काठमाडौ/नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग र चुनौतीबारे राजधानीमा मिडिया अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ई–भिजन नेपालको आयोजना तथा ई–भिजन नेपाल ड्राइभिङ द फ्युचर, मदानी विट डटकम, मोटरिङ नेपाल र नेपाल अटोमोबाइल्स एसोसिएशन (नासा)को संयुक्त सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
नेपालको यातायात क्षेत्रमा विद्युतीय सवारीसाधनको वर्तमान अवस्था, यसका अवसरहरू, देखिएका चुनौतीहरू तथा भावी रणनीतिका विषयमा गहन छलफल गर्ने उद्देश्यले राजधानीमा एक विशेष ‘मिडिया अन्तरक्रिया’ कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पर्यावरणमैत्री यातायातको प्रवद्र्धन, नेपालमा पछिल्लो समय बढ्दो वायु प्रदूषणलाई न्यूनीकरण गर्न र इन्धन आयात घटाउन विद्युतीय सवारीसाधनको प्रयोग अपरिहार्य रहेको विषयमा विशेष जोड दिइएको थियो । पूर्वाधार विकास र नीतिगत बहस, विद्युतीय गाडीहरूको प्रयोग त तीब्र गतिमा बढेको छ, तर यसका लागि आवश्यक पर्ने चार्जिङ स्टेसन, ब्याट्री व्यवस्थापन र सरकारी नीतिहरू अझै परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो । सञ्चारमाध्यमको भूमिका, दिगो गतिशीलता र सुरक्षित यातायातको महत्वलाई जनमानसमा पु¥याउन सञ्चार क्षेत्रले खेल्नुपर्ने सकारात्मक र रचनात्मक भूमिकाबारे वक्ताहरूले विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न सञ्चार माध्यमका प्रतिनिधि, अटोमोबाइल क्षेत्रका विज्ञ तथा आयोजक संस्थाका पदाधिकारीहरूको सक्रिय उपस्थिति रहेको थियो । यस प्रकारका अन्तरक्रिया कार्यक्रमले नेपालमा विद्युतीय सवारीसाधनप्रतिको जनचेतना अभिवृद्धि गर्न र सरोकारवालाहरूबीचको समन्वय बलियो बनाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको नासाका गोविन्द भट्टराईले जानकारी दिए । कार्यक्रममा नासाका अध्यक्ष दशरथ रिसाल, मदानी विट डटकमका अध्यक्ष मोतीराम तिमल्सिना, पूर्व सांसद विनोद पहाडी, नासाका पदाधिकारीहरु, अटोमोवाईल्स क्षेत्रका विज्ञहरु, विद्युतिय सवारी साधनका आधिकारिक प्रतिनिधिहरुको सहभागिता रहेको थियो । संचारमाध्यममा उठाउने विषयबस्तु, त्यसको आवश्यकता, औचित्य, समस्या र भईरहेका घटनाक्रमका विषयमा मिडियाको भूमकिाका विषयमा छलफल भएको थियो ।









