2026 July 06/ 06:43: 37pm

बनेपा/१२ वर्षमा खोलो फर्कन्छ भनेझै १२ महिना अर्थात २०७६ मदौ ५ गते जर्बजस्ति करणी गरी आफै भिडियो र फोटो तयार गर्ने कुमार धिमाल विरुद्ध २०७७ साउन २६ गते मुद्दा दर्ता भएको छ । श्रीमान विदेश गएका, जागिरमा भएका तर नियमित घरमा नआउने अवस्थामा महिलाहरुको घरमा प्रवेश गर्ने, सहयोग गरे जस्तो गर्ने र बेहोस बनाउने औषधी सेवन गराएर उनिहरुसँग जर्बजस्ति शारिरीक सम्वन्ध राख्ने, समाजमा र परिवारमा भन्न नसक्ने गरी भिडियो समेत खिचेर पटक–पटक ब्लाकमेलिङ गर्ने कुमार धिमाल फन्दामा परेका हुन् । तर उनी अझै फरार छन् । 
कोरोनाको त्रासमा त्राहिमाम छ । नेपाली सेनाका एक होनाहार सिपाही आफ्नै श्रीमती माथी भएको अत्याचारमा कारवाहीका लागि हारगुहार मागिरहेका छन् । उनले आफ्नो फेसबुक वालमा लेखेका छन् – ‘‘म एक पीडित सिपाही हुँ’ ‘मेरो घर धुलिखेल १० काभ्रे हो । एक वर्ष अगाडी म शान्ति मिसन जाँदा मेरी श्रीमतीलाई लट्याउने औषधी ख्वाएर शारिरीक सम्वन्ध राख्न बाध्य बनाउने धुलिखेल नगरपालिका १० का कुमार धिमाल जो पापिष्ट यौन पिपासु अहिले फरार भएको छ । जसले भिडियो खिची बारम्बार सुनको गरगहना र मैले कमाएको सबै पैसा लुट्ने काम ग¥यो । मेरो यो पीडा म जस्ता सिपाहीहरुलाई सुनाउन चाहन्छु । अनि मेरा सम्पूर्ण साथीहरुलाई त्यो यौन पिपासुलाई समातेर प्रहरीलाई सहयोग गर्न हात जोडेर अनुरोध गर्दछु । त्यो यौन पिपासुको अनि ठगको फोटो यस्तो छ ।’ श्रीमतीले विष सेवन गरी बाँचे पछि घटनाका बारेमा विस्तृत थाहा पाएका श्रीमानको कारुणीक घटना हो यो ।’
शुक्रबार विहान १०.०९ को समयमा फेसबुकमा उक्त स्टाटस पोस्ट भयो । फेसबुकमा पोस्ट भएको केहि मिनेट भित्रै उक्त स्टाटस धेरैले शेयर गरे । उनी नेपाली सेनामा कार्यरत छन् । अहिले शान्ति सेनाबाट फर्किसकेका छन् । तर पनि श्रीमती माथी भएको अन्याय, अत्याचार र जर्बजस्ति करणीको पीडामा छन् । त्यहि पीडा सहन नसकेर उनले श्रीमतीका बारेमा आफ्नै वालमा पोस्ट गरे । २०७७ साउन २६ जिल्ला प्रहरी कार्यालय भक्तपुरमा दर्ता नम्वर ११ मा मुलुकी अपराध संहिता २०७४ को करणी सम्वन्धी कसुर अन्र्तगत जर्बजस्ति करणी अभियोगमा पीडित महिलाले मुद्दा दर्ता गरेकी छिन् । साविक शारदा बतासे गाविस वडा नम्वर ७ हालको धुलिखेल नगरपालिका वडा नम्वर वडा नम्वर १० घर भएका कुमार धिमालले जर्बजस्ति करणी गरेर मानसिक रुपामा दबाब दिएर मर्न बाध्य बनाए पछि उजुरी दर्ता भएको हो । उजुरी दर्ता भएसँगै कुमार धिमाल फरार छन् । उनी नेपाली कांग्रेसको वडा समिति सभापति पनि हुन् । दर्ता भएको एउटा उजुरीमा उनलाई अभियोग छ भने दर्ता नभएका तर अभियोग लागेका दर्जनौ उजुरी छन् । 
घटना विवरण अनुसार २०७७ असार २२ गते अन्दाजी दिउँसो १ बजे भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नम्वर १० स्थित रोज रेस्टुरेन्टमा कुमार धिमालले जर्बजस्ति करणी गरेका थिए । एक छोरा र छोरी छन् । २०७६ भदौ ५ गते एक वर्ष अघिको कुरा हो । घरमा एक्लै धन्दा गरी बसेको र अन्य परिवार घर बाहिर भएको मौका छोपी कुमार धिमाल महिलाको घरमा प्रवेश गर्छन् । उनले घरका अन्य सदस्यहरुका बारेमा सोधखोज गर्छन् । उनिहरु नभएको र घरको कुरा आफुलाई भन्दा हुन्छ भने पछि धिमाल आफै उठ्छन् र दिउँसै ढोकाको चुकुल लगाउँछन् । १२ बजेको समय थियो होला डर त्रास देखाउँदै महिलालाई जर्बजस्ति करणी गर्छन् । करणी गरिरहेको फोटो र भिडियो खिचे । यो घटनाका बारेमा कसैलाई भने मारिदिने समेत धम्की दिए । समाज र परिवारमा बेईज्जत गराईदिने धम्कि दिए । श्रीमानलाई भनेर परिवार विक्षिप्त बनाईदिने धम्कि दिए । हुँदा हुँदा छोराछोरीको समेत ज्यान लिई दिने धम्कि दिए । महिलाले कसैलाई भन्न सकिनन तर कुमार धिमालले धेरैलाई यो कुरा भन्न थाले । उल्टै ब्लाकमेलिङ्ग गर्न थाले । पुनः २०७७ असार २२ गते घरमै बसिरहेको अवस्थामा धिमालले सुन्थान चोकमा बोलाए । आउने भए आउ नआउने भए अस्ति खिचेको भिडियो र फोटो सार्वजनिक गरिदिन्छु । लकडाउन छ । कोरोनाको त्रास छ । तर पनि महिला बाध्य भएर गईन । सुन्थान चोकमा पुगे लगत्तै धिमालले आफ्नो स्कुटरमा राखेर भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नम्वर १० ताथली स्थित रोज रेस्टुरेन्टमा पु¥याई कोठा नम्वर १ मा लगी जर्बजस्ति करणी ग¥यो । करणी पश्चात पुरानै शैलीमा भिडियो र फोटो खिचेर स्कुटरकै पछाडी राखेर पनौती बसपार्कमा ल्याएर छाडिदिए । महिलाले मानसिक तनाव झेल्न सकिनन् । अनेक दबाब भए । त्यहि क्रममा २०७७ असार २३ गते श्रीमान्ले फोन गरी बनेपामा तलब निकाल्न गएर फर्किएसँगै पुनः कुमार धिमालले फोन गरेर धम्क्याए । उसले पटक–पटक केहि नगद, केहि सुन समेत लिएको छ । समूहबाट ऋण निकालेर समेत उसलाई पैसा दिएको छ । शरीर त लुट्यो लट्यो श्रीमानले विदेशबाट कमाएर ल्याएको, तलबको रकम समेत उसैले लुट्यो । महिलाले त्यहि दिन असार २३ गते राति किरा मार्न घरमा ल्याएर राखेको विष सेवन गरेर आत्महत्याको प्रयास गरिन् । आत्महत्याबाट उनि बालबाल बचिन् । तत्काल उनलाई धुलिखेल अस्पताल पु¥याईयो । त्यहाँ नसक्ने बताएसँगै काठमाडौको केएमसी लगियो । त्यहाँबाट वीरेन्द्र सैनिक अस्पताल छाउनी पु¥याईयो । केहि दिनको उपचारपछि उनलाई निको भयो । विस्तारै कारणहरु खुल्दै गए । सोधखोज भयो । सुरक्षा र अपमान नहुने शर्तमा महिलाले घटनाका बारेमा सम्पूर्ण विवरण सुनाईन् । 
पीडित महिला र महिलाका तर्फबाट उनका परिवारले पूर्ण साथ दिदै प्रहरीकोमा उजुरी दर्ता गरिएको छ । घटनास्थल भक्तपुर भएकाले जिल्ला प्रहरी कार्यालय भक्तपुरमा उक्त मुद्दा दर्ता भएको प्रहरीले जानकारी दिएको छ । कुमार धिमाल फरार छन् । महिलाले न्यायका लागि हप्तौ वितिसक्दा समेत पाउन सकेकी छैनन । भक्तपुर प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका आधारमा होटल रेस्टुरेन्ट संचालकले बास्तविकता बताई दिएका छन् ।