2026 July 06/ 02:42: 52pm

धुलिखेल/कोरोना भाईरसको त्रासमा मुलुक लकडाउनमा छ । लकडाउनको समयमा पनि अपराध भईरहेका छन् । प्रहरी लकडाउनको अवसरमा पनि अपराध न्यूनीकरणमा जुटेको छ । प्रहरीले असोज महिनामा भएको जर्बजस्ती करणी अभियोगका फरार ब्यक्तिहरु पक्राउ गरे सँगै अबैद्य हातहतियार बरामद गरेको छ । बरु कोरोनाले छाड्ला प्रहरीले अपराधीलाई नछाड्ने गरी अप्रेसन शुरु गरेको छ । 
    जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौड्यालका अनुसार प्रहरीले लकडाउन कार्यान्वयनसँगै अपराध नियन्त्रणमा विशेष निगरानी बढाएको छ । चालु लकडाउनको अवधीमा प्रहरीले जर्बजस्ति करणी अभियोगमा फरार रहेका तीन ब्यक्तिलाई पक्राउ गरेको छ भने दुई थान भरुवा बन्दुक नियन्त्रणमा लिएको छ । साथै चोरी अभियोगमा केहि ब्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख एसपी पौड्यालले जानकारी दिनुभयो । २०७६ असोज १३ गते जिल्ला सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका  २ स्थायी घर भई हाल काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नम्वर ६ हस्पिटल चोक बस्ने  १६ बर्षिया बालिकालाई जर्बजस्ति करणी गर्ने युवाहरु पक्राउ परेका छन् । प्रहरी प्रमुख एसपी पौड्यालले अपराध नियन्त्रणका लागि प्रहरीले सबैतिर ध्यान दिई अनुसन्धान कार्यलाई तिब्र बनाईरहेको बताउनु भयो । ‘हाम्रो ध्यान लकडाउनमा मात्रै केन्द्रित छैन, समाजमा हुने हरेक खाले अपराध न्यूनिकरणमा केन्द्रित भएको छ’–उहाँले भन्नुभयो–‘त्यहि कारण ८ महिना पछि बलात्कारमा संलग्न युवाहरु पक्राउ परेका छन् ।’ 
बालिकालाई प्रलोभन देखाई बा.५.च ३८४९ नम्वरको बलेरोमा राखी धुलिखेलबाट बनेपा नगरपालिका स्थित काभ्रे क्याम्पस भन्दा माथी जंगलमा लगि गाडी भित्र नै जबरजस्ती करणी गरेका थिए ।  मण्डनदेउपुर नगरपालिका वडा नम्वर ८ कुन्ताबेशी स्थायी घर भई हाल बनेपा नगरपालिका वडा १० थापागाउँ बस्ने १९ बर्षिय सविन गौतम, सिन्धुपाल्चोक जिल्ला साबिक महांकाल गाविस ९ हाल हेलम्बु गाउँपालिका वडा नम्वर ४ शेरा स्थायी घर भई हाल बनेपा नगरपालिका वडा नम्वर १० डेरा गरी बस्ने १९ बर्षिय सविन दुलाल र पनौती नगरपालिका वडा नम्वर ५ सुन्दरबस्ती बस्ने १८ बर्षिय सन्देश थापा र उनिहरुले प्रयोग गरेको बा ५ च ३८४९ नम्वरको बोलेरो प्रहरीले बरामद गरेको छ । करणी पश्चात फरार रहेका युवाहरुलाई मुलुकी अपराध संहिता, २०७४“ को करणी सम्बन्धी कसूर अन्तर्गत जबरजस्ती करणी (दफा २१९) अन्र्तगत २०७६ असोज १६ गते जाहेरी दर्ता भएको थियो । काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट असोज १७ गते नै पक्राउ अनुमती लिई खोजतलास गरिरहेको प्रहरीले लुकीछिपी बसी रहेको अवस्थामा उनिहरुकै निवासबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी रविकुमार पौड्यालले जानकारी दिनुभयो । 
घटना विवरण अनुसार बालिका धुलिखेलको एक विद्यालयमा कक्षा १० मा अध्ययन गर्दै थिईन् । सिन्धुपाल्चोक जिल्ला घर भई धुलिखेलमा जग्गा भाडामा लिएर तरकारी खेति गर्दै आएको उनको परिवारका सदस्यहरु मध्ये बाबु बैदेशिक रोजगारीको क्रममा विदेशमा छन् । असोज १३ गते साँझ धुलिखेल बजारमा साग बेच्न आउने क्रममा चिनजानका सविन गौतम गाडी लिएर आउँदै गरेको उनले देखिन् । सविन सवारी चालक हुन् । उनैले चलाएको बलेरोमा उनलाई घरमा पु¥याई गाडी भित्रै जर्बजस्ति करणी गरे । सविनले जर्बजस्ति करणी गरे लगत्तै सविन दुलाल र सन्देश थापा आए । उनिहरुले पनि जर्बजस्ति करणीको प्रयास गरे पनि बालिका चिच्याएकाले सफल हुन सकेनन् । तर उनिहरुले घटनाका बारेमा कसैलाई केहि नभन्नु भन्दै धम्क्याए । बालिकालाई धुलिखेलमा नै ल्याएर छाडिदिए । त्यसको केहि दिन पछि असोज १६ गते मात्रै बालिकाका आफन्तहरुले प्रहरीकोमा उजुरी दिए । तर उनिहरु फरार थिए । प्रहरीले लकडाउनलाई अपराध नियन्त्रण गर्ने उदेश्यले उनिहरुलाई फलो गर्दै घरबाटै पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमार विक्रम थापाले जानकारी दिए । 
अरनिको र विपी राजमार्ग हुँदै गुड्ने सवारी साधन तथा अत्यावश्यक वस्तु र सेवाहरुको जिल्ला कमाण्ड पोष्टको टोलीले अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको संयोजकत्वमा गरिएको अनुगमनमा सडकमा गुडिरहेका सवारी साधनहरुको पास भए नभएको, भएका पासहरुको सहि सदुपयोग भए नभएको, अत्यावश्यक सामाग्रीहरुको सहज आपुर्ति भए नभएको अनुगमन गरेको थियो । अनुगमन टोलीमा विष्णु दल गणका गणपति कर्णेल सुवास खड्का, जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौड्याल, शशस्त्र प्रहरी प्रमुख पुरुषोतम थापा, राष्ट्रिय अनुसन्धानका प्रमुख सरोजा निरौला, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झा, घरेलु तथा साना उद्योग कार्यालय काभ्रेका प्रमुख केशवप्रसाद पुडासैनी लगायतको सहभागिता रहेको थियो ।