2026 October 18/ 11:58: 57pm

    बनेपा/पूर्वमन्त्री एवं नेकपा काभ्रेका इन्चार्ज, केन्द्रिय सदस्य गोकुल बास्कोटाले पार्टी नेतृत्वलाई तत्काल बैठक राखी कमिटीहरुको गठन गर्न तथा नेता कार्यकर्ताहरुको ब्यवस्थापन गर्न आग्रह गर्दै त्यसो नगरे पार्टीका काम नरोकिने घोषणा गरे लगत्तै जिल्लाका विभिन्न स्थानमा विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । 
    विशेषगरी पछिल्लो समय नेपाली कांग्रेस र नेकपा विप्लव समुह परित्याग गरी नेकपा प्रवेश गर्नेहरु बढेका हुन् । लामो समय देखि पार्टीका काममा सक्रिय विप्लव समुहका नेता तथा कार्यकर्ताहरुलाई पूर्व मन्त्री बास्कोटा, संविधान सभा सदस्य रामहरी सुवेदी, प्रदेश सभा सदस्य चन्द्र लामा, नेकपा नेता अशोक ब्याञ्जु, कुमार थापा, राजन भुर्तेल, रिता ढकाल लगायतका नेताहरुले नेकपामा प्रवेश गराएका छन् ।     विप्लव समुहका अराजक गतिविधि बढ्न थालेपछि त्यसमा विश्वास गर्ने र सक्रिय भएर कृयाशील भएका नेता ताम्सालिङ विशेष ब्युरो सदस्य तथा तामाङ राष्ट्रिय मुक्ति मोर्चा केन्द्रिय अध्यक्ष कान्छा तामाङ लगायत ७५ जना कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन । पार्टीमा स्वागत गर्दै नेता बास्कोटाले विप्लवलाई समेत हिंसा हत्या त्यागी शान्तिपूर्ण बाटोमा आई नेकपामा समाहित हुन आग्रह गर्नु भएको थियो । नेपालमा अब हत्या हिंसा जरुरी छैन बास्कोटाले भन्नुभयो अब राजनीतिक क्रान्ति पूरा भैईसकेकाले आर्थिक क्रान्ति आवश्यक रहेको बताउनु भयो । सबै राजनीतिक दलहरु मिली आर्थिक विकासमा लाग्नुपर्ने उहाँले बताउनु भयो । तीनवटै सरकारले विकासका कामहरुलाई तिब्र प्रगति दिएको भन्दै बास्कोटाले ७ सय ५३ वटै स्थानीय तहमा ५ बेड देखी १५ बेडका सुविधा सम्पन्न अस्पताल निर्माण गर्न लागिएको बताउनु भयो । 
    भुकम्पले क्षति पुगेका विद्यालयका भवन पुनर्निर्माण अन्तिम चरण पुगी शिक्षामा सुधार अभियान ल्याएको, गाउँ–गाउँमा सडक, घरघरमा खानेपानी औद्योगिक क्षेत्र निर्माण लगायतका कामहरु गरेको बताउनु भयो । बास्कोटाले नेकपामा विवाद चलिरहने र पाटी पनि चलिरहने बताउनु भयो । ठुलो पाटी भएपछि सानातिना कुराहरु आईरहने हुनाले त्यसलाई हल गर्दै जाने उहाँले बताउनु भयो । बास्कोटाले नेकपाले नेपालको विकास र समृद्धिका लागि सपना सँगसँगै योजनाहरुका साथ काम गरिरहेकाले नेकपामा आबद्ध हुन अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुले अनुरोध गर्नु भएको थियो । स्थानीय सरकारले नागरिकहरुको हितमा कार्य गरिरहेको, नागरिकहरुको आयस्तर बृद्धिका लागि कृषिमा प्रविधि मैत्री सामाग्री तथा सिपको हस्तान्तरण, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका आधारभुत आवश्यकताका आधारमा काम गरिरहेको बताउनु भयो । कार्यक्रममा नवप्रवेशी विप्लवका नेता कान्छामान तामाङले परिवर्तनका लागि आफु उक्त पाटीमा लागेको तर त्यहाँ त्यस्तो सम्भावना नरहेकाले पाटी परित्याग गरेको बताउनु भयो । जनतामा राजनीति स्थीरताको आशा बढेकाले त्यसलाई निरन्तरता दिनका लागि विकसित न्यायपूर्ण समतामूलक स्वाभिमान राष्ट्र निर्माण गर्न कम्युनिष्ट पार्टीका नाममा विभिन्न समुहमा विभाजित शक्तिहरु अब एकै ठाउँमा उभिन जरुरी रहेको तामाङले बताउनु भयो । 
    कार्यक्रममा बोल्दै नेता ब्याञ्जुले नेकपा बाहेक मुलुकमा परिवर्तनको अर्काे शक्ति नभएकाले नेकपामा प्रवेश गरेकोमा बधाई तथा शुभकामना दिदै सबै नेता कार्यकर्ताहरुको उचित ब्यवस्थापन हुने बताउनु भयो । पार्टी तथा सरकारले गरेका कामहरुमा सहजीकरण गर्ने, जनताको पक्षमा उभिने र नागरिकहरुलाई समृद्ध बनाउँदै जाने अभियानमा सक्रिय हुन सबै नेता कार्यकर्ताहरुलाई अनुरोध गर्नु भयो । 
कार्यक्रममा नेकपा वागमती प्रदेश कमिटी सदस्य तथा संविधान सभा सदस्य रामहरी सुवेदी, बागमती प्रदेश सांसद चन्द्र लामा जिल्ला कमिटी सदस्य कुमार थापा, राजन भुर्तेल, जेनिस लामा, रिता ढकाल, प्रेम लामा, बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादे, पनौती नगरपालिका नगर प्रमुख भिम न्यौपाने, धुलिखेल नगरपालिका उप प्रमुख विमला शर्मा लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विप्लवका जिल्ला सचिवालय सदस्य एवं दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य तथा काभ्रे अध्यक्ष रमेश नेपाली, जिल्ला कमिटी सदस्य एवं अखिल नेपाल महिला क्रान्तिकारी संघ अध्यक्ष सम्झना परियार, जिल्ला कमिटी सदस्य भिम तामाङ, बेथान्चोक गाउँपालिका सेक्रेटरी उद्वब गिरी लगायत रहेका छन् । कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य रामकृष्ण हुमागाईले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको सभापतित्व नेकपा जिल्ला कमिटी सदस्य तथा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले गर्नु भएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुसन्धान र धरपकड बढिरहेकाले विप्लव समुहका नेता कार्यकर्ताहरु धमाधम पार्टी परित्याग गर्ने क्रम बढेको छ । यसअघि धुलिखेल १२ शंखुमा केहि नेताहरुले पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका थिए । नेता अशोक ब्याञ्जुले उनिहरुलाई पार्टीमा प्रवेश गराउनु भएको थियो । यसअघि पनि विभिन्न समयमा पार्टी परित्याग गरी विप्लबका नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरिरहेका छन् । 
    बल्थली, कुशादेवी, पनौती, बनेपा, धुलिखेल, पाँचखाल, महाभारत, खानीखोला लगायतका स्थानमा पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेहरुको संख्या थपिएको छ । 

बनेपामा पनि पार्टी प्रवेश 
    नेपालि कांग्रेस, नेपाल समाजबादी पाटी र विप्लव समुहबाट पार्टी परित्याग गरी ७० जना नेकपामा प्रवेश गरेका छन् । नेकपा बनेपा नगर कमिटीको आयोजनामा नगर भित्रका विप्लव पाटीका पूर्व ब्युरो ईन्चार्ज रामकुमार तामाङ्ग लगायत विभिन्न पार्टी परित्याग गरी ७० जना नेकपामा प्रवेश गरेका कार्यक्रमका सभापति तथा नगर प्रमुख लक्ष्मी नरसिंबादेले बताउनु भयो । नव प्रवेशीहरुलाई नेकपाका केन्द्रिय सदस्य एवं जिल्ला ईचार्ज तथा पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले स्वागत गर्नु भएको छ । 
    स्वागत कार्यक्रमका बास्कोटाले नेकपा पाटी भनेको महासागर भएकाले यहाँ देश निमार्ण गर्ने जो कोही पनि आउन सक्ने बताउनु भयो । नेकपाको सरकारले मात्र अहिले विकासको मुल फुटाएको भन्दै बास्कोटाले देशै भरी ५ बेड देखी १५ बेडको अस्पतालको शिल्यान्यास गरिएको बताउनु भयो । सरकार शिक्षा, स्वास्थ्य र सडक, बत्ति लगायत विकास निमार्णका आवश्यक सामग्रीहरुमा समेत आत्मनिर्भर बन्दै रोजगारमुलक शिक्षा, उत्पादनमुखी र कृषिमुखी गुणस्तरीय शिक्षा प्रदान गर्न जोड दिईरहेको बास्कोटाले बताउनु भयो । कोहि कसैले पनि २–४ जनाले मोटरसाईकल रयाली गर्दैमा राजतन्त्र नर्फकिने र विप्लवले विद्रोह गर्छ भन्दैमा नसक्ने बास्कोटाले बताउनु भयो  । कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य तथा नेपाल नगरपालिका सघंका अध्यक्ष अशोक ब्यान्जुले स्थानीय सरकार मार्फत जनताका आकांक्षाहरु पुरा गर्दै गएको बताउनु भयो । विकास निमार्णमा समान गरी सबै वर्ग र तप्काहरलाई समेट्दै स्थानीय सरकारहरु अगाडी बढेको बताउनु भयो । त्यसैगरी कार्यक्रममका वागमती प्रदेश सासंद चन्द्र लामा, जिल्ला समन्वय समिती प्रमुख उद्धब केसी, नेकपा जिल्ला कमिटी सदस्य विनोद गौतम, नव प्रवेशी राम कुमार तामाङ लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य जिल्ला कमिटी सदस्य मुक्ति विष्टले राख्नु भएको थियो भने कार्यक्रमको अध्यक्ष तथा नेकपा बनेपा नगरका नेता तथा नगर प्रमुख लक्ष्मी नरसिं बादेले गर्नु भएको थियो । कार्यक्रम नेकपाका नेता रत्नकुश रञ्जितले सञ्चालन गर्नु भएको थियो ।