बनेपा/काभ्रे जिल्ला आयुर्वेद स्वास्थ्य अस्पतालद्वारा आईसोलेसनमा रहेका कोभिड १९ का विरामीहरुलाई धुलिखेल नगरपालिकाको समन्वयमा धुलिखेल नगरपालिका भित्र निःशुल्क आर्युबेद औषधी वितरण गरिएको छ ।
धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्यान्जुले विरामीहरुको घरमै पुगेर आयुर्वेद औषधी वितरण गर्नु भएको थियो । औषधी वितरण गर्दैे नगर प्रमुख ब्यान्जुले अस्पताललाई धन्यवाद दिनु भएको थियो । विरामीहरुको घरमै आयुर्वेद डा. मनोज चौधरी सहितले सेवा दिनुभएकोमा र विरामिहरुको स्वास्थ्य अबस्था बुझि औषधी वितरण गर्न पाएकोमा ब्याञ्जुले स्वास्थ्य शाखा, आयुर्वेद अस्पताल सबैलाई धन्यवाद दिनु भएको थियो । ब्याञ्जुले नगरपालिका नगरवासीहरुको सधै सेवामा अनवरत रहेको बताउदै स्वास्थ्य, शिक्षा, सडक, कृषि लगायतका विकास निमार्णका कामहरु निरन्तर राखिएको बताउनु भयो । गत सोमबार मात्रै १५ बेडको अस्पताल शिल्यान्यास गरिएको, धुलिखेल अस्पताललाई सुविधा सम्पन्न बनाई सेवा दिएको, नगरपालिका र बागमती सरकारको समन्वयमा प्रादेशिक ल्याब सञ्चालन गरिएको र प्रत्येक कोभिड संक्रमित विरामीहरुको प्रत्येक दिन फलोअप गरीरहेको बताउनु भयो । नगरपालिकाले नगरबासीहरुलाई सेवा कुनै कमी नदिने समेत प्रतिबद्धता दोहो¥याउनु भयो ।
सोहि अबसरमा धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, वडा नं. ४ का वडा अध्यक्ष रविन्द्र कर्माचार्य, वडा नं. ११ का वडा अध्यक्ष विष्णु धिताल, कार्यपालिका सदस्य आनन्द सागर यगोल, स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी, आयुर्वेद अस्पतालका प्रमुख डा. मनोज चौधरी, जिल्ला आयुर्वेद अस्पतालका रमेश प्रसाद पनेरु, लेखा प्रमुख कृष्ण प्रसाद पराजुलीलगायतको उपस्थितिमा वितरण गरिएको थियो । प्रत्येक विरामिहरुलाई यष्टि मधु, त्रिकुट चुर्ण, र गुडची चुर्ण १०० ग्रामका दरले वितरण गरिएको थियो । धुलिखेल नगरपालिका भित्र हाल सक्रिय ७० जना संक्रमित रहेका र सबै जनालाई नै औषधी वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले वताउनु भएको छ । चौधरीले जिल्ला आयुर्वेद अस्पतालबाट अन्य समयमा समेत योगा, निःशुल्क औषधी वितरण, पालिकाहरुमा औषधी वितरण गर्दै आएको बताउनु भयो । बागमती प्रदेश अन्तर्गत रहेको उक्त अस्पतालले अन्य जिल्लामा समेत स्थानिय सरकारसँग समन्वय गरी स्वास्थ्य शिविर र आयुर्वेद औषधी वितरण गरिने बताउनु भयो ।









