2024 October 15/ 02:13: 35am

सुधन शाक्य
अध्यक्ष
बनेपा क्रिकेट एकेडेमी
बनेपा, काभ्रे

१) आजभोलि के मा ब्यस्त हुनुहुन्छ ?
आजभोलि क्रिकेटको अभियानमा ब्यस्त छु, देशको लागि युवा पुस्ताको लागि क्रिकेट मार्फत समाजलाई योगदान दिन सकिन्छ भन्नेर लागि परेको छु । जसअन्तर्गत काभ्रेको बनेपामा बनेपा क्रिकेट एकेडेमीको स्थापना गरेर लागिरहेका छांै ।
२) बनेपा क्रिकेट एकेडेमीको स्थापना किन गरियो ?
काठमाडौँमा धेरै एकेडेमीहरु छन् तर काभ्रेमा छैन, काभ्रेको क्रिकेटप्रेमीहरुले बनेपामा नि गर्नु प¥यो भन्ने कुरा गर्नुभो काठमाडौँमा भेट्दा, त्यसैले हामी बनेपामा क्रिकेटको लागि केहि गरौं भन्ने सोचले यसको शुरुवात गरेका हौं । 
३) बनेपा क्रिकेट एकाडेमीले के–कस्ता कामहरु गर्छ ?
हामीले गर्ने भनेको देशकै लागि राम्रो युवा खेलाडी उत्पादन गर्ने हो, क्रिकेट स्वस्थको लागि, स्वस्थ भयो भने मानसिक विकास हुन्छ, खेलाडीमा शारिरीक र मानिसिक विकास होस् अनि देशका युवाहरु खेलकुद क्रियाकलापमा संलग्न हुँ भन्ने हेतुले हामी कार्य गरि रहेका छौं । हाम्रो कार्य क्रिकेट प्रशिक्षण, क्रिकेट खेल आयोजना गर्ने, स्कुलमा खेल प्रशिक्षण, युवा वर्ग बीच खेल मध्यमबाट घुलमेल हुने माहोल सिर्जना गर्ने ।
४) जिल्लामा क्रिकेटको कस्तो अवस्था पाउनुभयो ? काभ्रेबाट खेलाडी उत्पादन हुन सक्ने सम्भावना छ ?
काभ्रेमा खेलाडी छ तर खेल खेल्न प्रतियोगिता हुन्नँ, यहाँ केहि गरौं भन्ने भावना भएको त होइन कसैले गर्दैे हुन्थ्यो भन्ने भावनाले गर्दा पछि परेको हो । सबैले मिलिजुली सहकार्य गर्यो भने धेरै नै सम्भावना छ खेलाडी उत्पादन गर्न ।
५) तपाईहरुले बनेपा कप क्रिकेटको आयोजना गर्नु भयो ? कस्तो रह्यो अनुभव ?
बनेपा कपको मूल उद्देश्य भनेको नै काभ्रेमा भएका खेलाडीहरु पहिचान गर्नु हो, हामीले सोचेको भन्दा धेरै खेलाडी यो आयोजनामा सहभागी भए, काभ्रे बाहेक टाढा टाढाका खेलाडी पनि आए, तर सहभागिताको अनुसारमा हेर्ने हो भने संख्या राम्रै रह्यो, सामान्य खेलले पनि केहि उत्साह र उमङ्ग ल्याउन सकिन्छ भन्ने देखायो । सोचेको भन्दा धेरैनै राम्रो सहभागिता भयो ।
६) आगामी दिनमा बनेपा क्रिकेट एकेडेमीले के कस्ता कामहरु गर्नेछ ?
हाम्रो अबको योजना भनेको ओपन टुर्नामेन्ट गर्ने योजना छ । स्कुल स्कुलमा क्रिकेट प्रशिक्षण र स्कुल लेवलको प्रतियोगिता, सिनियर खेलाडीलाई जागिरको माहोल बनाउने कार्य, महिला खेलाडीको लागि खेल र प्रशिक्षण र सिनियर खेलाडीहरुको पहिचान खेल र प्रतियोगिता गर्ने योजनाहरु छन ।
७) एउटा मान्छे क्रिकेट खेलेरै बाँच्न सक्ने अवस्था कत्तिको छ ?
अहिलेको सन्दर्भमा हेर्दा खेल धेरै विकास भएको छ, खेल खेलेर केहि हद सम्म आफ्नो दैनिकी गुजारा गर्न गाह्रो छैन, हामीले मैदान बाहिर प्रशिक्षण गरेर काम गर्न सक्छौं । यो खेल आवश्यकता नै भइसक्यो, जुन रुपमा हाम्रा युवा मोबाइल र इन्टरनेटमा ब्यस्त देखिन्छन्, मानिसिक र शारिरीक विकासमा बाधा भएको छ । म विश्वास गर्छु कि क्रिकेटले यो सामाजिक समस्या हटाउन सजिलो गर्ने छन् । आगामी दिनमा पक्कै खेलेर बाँच्ने अवस्था आउनेमा बिश्वास गर्न सकिन्छ । कति खेलाडी अन्र्तराष्ट्रमा चिनिएका छन ।
८) युवाहरुलाई खेलमा लागेर के फाइदा हुन्छ जस्तो लाग्छ तपाइलाई ? काभ्रेको खेलकूदमा सरोकारवालाको चासो कस्तो पाउनुभएको छ ?
पहिले भने जस्तै युवाबीच सहकार्य, शारिरिक र मानसिक विकास, राम्रो स्वस्थ, समाजलाई नजिक ल्याउने काम गरेको हुन्छ । बनेपा कपको समापन पश्चात सबै युवाहरु संग चिन जानी भो, भविष्यमा अरु खेलको सम्भावना भयो । सहकार्य सहयोगको भावना देखियो, काभ्रेमा खेल विकासको लागि कार्यक्रम धेरै कम हुने गरेका छन, खेल विकासको लागि पैसाको कमि छ, पैसा न भए चासो भएन, सम्बन्धित ठाउँमा जाँदा सरकारी कार्यालयले खासै चासो दिएको पाइएन । हाम्रो देशको यस्तै छ अवस्था । हाम्रो देशमा तराईमा क्रिकेटको ठुलो चहलपहल छ यता क्रिकेटमा खेलाडी र समर्थक छन् तर सम्बन्धित निकाय त्यत्ति जागरुक छैनन् ।
९) युवा अवस्थामा राष्ट्रका लागि खेलेर उमेर ढल्किँदा पछुताउने धेरै छन् नि !
नेपालको अहिलेसम्मको अवस्था हेर्दा छनोट प्रकियामा खोट छ । यो परिवर्तन हुनु पर्छ जस्तो लाग्छ । खेल्न मौका न पाएर के भो त खेलको मध्यमबाट असल र स्वास्थ्य खेलाडी र समाज सिर्जना गर्न सकिन्न र? आफुले सिकेको कुरा अरुलाई सिकाउन सकिन र ? अस्ट्रेलियामा उमेर ढल्किँदा नि खेलको मज्जा लिन्छन् । हाम्रो देशमा चाहि ३५ कटेसी बुढेसकाल लाग्यो भन्ने बानी नराम्रो नै हो ।
१०) र अन्त्यमा....
मेरो विचारमा क्रिकेट खेल अति आवश्यक हो । जसको सहयोगले हामी सामाजिक परिवर्तन ल्याउन सक्छौं, देशको लागि यो एउटा स्वास्थ्य र सज्जन नागरिक उत्पादन गर्न सकिन्छ, अन्तराष्ट्रिय स्तरमा हामी नेपालको लागि नाम राख्न सक्छौं । क्रिकेट संयुक्त विकासको लागि यो खेलले जात धर्म केहि भन्दैन जो पनि आएर रमाउन सक्छन् । यो कुरा बनेपा कप २०७६ बाट पुष्टि भो, जस अन्तर्गत हामी संग २०० भन्दा धेरै खेलाडी सहभागी भए, तराई होस या पहाड । नेवार, राई, थारु सबै संलग्न थिए । यस्तो हेर्दा खुशी लाग्छ । आउनुस् हामी मिलौ काभ्रेमा क्रिकेटको विकासमा लागौं । हामी हातेमालो गर्न तयार छौ । तपाईका बालबालिकालाई घर र विद्यालयमै मात्र सिमित नगरांै खेलले उसको सबैखाले विकासमा सहयोग पुग्ने छ ।