2026 July 06/ 08:11: 32pm

मोतीराम तिमल्सिना
धुलिखेल

    तेमाल गाउँपालिका वडा नम्वर ६ ठुलोपर्सेल घर भएका ५१ बर्षीय टुल्कु लामाले सोलुखुम्बु घर भएकी २० बर्षीय बालिकासँग अवैध जर्बजस्ती शारिरीक सम्बन्ध राखे । सम्बन्ध पछि बालिका गर्भवती भईन् । ८ महिनाको गर्भ रहेसम्म लामाले बालिकालाई ललाई फकाई झुलाई रहे । टुल्कुले गाउँमा बस्न असहज भएपछि बालिकालाई केहिदिन अघि नमोबुद्ध नगरपालिका स्थित भकुण्डेको एक होटलमा राखे । तर टुल्कु बसेनन् । लामो समयसम्म होटलमा बसेकी बालिकाले पैसा नदिएको र होटलमा ल्याएर राख्ने ब्यक्ति पनि नआएकाले होटलका प्रोपाईटरले प्रहरी चौकी भकुण्डेमा खबर गरे । प्रहरी चौकीमा जानकारी गराए पछि खुल्यो बालिका ८ महिनाकी गर्भवती हुन् । उनलाई ल्याउने टुल्कु सम्पर्क विहिन भए । 
प्रहरीले बालिकालाई जिल्ला प्रहरी कार्यालय काभ्रे पठायो । २०७७ असोज ४ गते दिउँसो प्रहरीले टुल्कुलाई पनि पक्राउ ग¥यो । बालिकाको स्वास्थ्य परिक्षण गरायो । अबैध सम्बन्धबाट रहेको गर्भबाट जन्मने बच्चा र बच्चा जन्माउने आमाको भविष्यका बारेमा सरोकारवाला चिन्तित छन् । तर बालिका सहमतिमा सम्बन्ध राखेकाले टुल्कु विरुद्ध कुनै उजुरी नदिने अडानमा छिन् । टुल्कुको परिवारको तर्फबाट पनि उजुरी दिन आनाकानी भएको छ । ५१ बर्षीय टुल्कुका श्रीमती सहित सन्तान छन् । नातिनी उमेरकी बालिकालाई त्यो अवस्थामा पु¥याउँदा पनि कारवाहीका लागि पीडितहरुको तर्फबाट सहज बनिरहेको छैन । प्रहरीले बालिकालाई माईती नेपाललाई जिम्मा लगाउँदै टुल्कुलाई आवश्यक कारवाहीको प्रकृया शुरु गरेको जानकारी दिएको छ । तेमालबाट कामको सिलसिलामा सोलुखुम्बु पुग्दा बालिकासँग ख्यालख्यालमा प्रेम हुँदा सम्बन्ध राख्न पुगेको युवतीले बताएकी छिन् । युवतीले उजुरी दिन नमानेपछि टुल्कुलाई साधारण तारेखमा रिहा गरेको छ । युवती माईती नेपालमा छिन् । बच्चा जन्मिए पछि थप अनुसन्धान गरिने प्रहरीले बताएको छ । 

ﯔ ﯔ ﯔ ﯔ ﯔ ﯔ ﯔ ﯔ ﯔ ﯔ ﯔ ﯔ

महाभारत गाउँपालिका वडा नम्वर १ गोकुले धाप घर भएकी १४ बर्षीया बालिकालाई २१ बर्षीय युवकले मध्यरातमा घरमा सुतिरहेको समयमा झ्यालबाट पसेर जर्बजस्ति करणी गरे । बालिकाकी आमाले प्रहरीमा दिएको जाहेरीमा नाताले आफ्नै काका पर्ने युवकले जर्बजस्तिकरणी गरी बालिकालाई ज्यान मार्ने धम्की दिएको उल्लेख छ । २०७७ भाद्र २५ गते राति अन्दाजी ११.३० बजेको समयमा बालिकाको आफ्नै घरको कोठामा जर्बजस्ति करणी गरेको जाहेरीमा उल्लेख छ । 
२०५९ साल फागुन २१ गाउँ नजिकै घर भएका पुरुषसँग विवाह गरी घर ब्यवहार चलाउँदै जाँदा आफ्नो कोखबाट जन्मेका २ छोरा र २ छोरी मध्ये १४ वर्षकी जेठी छोरीलाई काका नाता पर्ने युवकले जर्बजस्ति करणी गरेको आमाले दिएको जाहेरीमा किटानी गरिएको छ । भाद्र २५ गते राति बालिका सुत्ने कोठामा ढोका लगाएर गर्मीका कारण झ्याल खुल्ला राखेर सुतेकी थिईन् । राती करिब ११.३० बजे बालिका सुत्ने कोठामा झ्यालबाट प्रबेश गरी बसेका थिए । बालिका पिसाब फेर्न बाहिर गएर भित्र प्रवेश गरे लगत्तै उनले जर्बजस्ति गरेका थिए । बालिका चिच्याउन खोज्दा मुख बन्द गरी घाँटी निमोठी मार्ने प्रयास गरेका युवकले करणीपछि कसैलाई नभन्न धम्कि दिदै झ्यालबाटै भागेका थिए । बालिकाले बाबुलाई आफ्नो अवस्थाका बारेमा भन्न नसके पछि भाद्र २६ गते आमालाई भनेकी थिईन् । भाद्र २७ गते आमाले बालिकाको अवस्था सहितको जाहेरी जिल्ला प्रहरी कार्यालय काभ्रेमा दर्ता गरिन् । प्रतिवादी युवक पक्राउ परेका छन् । भुकम्प पछि निर्माण गरिएको सानो घरमा बालिका सुतिरहेकी थिईन् । बालिका एक्लै सुतिरहेको मौका छोपी युवकले जर्बजस्ती गरेको आशंका परिवारले गरेका छन् । बालिकाका बाबुआमा अर्कै घरको छिँडीमा सुतिरहेका थिए । गोकुलेमा एकै वर्ष १५ भन्दा धेरैको बालविवाह भएको छ । 

***

बाल्यकाल पीडा नै पीडामा बिताएकी २८ बर्षीय एक युवती श्रीमान्को साथमा रहँदा रहँदै तीनजना पुरुषको पटक पटकको बलात्कारमा परेकी छिन् । रामेछाप जिल्ला साविक चिसापानी गाविस वडा नम्वर १ घर भई हाल मन्थली नगरपालिका वडा नम्वर ८ घर भई धुलिखेल नगरपालिका वडा नम्वर ४ बखुण्डोलमा बस्दै आएकी युवती बलात्कारमा परेकी हुन् । पाँच वर्षको एक सन्तान रहेकी युवती सानै हुँदा आगोले पोलेका कारण एउटा स्तन छैन । स्तनमा आगोले पोलेका कारण अर्काे स्तनको छाला काटेर उपचार गरिएको थियो । त्यहि बेला देखि सामान्य विषयमा बाहेक केहि नजान्ने उनी पोल्ट्री फर्ममा २० वर्ष देखि काम गर्दै आएका पुरुषसँग प्रेम विवाहमा परेकी थिईन् । ७ वर्ष अघि उनिहरुको प्रेम विवाह भएको थियो । उनिहरुको सम्बन्धबाट जन्मिएको पाँच वर्षको छोरा छ । 
    छोरा जन्मिए देखि नै श्रीमान् श्रीमती अलग अलग कोठामा सुत्ने गरेका थिए । श्रीमान्ले पटक पटक श्रीमतीलाई एउटै कोठामा सुत्न र सम्बन्धलाई सुमधुर बनाउन प्रयास गरे पनि उनले मानेकी थिईनन् । श्रीमान श्रीमतीको उमेर पनि केहि वर्ष अन्तर छ । कुखुरा फर्ममा काम गर्ने अन्य ब्यक्तिहरु पनि थिए । सबै त्यहि घरमा सुत्ने भएकाले सहज चिनजान हुनु स्वभाविक भयो । उनिहरु दुबै जना त्यहि काम गर्दै आएका थिए । त्यहि काम गर्ने मध्येका विशाल आले एक हुन । उनै विशाल आलेले युवतीलाई गत वर्षको असोज महिना देखि जर्बजस्ति गर्न शुरु गरेका थिए । विशाल आलेसँग एउटै फर्ममा काम गर्न भएकाले चिनजान भएको थियो । २०७६ असोज २१ गते राति ९ बजे देखि निरन्तर जर्बजस्ति करणी गर्दै आएका थिए । अन्तिम पटक उनले २०७७ साउन २ गते राति १०.३० बजे करणी गरेर फर्किएका थिए । युवती कोठामा एक्लै सुत्ने भएकाले उनिहरुले पटक पटक जर्बजस्ति करणी गरिरहेको बयानमा उल्लेख छ । कसैलाई भने देखि तिमी र बच्चा अनि श्रीमानलाई समेत मारिदिने धम्की दिएकाले भन्न नसकेको युवतीले बताईन् । अन्तिम पटक साउन २ गते राति भएको उक्त घटना पछि युवती काममा जान सकिनन् । 
    २०७७ असोज २ गते राति सोहि पोल्ट्री फर्ममा काम गर्ने अमृत खड्काले पुनः जर्बजस्ति करणी गरे । अमृत खड्काले जर्बजस्ति करणी गरेको र धम्की दिएको त्यहि काम गर्ने अर्का ब्यक्ति रघुनाथ मण्डलले थाहा पाए । मण्डल पहिलो जर्बजस्ति करणी गर्ने ब्यक्ति हुन् । उनले पोल्ट्री फर्मका प्रोपाईटरलाई घटनाका बारेमा जानकारी दिन लागे । युवतीले उल्टै तैले पनि जर्बजस्ति करणी गरेको छस् तेरो बारेमा पनि भनिदिन्छु भनेपछि मण्डलले युवतीलाई कुटपिट गर्न लागे । कुटपिट गर्दा गर्दै भाग्दै गएकी युवतीले त्यहि हुने अर्की महिलालाई घटनाका बारेमा जानकारी गराए पछि घटना सार्वजनिक भयो । प्रतिवादी विशाल आले, अमृत खड्का र रघुनाथ मण्डललाई प्रहरीले पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को करणी सम्बन्धी कसुर अन्तरगत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ । 
    २२ बर्षीय विशाल आले माहाभारत गाउँपालिका वडा नम्वर १ गोकुले घर भई केहि वर्ष देखि पोल्ट्री फर्ममा काम गर्दै आएका थिए । भारतको पश्चिम बंगाल घर भई धुलिखेल ४ मा रहेको पोल्ट्री फर्ममा काम गर्ने २३ बर्षीय रघुनाथ मण्डलले युवतीसँग सम्बन्ध राखेको आफैले भिडियो समेत बनाएका छन् । उनले २०७७ भदौ १ गते देखि पटक पटक जर्बजस्ति करणी गरेका थिए । अन्तिम पटक २०७७ असोज १ गते राती युवतीको कोठामा पुगेर जर्बजस्ति करणी गरेका थिए । सँगै काम गरेका कारण मण्डलसँग राम्रो चिनजान भएको थियो । त्यहि कारण उनले युवतीलई पटक पटक फोन पनि गर्दथे । फोनमै कुरा गर्ने क्रममा मण्डलले युवतीसँग विशाल आलेसँग सम्वन्ध राख्न हुने म सँग किन नहुने ? भन्दै धम्क्याउँदै ढोका ढकढक गरेका थिए । रातिको समयमा युवतीले ढोका ढकढक गरे पछि खोलिदिएकी थिईन् । उनै मण्डलले युवतीलाई त्यहि राति भाद्र १ गते देखि जर्बजस्ति करणी गरे । आफैले करणी गरेको भिडियो आफै बनाए । अनि करणी गर्न नपाएको समयमा त्यहि भिडियो सार्वजनिक गरिदिने त्रास देखाएर करणी गरिरहे । युवतीले उक्त कुरा नोकरी जान सक्ने भएकाले समेत नभनेको बताएकी छिन् । 
    मकवानपुर जिल्ला हेटौडा उप–माहानगरपालिका वडा नम्वर १२ घर भई हाल धुलिखेल नगरपालिका वडा नम्वर ४ मा रहेको पोल्ट्रि फर्ममा काम गर्ने २८ बर्षीय अमृत खड्का जर्बजस्ति करणीका तेश्रो ब्यक्ति हुन् । उनले मण्डल र विशाल आलेले जर्बजस्ति गरिरहने थाहा पाएर आफुले पनि गर्न पाउनु पर्ने बताउँदै युवती माथी जर्बजस्ति गरेका थिए । असोज १ गते मण्डलले जर्बजस्ति करणी गरे पछि अमृत भोलिपल्ट युवतीको कोठामा राति ८ बजे नै पुगेका थिए । साउन २ गते राति पछि विशाल आले युवतीको कोठामा आएका थिएनन् । श्रीमानलाई अर्काे कोठामा सुताएर लगातार त्यहि काम गर्ने अन्य पुरुषबाट बलात्कृत भईरहँदा पनि युवती श्रीमानको कोठामा आउने र श्रीमानलाई घटनाका बारेमा जानकारी गराउने गरेकी थिईन् । त्यहि मौका छोपेका थिए तीनै जना काम गर्ने युवाहरुले । मण्डलले खड्कासँग किन शारिरीक सम्बन्ध राखेको ? मैले त विवाह नै गर्छु भनेको थिएँ ? भन्दै युवतीलाई पुनः धम्क्याएका थिए । त्यसपछि मात्रै उनिहरु सबै जनाले पालैपालो जर्बजस्ति करणी गरिरहेको पोल खुलेको थियो । प्रहरीले उनिहरु विरुद्ध असोज ३ गते मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ । 

***

लकडाउनका कारण मुलुकमा आर्थिक संकट गहिरिदै छ । समाजमा विभिन्न प्रकारका अपराध बढ्न थालेका छन् । अपारधका यि नमुना हुन् । समाजमा प्रविधिको विकासको प्रयोग बढेको अपराध न्यूनिकरणमा सरोकारवालाहरुको ध्यान जानु जरुरी छ ।