2026 July 06/ 06:52: 30pm

बनेपा/रिलायन्स फाईनान्स लिमिटेड काठमाडौले काभ्रेमा खोलेको शाखा कार्यालयको नयाँ कार्यालय बनेपाको चारदोबाटोबाट कारोवार शुभारम्भ गरेको छ । यस अघि जनागालमा रहेको कार्यालयबाट जिल्लामा सेवा प्रवाह भईरहेको थियो ।
नयाँ कार्यालयको काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर र नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो । २०७३ चैत्र १ गतेबाट काभ्रेको जनागालमा कार्यालय शुरु गरी कारोवार गरेको थियो । मुख्य कार्यालय मातहत १६ वटा शाखा कार्यालय रहेको रिलायन्स फाईनान्स २०६६ सालमा कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैकको ‘ग’ वर्गको अनुमति लिएर कारोवार गरिरहेको छ । रिलायन्स फाईनान्सले देशभर ५ अर्ब ५० करोड बचत गरेको छ भने ४ अर्ब २० करोड ऋण लगानी गरेको छ । २० हजार ग्राहक रहेको फाईनान्सको अधिकृत पुँजी १ अर्ब, जारी पुँजी ८३.२४ र चुक्ता पुँजी ८३.२४ करोड रहेको छ । फाईनान्सको संचालक समिति अध्यक्ष कुशप्रसाद मल्ली, संचालक सुरकृष्ण बैद्य, रविकृष्ण श्रेष्ठ, श्वेता कक्षपति शाक्य, उपेन्द्रबहादुर कार्की र तुल्सीप्रसाद बराल रहनु भएको छ । प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले देशभर सेवा विस्तार गर्ने गरी कार्य गरिरहेको बताउनु भयो । 
रिलायन्स फाईनान्स सहकारी ईन्भेष्टर्स बचत, साधारण बचत, विशेष बचत, विद्यार्थी, शेयर होल्डर विद्यार्थी बचत, कर्पाेरेट बचत कार्यक्रम राखेको छ । कार्यालय उद्घाटन गर्दै उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धरले ब्यवसायी मैत्री कार्यक्रम ल्याउन अनुरोध गरे । पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाले नागरिकहरुलाई समृद्धि हुने कार्यक्रममा लगानी गर्न र बचत गर्ने बानी बसाल्न अनुरोध गरे । संचालक सदस्य तुलसीप्रसाद बरालले आर्थिक समृद्धिका लागि सदस्यहरुको हितमा काम गरिरहेको बताउनु भयो । 
कार्यक्रममा संचालक सुरकृष्ण बैद्य, उद्योग बाणिज्य संघका पदाधिकारीहरु, उद्योगी ब्यवसायीहरुको सहभागिता रहेको थियो ।