धुलिखेल/समृद्धिका लागि युवाको सातौ वार्षिक साधारण सभा नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी ब्यान्जुले युवाहरु समाजका संवाहक बन्नुपर्ने बताउनु भयो । समाज रुपान्तरणका लागि युवाको महत्व रहेको हुदाँ समाजका सबै क्षेत्रमा अगुवाई गर्नुपर्ने बताउनु भयो । युवा ईमान्दर स्वच्छ लिडरशिप गर्न सक्ने र देशप्रति माया राख्नुपर्ने युवामा चेतनशिल र जिम्मेवार बन्नुपर्ने ब्यान्जुले बताउनु भयो । नगरपालिकाले युवा परिषद् गठन गरी यूवा लक्षित कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनु भयो । नगरका १२ वटै वडामा युवालाई समेटी तालिम प्रदान गरी रोजगारी बनाउन लागेको बताउनु भयो । ब्यबसायीक कृषि खेती गरी उत्पादन बढाउने, उनिहरुका क्षमता र दक्षताका आधारमा रोजगार उपलब्ध गराउन लागेको उहाँले बताउनु भयो । कार्यक्रममा धुलिखेल नगरपालिका उप प्रमुख विमला शर्माले अहिलेको समयमा युवाहरु विकासमा सहभागी हुनुपर्ने र समाज परिवर्तनमा लाग्नुपर्ने बताउनु भयो । युवाको उमेर भनेको दुब्र्यसनी तथा बाहिरी ट्रयाकमा नलागी प्रविधिसँग जुध्नुपर्ने बताउनु भयो । कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्बर ८ का अध्यक्ष निराजन जंगम, गैसस महासंघ अध्यक्ष टोम प्रसाद सापकोटा, संस्थाका अध्यक्ष सिवि तामाङले शुभकामना मन्तबय राख्नु भएको थियो ।
कार्यक्रममा संस्थाले गरेको वार्षिक तथा आर्थिक प्रतिबेदन कोषाध्यक्ष आनन्दसागर योगलले प्रस्तुत गर्नु भएको थियो । संस्थाले नगरपालिकाको सहयोगमा ४५ दिने बुटिक तालिम, समाजमा परेका घटनालाई न्यूनिकरण, १२ वटै वडामा यूवा सुचना केन्द्र स्थापना, विद्यालय स्तरमा कार्यक्रमहरु गर्दै आएको बताउनु भयो । संस्थाले आगामी दिनहरुमा म्युजियम विद्यालय, सामुहिक ब्यबसायका लागि तालिम प्रदान गर्ने बताउनु भयो । कार्यक्रममा संस्थामा वडागत रुपमा केहि नयाँ सदस्यहरु चयन गरेको छ । सदस्यहरुमा सजना परियार, प्रनिश श्रेष्ठ, जयकृष्ण श्रेष्ठ, रितु मानन्धर, चिनीमाया तामाङ, सुन्दर लामा, सम्झना शर्मा नेपाल, विजय तामाङ, अमन श्रेष्ठ रहेका छन् । कार्यक्रम संस्थाका अध्यक्ष सिवि लामाको सभापतित्वमा सम्पन्न भएको थियो ।









