बनाई सेवा प्रदान गरिरहेको बनेपा हेल्थ केयर प्रा.लि.मा मंसिर २० गते शनिवार वरिष्ठ छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डा. अनुपमा कार्की कुँवर तथा वरिष्ठ मधुमेह (सुगर) तथा थाईराइड विशेषज्ञ डा.प्रजाय शिखर श्रेष्ठ आउनुहुने भएको छ । आफ्ना ग्राहकवर्गहरुको समस्यालाई मध्यनजर गरी यस हेल्थ केयरले सम्बन्धित रोगका सम्बन्धित डाक्टरहरुद्वारा सेवा प्रदान गर्दै आइरहेको छ । छोटो समयमै काभ्रे जिल्लामै ख्याति कमाउन सफल यस हेल्थ केयरमा आगामी शनिवार विहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उक्त सेवा उपलब्ध हुने भएकोले सम्बन्धित रोगका विरामीहरुले यथाशीघ्र सम्पर्क गरी मौकाको फाईदा उठाउनुहुन हेल्थ केयर प्रा.लि.ले अनुरोध गरेको छ । बनेपा–८, काभ्रेमा अवस्थित यस हेल्थ केयरमा सेवाग्राहीहरुले ०११–६६२१६२, ९८६९४१८२६४ नम्बरमा फोन गरी विस्तृत जानकारी समेत लिन सकिनेछ ।
बनेपा हेल्थ केयरले जिल्लामै पहिलो पटक कोभिड १९ अर्थात कोरोना भाईरसको संक्रमणमा परी घरमै उपचारार्थ विरामीहरुको सेवामा सक्रिय हुने गरी बनेपामा रहेकोे अनुमति पाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाले बनेपा हेल्थ केयरलाई कोभिडका विरामीहरुलाई घर घरमै पुगेर टेलिमेडिसिन मार्फत स्वास्थ्य सेवा प्रदान गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको हो । बनेपा हेल्थ केयरले २४ सै घण्टा कोभिड १९ का विरामीहरुलाई परामर्श सेवा, अस्पताल प्रेषण सेवा, अक्सिजन थेरापीको लागि परामर्श, संक्रमणको पूर्व तयारी सम्वन्धी सल्लाह तथा आवश्यकता अनुसार उपचारसँग सम्वन्धित अन्य सेवाहरु उपलब्ध गराउने बनेपा हेल्थ केयरका संचालक जितेन्द्र थापाले जानकारी दिनुभयो ।









