धुलिखेल/स्वास्थ्य काार्यालय काभ्रेले १२–५५ वर्ष उमेर समुहका महिला मृत्यु मातृदर तथा २० हप्ताको गर्भ देखि जन्मेको २८ दिनसम्मको अवस्थाका बालबालिकाहरुको पेरिनेटल मृत्युका बारेमा जिल्ला स्तरीय अन्र्तक्रिया सम्पन्न भएको छ ।
मातृ मृत्यु तथा पेरिनेटल निगरानी तथा प्रतिकार्यका बारेमा सरोकारवालासँग अभिमुमखिकरण गराईएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले बताउनु भयो । कार्यक्रममा समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, उपप्रमुख मञ्जु गौतम, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, विभिन्न क्षेत्रका स्वास्थ्यसँग सम्वन्धीत ब्यक्तिहरुको सहभागिता रहेको थियो । बागमती प्रदेश र संघ अन्र्तगत ११ वटा जिल्लामा उक्त कार्यक्रम लागु हुनेछ ।





