धुलिखेल/समुदायमा फैलिरहेको कोरोना भाईरसका कारण संकट बढिरहेको छ । संक्रमणले नागरिकहरुको निधन हुने क्रम बढेको र संक्रमणका कारण जोखिम बढेको भन्दै स्थानीय सरकारहरुले नागरिकहरुलाई सचेत हुन आब्हान गरेका छन् । संक्रमणलाई जित्दै कार्य क्षेत्रमा फर्कनेहरुको संख्या थपिएको छ ।
मंगलबारसम्मको तथ्याङ्कमा जिल्लामा कोभिड १९ कै कारण निधन हुनेहरुको संख्या २१ पुगेको छ । जिल्ला बाहिरका नागरिकहरुले उपचारका क्रममा काभ्रेमा ज्यान गुमाउनेहरुको संख्या १२ रहेको छ । ३३ जनाले जिल्ला भित्र ज्यान गुमाएका छन् । जिल्लाबाट अन्यत्र गएर ज्यान गुमाउनेहरु पनि उत्तिकै छन् । जोखिमका हिसाबले बनेपा, धुलिखेल, पनौती, मण्डनदेउपुर, नमोबुद्ध, पाँचखाल नगरपालिका उच्च रहेका छन् । शहरी क्षेत्र रहेका गाउँपलिकाहरु रोशी, भुम्लु लगायतका पालिकका नागरिकहरु पनि जोखिममा छन् । अस्पतालमा भन्दा घरमा रहेर उपचार गर्नेहरुको संख्या धेरै छ । लामो समय देखि खानीखोला गाउँपालिकामा एक जना पनि कोभिड संक्रमण थिएनन् । साता अघि खानीखोला गाउँपालिकाका एक जना ब्यक्तिमा संक्रमण देखिएको छ । होम आईसोलेसनमा रहनेहरुले मापदण्ड पूरा गरे नगरेको, उनिहरुको स्वास्थ्य अवस्था के छ ? भन्ने विषयमा स्थानीय सरकार अन्र्तगतका स्वास्थ्य शाखाहरुले चासो लिन समेत छाडेका छन् । जिल्लामा एकै दिन एक सय भन्दा धेरै संक्रमतिहरु थपिने क्रम शुरु भएको छ । परिक्षणमा स्थानीय सरकारले सहजता गराउन नसके पनि आफै अस्पतालमा पुगेर परिक्षण गराउने क्रम बढेको छ ।
२६ वर्ष देखि ९८ वर्षसम्मका ब्यक्तिहरुले कोभिडकै कारण ज्यान गुमाएका छन । पत्रकार विष्णु चौलागाईले कोभिडकै कारण ज्यान गुमाउनु प¥यो । बनेपा नगरपालिका १३ मा एकै घरका दुई दाजुभाईहरुले ज्यान गुमाउन पुगेका छन् । सामान्य नभई कोभिड महामारी भएकाले सचेत र सजग हुँदै यसलाइ जित्नुको विकल्प छैन । नागरिकहरुले गरेको विमा बापतको रकम अझै उपलब्ध हुन सकेको छैन । धुलिखेल अस्पताल र प्रादेशिक जनस्वास्थ्य ल्याब मार्फत पिसिआर परिक्षण भईरहेको छ । शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पताल बाहेक धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पाँचखाल, पनौती नगरपालिकाका अलावा मेथिन्कोट अस्पतालमा पनि कोभिड १९ का विरामीहरुको उपचार भईरहेको छ । तर पनि नागरिकहरुले पहुँच अनुसार उपचार प्राप्त गर्न सकेको बताउन थालेका छन् । पहुँच नहुँदा नागरिकहरुले उपचार प्राप्त गर्न सकेका छैनन् । गर्भवती, सुत्केरी, दीर्घरोगीहरुलाई कोभिड १९ ले थप प्रभावित बनाएको छ ।
जिल्लामा धुलिखेलका प्रमुख अशोक ब्याञ्जुले कोभिड १९ जितिसक्नु भएको छ । उहाँ पहिलाको जस्तै सामान्य अवस्थाबाट कार्य क्षेत्रमा कृयाशिल हुनुहुन्छ । बनेपाका नगर प्रमुख लक्ष्मीनरसिं बादे र उपप्रमुख रेखा सापकोटा दाहाल अझै संक्रमित हुनुहुन्छ । प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिले संक्रमण जितिसक्नु भएको छ । केहि वडाअध्यक्ष संक्रमित र केहि संक्रमण जितेर कार्य क्षेत्रमा फर्किसक्नु भएको छ । पनौती नगरपालिकाका प्रमुख भिम न्यौपाने र बेथान्चोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना संक्रमणमा हुनुुहन्छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्यीय शिव हुमागाई पनि संक्रमित हुनुहुन्छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल सहितको उहाँको परिवारमा संक्रमण देखिएको छ । कानुन ब्यवसायी, पत्रकार, जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सबै संक्रमणको उच्च जोखिममा छन् । संक्रमणका कारण जिल्ला प्रशासन कार्यालय काभ्रे र बेथान्चोक गाउँपालिका कार्यालयले ७ दिनको लागि सेवा बन्द गरेका छन् ।
मौसम परिवर्तनसँगै देखिएको फ्लुका कारण आम नागरिकहरुलाई चिन्ता थपिदिएको छ । चिसोले हुने रोगहरुसँगै कोभिड १९ थपिएको छ । चिसोबाट बच्न र कोभिड १९ को महामारी हुन नदिन नागरिकहरुले थप सचेतना अपनाउन जरुरी छ । सामाजिक दुरी कायम राख्न, चाडपर्वहरुमा आफन्तहरुको भेटघाट पातलो बनाउन र लक्षण भएका विरामीहरुलाई तत्काल उपचार गराउन स्थानीय सरकारको सक्रियता आवश्यक छ ।
अलबिदा विष्णु दाई
बनेपा/नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सदस्य, अग्रज पत्रकार, काभ्रेपोष्ट साप्ताहिकका सम्पादक÷प्रकाशक काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गाउँपालिका वडा नम्वर ५ निवासी ५१ बर्षिय विष्णुप्रसाद चौलागाईको असामयीक निधनले पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुगेको छ ।
तीन दशक भन्दा लामो समय देखि पत्रकारिता क्षेत्रमा कृयाशिल चौलागाईले पत्रकारिता मार्फत काभ्रेपलाञ्चोक जिल्लाको विकास र समृद्धिमा अथक योगदान पु¥याउनु भएको छ । उहाँले पत्रकारिताको विकासका लागि कोशिपारी पत्रकारिता पुरस्कार स्वर्गीय पिता दिलनाथ चौलागाई स्मृति कोषको स्थापना गरी जिल्लामा कृयाशिल संचारकर्मीहरुलाई पुरस्कृत गर्दै आउनु भएको थियो । पत्रकार महासंघ काभ्रे शाखा उहाँले पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उहाँका सपनाहरु पुरा गर्ने दृढ संकल्प गरेको छ । पत्रकार चौलागाई विश्वभरी फैलिएको कोरोना भाईरसको महामारीबाट २०७७ असोज २६ गते संक्रमणमा पर्नु भएको थियो । केहि दिन घरमै उपचारार्थ पत्रकार चौलागाईलाई असहज भए सँगै ओम अस्पताल चावहिलमा भर्ना गरिएको थियो । उपचारका क्रममा श्वासप्रश्वास, निमोनिया लगायतका समस्याबाट उहाँलाई थप संकट बनाउँदै लग्यो ।
कोरोनाकै कारण उहाँको फोक्सोमा देखिएको समस्याले उहाँको असामयिक निधन हुन पुग्यो । पत्रकार चौलागाईको असामयिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै नेपाल पत्रकार महासंघ काभ्रे शाखाले आजबाटै महासंघको कार्यालयमा उहाँलाई श्रद्धाञ्जली ब्यक्त गर्न शोक पुस्तिका राख्ने निर्णय गरेको छ । साथै १३ आंै दिनको पुण्य तिथीमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्न महासंघकै कार्यालयमा श्रद्धाञ्जली सभा आयोजना गरिने छ । मृतक पत्रकार चौलागाई प्रति पुनः भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना ब्यक्त गर्दर्छाै । शुक्रबार विहान निधन भएका चौलागाईको पछिल्लो कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आए पनि उहाँमा फोक्सोको समस्या देखिएको थियो । कोरोनाकै कारण फोक्सोमा समस्या भए पछि लगातार उहाँ ओम अस्पतालमै उपचारार्थ हुनुहुन्थ्यो । उपचारकै क्रममा उहाँको निधन भएको अस्पताल श्रोतले जानकारी दिएको छ । उहाँको पार्थिव शरिरमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना लगायतले श्रद्धाञ्जली ब्यक्त गर्नु भएको थियो । पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएका चौलागाईलाई नेकपा काभ्रेका अध्यक्ष रुकु चौलागाई र प्रदेश सभा सदस्य रत्न ढकालले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली ब्यक्त गर्नु भएको थियो । पत्रकार चौलागाईको अन्त्येष्टीमा जिल्लाका विभिन्न पार्टीका नेताहरु, पत्रकारहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । उहाँ नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सदस्य हुनुहुन्थ्यो । चौलागाईको श्रीमती सहित एक छोरा र एक छोरी हुनुहुन्छ ।
पत्रकार चौलागाईको कोरोना संक्रमणका कारण निधन भएको खबरले पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुगेको पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले जानकारी दिनु भयो । पत्रकार महासंघ काभ्रे शाखाले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोक बक्तब्य प्रकाशन गरेको छ । महासंघ काभ्रे शाखाले कार्यालयमा शोक पुस्तिका राखि उहाँ प्रति श्रद्धाञ्जली ब्यक्त गर्न र १३ औ दिनको पुण्य तिथीको अवसरमा श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय गरेको छ ।









