2026 July 06/ 08:03: 11pm

    नमोबुद्ध/नमोबुद्ध नगरपालिकाको आयोजनामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ । 
    दुई दिने तालिमको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गरेका थिए । तालिममा नगरपालिका अन्तर्गत सबै वडा कार्यालयका वडा सचिव सहित नगरपालिकाका कर्मचारी सहभागी छन् । सहभागीहरूलाई धुलिखेल नगरपालिकाका अधिकृत गायत्रीरमण घिमिरे र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अधिकृत निर्मल शर्माले प्रशिक्षण दिएका थिए । तालिमको उद्घाटन गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले कर्मचारी सक्षम बनेमात्र सेवाग्राहीले सहजरुपमा सेवा पाउने वताए । राम्रो काम गर्नेलाई पुरस्कृत र गलत गर्नेलाई नसिहत दिने व्यवस्था गर्नुपर्ने बताए  कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाइले नगरपालिकाले सबै पुराना अभिलेखलाई डिजिटलाइज्ड गर्न लागेको बताउँदै अहिलेको तालिमले त्यसमा थप सहयोगी भूमिका खेल्ने बताए ।