हिजो बुधबारसाँझसम्म जिल्लामा १०२ जना ब्यक्तिहरु संक्रमित भएका छन् । जिल्लामा स्थायी ठेगाना भई अन्यत्र पेशा ब्यवसाय गर्ने थुप्रै जिल्लाबासीहरु संक्रमित भएका छन् । संक्रमितहरु मध्ये अधिकांश लक्षण नभएका ब्यक्तिहरु हुनुहुन्छ । संक्रमित मध्ये केहि उपचारको क्रममा हुनुहुन्छ भने केहि निको भएर घर फर्किसक्नु भएको छ ।
संक्रमित मध्ये ३५ जना निको भएर फर्किसक्नु भएको छ भने अरु उपचारको क्रममा हुनुहुन्छ । जिल्लामा हालसम्म प्रहरी २२ जना संक्रमित भएका छन् । जस मध्ये संघीय प्रहरी १९ र जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३ जना प्रहरी कर्मचारी संक्रमित भएका छन् । संख्याका हिसावले जिल्लामा बैदेशिक रोजगारबाट फर्किनेहरु मध्ये २५ जनामा संक्रमण देखिएको छ । कानुन ब्यवसायी १, स्वास्थ्यकर्मी १५, अस्पतालमा कार्यरत कर्मचारी १, जनप्रतिनिधि १, समुदायमा रहेका अन्य ब्यक्तिहरु ३७ जना रहेका छन् । ७ र १२ बर्षिय बालक पनि संक्रमित भएका छन् भने ९८ बर्षिय जेष्ठ नागरिक संक्रमित भई निधन भईसकेको छ । ८६ बर्षिय संक्रमितले कोरोना जितिसकेका छन् । एक स्वास्थ्यकर्मी कोरोना जितेर घर फर्किसकेका छन् । संक्रमण दर फैलिरहँदा जिल्लामा रहेका स्थानीय तहहरुले सेवा बन्द गरेका छन् । अत्यावश्यक सेवा बाहेक अन्य क्षेत्र बन्द भने पनि नागरिकहरुले अवज्ञा गरिरहेका छन् ।









