2026 July 06/ 08:03: 44pm

दोलालघाट/भुम्लु गाउँपालिकाका २५ ओटा स्थानमा हात धुने स्टेशन स्थापना गरिएको छ । भुम्लु गाउँपालिका कार्यालयसँगको समन्वयमा, वाटरएड नेपालको सहयोगमा स्थानीय कार्यान्वयन साझेदार सिविक फोरमले संचालन गरेको एचबिसिसी गाउँपालिका  कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, खोप केन्द्रमा हातले नछोई खुट्टाको प्रयोगले हातधुने स्टेशनको स्टेशनको स्थापना गरिएको हो । 
भुम्लु गाउँपालिका, वडा नं.८ स्थित भुम्लुटार स्वास्थ्य चौकीमा स्थापना भएको हातले नछोई खुट्टाको प्रयोगले हातधुने स्टेशनको उद्घाटन गाउँपालिकाको अध्यक्ष गुमानध्वज कुँवरले गर्नुभएको थियो । कँुवरले  गाउँपालिकाको अत्यावश्यक ठाउँहरुमा राखिएको स्टेशनले धेरैभन्दा धेरैनागरीकहरुले  फाइदा लिने बताउनुभयो । 
कुंवरले  स्थानीय तह भुम्लु गाउँपालिका गैरसरकारी संस्थाहरुसँग निरन्तर समन्वयमा अघि बढ्ने बताउँदै आगामी दिनमा समेत विकासका कार्यहरुमा निरन्तर साथसाथै अघि बढ्ने बताउनु भयो  । स्वास्थ्य सेवा विभागको जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठको विशेष आतिथ्यता र वाटरएड परियोजनाको टिम लिडर  डा.खकिन्द्र भण्डारी  कार्यक्रममा सहभागि हुनु भएको थियो । कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत मदनकुमार बजगाई, स्वास्थ्य सेवाविभागका लक्ष्मी मरासिनी, नसिङ्ग अधिकृत, स्वास्थ्यशाखा प्रमुख सुर्दशन भट्टराई,  वाटरएड नेपाल, मनि कर्माचार्य, सविक फोरमका प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवर, अशिष सापकोटा र रिकेश विश्वकर्माको सहभागिता रहेको थियो ।