काभ्रे/नेपाल उद्योग वाणिज्य महासंघमा काभ्रेबाट प्रतिनिधित्व गर्दे उद्योग ब्यबसायी सुरकृष्ण बैद्य पुनः केन्द्रिय कार्यकारिणी सदस्यमा अत्याधिक मतले निर्वाचित हुनु भएको छ ।
गत शनिबार काठमाडौमा सम्पन्न महासघंको ५४ औ वार्षिक साधारण सभा खुल्लाबाट केन्द्रिय कार्यकारीणी सदस्यमा निर्वाचित हुनुृ भएको हो । बैद्य केन्दिय सदस्य हुनु अघि काभ्रे उद्योग बाणिज्य संघको अध्यक्ष हुनुहुन्थ्यो । त्यस्तै तत्कालिन काभ्रे मिनिबस सेवा समितीको लामो समय सम्म अध्यक्ष, यातायात ब्यबसायी, सहकारी, शिक्षा हाइृड्रोपावर लगायत थुप्रै निजी तथा सामाजिक संघ संस्थामा आबद्ध रहनु भएको छ । बैद्य जिल्लामै सफल र सक्रिय उद्यमीका रुपमा परिचित रहनु भएको छ । उहाँ निर्वाचित पश्चात जिल्लामा उद्योग ब्यबसायमा थप टेवा पुग्ने ब्यबसायीहरुले ब्यक्त गरेका छन् । जिल्लाकै नाम र प्रतिष्ठा राख्न सफल उद्योग ब्यबसायी तथा सामाजिक ब्यक्तित्व बैद्यले आगामी दिनमा समेत ब्यबसायीहरुका समस्या र ब्यबसायमा सहयोग पुराउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । बैद्यलाई आगामी कार्यकालको सफलताको लागी चेष्टा साप्ताहिक र प्राईम एफ एम १०४.५ परिवार हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दछ ।









