2026 July 06/ 06:43: 43pm

बनेपा/नेपाल पत्रकार महासंघ काभ्रे शाखाले पत्रकार कल्याण कोष मार्फत शाखा सदस्य शिव पन्तलाई १५ हजार नगद सहयोग उपलब्ध गराएको छ । 
पत्रकार महासंघ काभ्रे शाखाले सदस्यहरु दुर्घटनामा परी कार्य क्षेत्रमा खटिन नसक्ने अवस्था सिर्जना हुँदा अवस्था हेरी कार्यविधि अनुसार सहयोग उपलब्ध गराउने छ । त्यसका लागि महासंघले पत्रकार कल्याण कोषको स्थापना गरी कोषको कार्यविधि तयार गरेको छ । अध्यक्ष मोतीराम तिमल्सिना, सचिव नगेन्द्र अधिकारी, कोषाध्यक्ष कपिल कोईराला, सदस्य रोजन तामाङ सहितको टोलीले सदस्य पन्तलाई घरमै पुगी नगद हस्तान्तरण गरी स्वास्थ्य लाभको कामना गरेको थियो । कार्यविधि अनुसार १० हजार, १५ हजार, २० हजार, ३०  हजार र थप आवश्यक परे कार्य समितिले निर्णय गरी उपलब्ध गराउन सक्ने ब्यवस्था गरेको छ । उक्त रकमका लागि कोषमा तत्कालका लागि ५ लाख रुपैया जम्मा गरेको छ भने कोषलाई १० लाख रुपैया पु¥याउने लक्ष्य लिएको छ । कोषमा रहेको रकमबाट प्राप्त ब्याजबाट सदस्यहरुलाई सहयोग गर्ने सचिव नगेन्द्र अधिकारीले बताउनु भयो । महासंघले सदस्यहरुको दुर्घटना विमा, कोरोना विमा निशुल्क गरेको छ भने विपद्मा परेका पत्रकारहरुलाई सहयोग गर्न कोष खडा गरेको अध्यक्ष मोतीराम तिमल्सिनाले बताउनु भयो ।