2026 July 06/ 11:47: 01pm

कोभिड संक्रमितलाई घरमै सेवा
    बनेपा/जिल्लामै पहिलो पटक कोभिड १९ अर्थात कोरोना भाईरसको संक्रमणमा परी घरमै उपचारार्थ विरामीहरुको सेवामा सक्रिय हुने गरी बनेपामा रहेको बनेपा हेल्थ केयरले अनुमति पाएको छ । कोभिडका विरामीहरुलाई घर घरमै पुगेर विभिन्न खालका स्वास्थ्य सेवा पु¥याउन सरकारले यस्ता संस्थाहरुलाई अनुमति दिने निर्णय गरेको थियो । 
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाले बनेपा हेल्थ केयरलाई कोभिडका विरामीहरुलाई घर घरमै पुगेर टेलिमेडिसिन मार्फत स्वास्थ्य सेवा प्रदान गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको हो । हेल्थकेयरका तर्फबाट टेलिमेडिसिनको नेतृत्व डा. रविन्द्रप्रसाद राजभण्डारीले गर्नेछन् । 
    बनेपा हेल्थ केयरले २४ सै घण्टा कोभिड १९ का विरामीहरुलाई परामर्श सेवा, अस्पताल प्रेषण सेवा, अक्सिजन थेरापीको लागि परामर्श, संक्रमणको पूर्व तयारी सम्वन्धी सल्लाह तथा आवश्यकता अनुसार उपचारसँग सम्वन्धित अन्य सेवाहरु उपलब्ध गराउने बनेपा हेल्थ केयरका संचालक जितेन्द्र थापाले जानकारी दिए । सरकारको अनुमति नहुँदा पनि बनेपा हेल्थ केयरले कोभिड १९ का विरामीहरुलाई घरघर पुगेर सेवा दिदै आएको थियो । सरकारले अनुमति प्रदान गरे पछि हेल्थ केयरले शुल्क लिन पाउनेछ । दैनिक कति ब्यक्तिहरुलाई निःशुल्क र कति ब्यक्तिहरुलाई स–शुल्क सेवा प्रदान गरिएको छ सो को विवरण विभागमा बुझाउनु पर्नेछ । 
    बनेपा हेल्थ केयरले जिल्ला तथा आसपासका जिल्लाका नागरिकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले सरकारले घरघरमै पुगेर कोभिड १९ का संक्रमतिहरुका विरामीहरुको सेवाका लागि अनुमति दिएकाले सेवा र अनुगमन सँगसँगै हुने बताउनु भयो । संक्रमितहरु गम्भिर अवस्थामा मात्रै अस्पताल जाने र त्यस अघि घरमै बसेर उपचार गराईरहेका छन् ।