2026 July 06/ 08:03: 11pm

१३ यात्रु घाईते, वर्षातले अबरुद्ध सडक सूचारु
    धुलिखेल/जनकपुरबाट काठमाडौतर्फ आउँदै गरेको वा ४ ख ५८७० नम्वरको भाडाको फोर्स गाडी विपी राजमार्ग स्थित धुलिखेल नगरपालिका वडा नम्वर ९ पानी ट्याङ्कीमा दुर्घटनामा परेको छ । दुर्घटनाका कारण गाडीमा सवार १३ जना यात्रुहरु घाईते भएका छन् । 
    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा घाईते हुनेहरुको टाउको, हात, खुट्टा, छातीहरुमा चोट लागेको छ । घाईते मध्ये केहि गम्भिर छन् । केहिको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ भने केहिलाई र काठमाडांैका विभिन्न अस्पतालमा रिफर गरिएको छ । गाडी चालक समेत घाईते भएकाले उपचारार्थ छन् । 
    अबिरल वर्षातका कारण विहिबार धुलिखेल नगरपालिका वाड नम्वर १२ एक्लेखेतमा कृष्णकुमार श्रेष्ठको टहरा घर पहिरोले पुरेको छ । अरनिको राजमार्ग स्थित खावामा गएको पहिरोका कारण एकतर्फी सवारी साधन संचालन भएको छ । त्यसैगरी सिन्धुलिको माम्ती खोला पारी कमेरे भन्ने स्थानमा माथीबाट पहिरो खसेको छ । जसका कारण साना र हलुका सवारीसाधन आवतजावत हुन सकेका थिएनन । विपि राजमार्गका विभिन्न स्थानमा गएको पहिरो पन्छाउँदै सडक सुचारु गरिएको छ ।