2026 October 03/ 01:21: 51am

    धुलिखेल/प्रहरी महानिरिक्षक तथा प्रहरीका अधिकृतहरु, अदालतका न्यायाधीशहरु र प्रशासकलाई समेत मुख छाडेर चर्चामा आएका हालका माननिय सांसद खगेन्द्र सुनार धरौटीमा छुटेको मुद्दामा १५ औ पटक पेशी तोकिँदा पनि फैसला हुन सकेको छैन । आज असोज १५ गते तोकिएको १५ औं पेशीमा पनि उनको मुद्दा फैसला हुने छैन ।
    २०८२ कार्तिक १३ गते उनी फरार सूचीमा रहेर जिल्ला अदालत काभ्रेपलाञ्चोकमा उपस्थित भएका थिए । अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेका सुनार २०८२ कार्तिक १३ गते बिहीबार बिहान उपस्थित भएका थिए । अदालतमा उपस्थित भएका सुनारको बयान, बयान पछिको थुनछेक बहसका आधारमा न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले उनलाई ५० हजार धरौटीमा छाड्ने आदेश दिएका थिए । अधिवक्ता मनीषा गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै फेसबुक स्टाटस लेखेको, सामाजिक संजालमा लाइभ बसेर गालीगलोज गरेको आरोपमा गौतमले साइबर ब्यूरोमा उजूरी दिएकी थिइन् । गौतमको स्थायी ठेगाना काभ्रेपलाञ्चोक भएकाले ब्यूरोले उक्त मुद्दालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाएको थियो । अनुसन्धानका क्रममा सुनार फरार रहेकोकोले प्रहरीले फरार राखेर २०८२ साउन २ गते अदालतमा मुद्दा पेस गरेको थियो ।
    जिल्ला अदालतमा २०८२ सालको श्रावणमा दोस्रो मुद्दाको रुपमा दर्ता भएको (८२ सी १–००२ नम्बर) को मुद्दा सरकारवादी फौजदारीको रुपमा दर्ता भएको थियो । त्यसको तीन दिन पछाडि साउन ५ गते पक्राउ पुर्जी जारी भएको थियो । स्थायी ठेगाना भएको प्रहरी कार्यालय दैलेखमा पक्राउ गर्न पुर्जी जारी गरिएको थियो । अदालतका अनुसार २०८२ साउन ५ गते ७ दिन र ३५ दिन म्याद राखेर पक्राउ पुर्जी जारी भएको थियो । त्यो समय देखि फरार सूचीमा रहेका सुनार कार्तिक १३ गते जिल्ला अदालत काभ्रेमा हाजिर भएका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुसन्धानका क्रममा समय सीमाभित्र पक्राउ गर्न नसकेपछि पक्राउबिना नै जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतको अवहेलना सम्बन्धी मुद्दा भएकाले अदालत आफैंले सुनारविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । अदालतमा हाजिर भएकै दिन बयान र थुनछेक बहस सकाएर न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सुनारलाई ५० हजार धरौटीमा छाड्न आदेश दिएको थियो । सुनारका तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, अधिवक्ताहरू महेन्द्र तामाङ, चक्रमान विश्वकर्मा, बाल्मिकी आउजी, नारायण बुढाापृथी, गणेश बराइली, रामबहादुर मिजारले बहस गरेका थिए । सरकारवादी मुद्दा भएकोले अधिवक्ता मनिषा गौतमको तर्फवाट सरकारी वकील कार्यालयका सहायक न्याधिवक्ता निष्ठा कर्माचार्यले बहस गरेकी थिईन् । 
    जेन्जी आन्दोलन पछि उनी सुशिला कार्की नेतृत्वको सरकारमा मन्त्री बन्ने प्रयत्नमा थिए । पछिल्लो पटक मन्त्रिपरिषद् विस्तार हुँदा सुनारको नामसमेत सिफारिस भएको थियो । उनीमाथि यही मुद्दाका विषय बाहिरिएपछि अन्तिम समयमा नाम सूचीबाट हटाइएको थियो । मन्त्री बन्न रोकिए पछि आक्रोशित सुनारले पुनः प्रहरी र अदालत प्रति धावा बोल्दै आएका थिए । माननिय भए पछि पनि सिन्धुली पुगेर उनले ताण्डव नै देखाए । जहाँ प्रहरीको गल्ति थिएन । हिरासत भित्र आत्महत्या गरेको विषयमा उनले गरेको राजनीतिकरणमा असफल भए पछि महानिरिक्षक विरुद्ध उनले लगातार विष बमन गरिरहेका छन् । संसदीय समिति, संसद लगायतका स्थानमा उनले महानिरिक्षक विरुद्ध आरोप लगाउँदै आएका छन् । 
    यता धरौटीमा छुटेपछि राजनीतिक घटनाक्रम फरक भएको भन्दै अदालतमा समेत प्रवाहित बनाईएको आरोप लाग्न थालेको छ । २०८२ कार्तिक १३ गते हाजिर भएका सुनारको कार्तिक २६, मसिंर ३, मसिंर १२, मंसिर २२, पुष ३, पुष ११, पुष २८, फागुन ५, चैत्र १५, चेत्त २३, २०८३ बैशाख ७, बैशाख २३, असार २९ गते उपस्थित भएका छन् । मसिंर १२ गते बकपत्र गरिएको थियो भने असार २९ गतेलाई पनि बकपत्र तोकिएको थियो । असार २९ पछि एकै पटक उनको बकपत्रको पेशी आज २०८३ असोज १५ गते विहिबारलाई तोकिएको छ । आफै राजनीतिक दल खोलेका सुनार पछि रास्वपासँग एकीकरण गरी निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका थिए । सांसद भए पछि उनले चार पटक अदालतमा आफै उपस्थित भएर हाजिर गरेका छन् ।