धुलिखेल/विश्वमा महामारीका रुपमा फैलिएको कोभिड १९ नामको कोरना भाईरसबाट असंगिठत क्षेत्रमा कार्यरत श्रमिक बर्ग तथा असहायहरुलाई राहत बितरण गर्न विभिन्न संघ संस्थाहरुले स्थानीय सरकारहरुलाई राहत हस्तान्तरण गरि रहेका छन् ।
नेपाल सरकारको एकद्वार प्रणाली मार्फत राहत हस्तान्तरण गर्ने नीति अनुसार धुलिखेल नगरपालिकालाई विभिन्न संघ संस्थाहरुले धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्यान्जुलाई राहत हस्तान्तरण गरेका छन् । निर्माण ब्यबसायी संघ काभ्रेले ७५ बोरा चामल, आगन्तुक होटलले २० बोरा चामल, धुखिलेल नगरपालिका १२ शंखु स्थायी घर भई दक्षिण कोरिया बसोबास गर्ने यम प्रसाद श्रेष्ठको संयोजकत्वमा १ लाख ४५ हजार बराबरको राहत सामाग्री, शंखुकै शेरचन ध्यान केन्द्र गुम्बाले १०० बोरा चामल, विगेन नेपाल कोरिया थेरापी संस्थाका संस्थापक अध्यक्ष प्रकाश श्रेष्ठले २० हजार बराबरको राहत सामाग्री हस्तान्तरण गरेका छन् । त्यसैगरी काभ्रेपलाञ्चोक जिल्ला बचत संघले ५० हजार, विन्धबासिनी साकोसले ३० हजार हस्तान्तरण गरेका छन् । नगरप्रमुख ब्यान्जुले यो विपतिमा नगर एक्लैले भन्दा पनि सम्पुर्ण संघसंस्थाको सहयोगले महाविपत्तिलाई परास्त गर्नुपर्ने बताउनु भयो । नगरले पहिलो चरणमा स्थानीय सरकार वडा मार्फत नै राहतलाई ब्यबस्थापन गरी वितरण गरिएको वताउनु भयो । जुनवडामा संघसंस्था मार्फत आउँछ त्यहि वडाको संयोजनमा वितरण गरिरहेको ब्यान्जुले बताउनु भयो । नगरले पहिलो कोरोना रोगबारे जनचेतना फैलाउने काम गरेको, स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरुलाई आवश्यक सम्पूर्ण सामाग्री उपलब्ध गराएको, बाहिरबाट आएर होम क्वारेन्टाईनमा बस्नु भएका मानिसहरुको आरविटी परिक्षण सम्पन्न गरेको, ७० बेडको सम्पुर्ण सुबिधा सहितको क्वारेन्टटाईन तायार गरिएको, नगरको कार्यपालिकाको बैठककले धुलिखेल नगरपालिकामा सरुवा नियन्त्रण रोग हस्पिटल बनाउने निणर्य गरिएको वताउनु भयो । ब्यान्जुले यो महामारीबाट बच्नका लागी सबै नगरबासीहरुले लकडाउनको पुर्ण पालना गर्न आग्रह गर्नु भयो । नगरबासीहरुलाई कुनै पनि समस्या परेमा सिधै नगरमा सम्पर्क गर्न आग्रह गर्नु भएको छ । त्यसैगरी राहत धुलिखेल नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष हर्कबहादुर लामालाई नगर प्रमुख ब्यान्जुले हस्तान्तरण गर्नु भएको थियो । वडा अध्यक्ष लामाले वडाका विपन्न, आयस्रोत कमजोर भएका ३ सय परिवारलाई वितरण गरिने बताउनु भयो । वडा नम्वर १, २ र ५ मा पनि राहत वितरण गरिएको छ । प्रति परिवार १३ किलो चामल, १ केजी दाल, नुन १ केजी, साबुन समेत वितरण गरिने बताउनु भएको थियो । राहत वितरणमा कार्यपालिका सदस्य संगीता श्रेष्ठ, वडा सदस्यहरु मोहन प्रसाद लामिछान,े विभा रम्तेल, प्रविण सापकोटा, गीता सुनार सहयोगी दाता यमकुमार श्रेष्ठ, स्थानीय माधब श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो ।









