2026 May 02/ 05:12: 11pm

बिनोद दनुवार 
प्रथम लोक स्टार 
तृतीय

१) आजभोलिको दैनिकी कसरी बित्दैछ ?
नयाँ गीत संगीतको रेकर्डको काम र भेटघाट अनि प्रोग्रामहरु यसरी नै बित्दैछ दैनिकी ।
२) लोक स्टार यात्रालाई सम्झनु पर्दा कसरी सम्झनु हुन्छ ?
मेरो सांगितिक पाठशाला जहाँ मैले आफुलाई बुझ्न पाए र धेरै मेरो शुभचिन्तकहरु र माया गर्ने मनहरुसँग भेट गर्ने चोैतारीको रुपमा लिन्छु म ।
३) त्यो प्रतिस्पर्धामा सहभागी भएर तेश्रो हुनुभयो टाइटल जित्न नसकेकोमा कत्तिको दुःखी हुनुहुन्छ ?
मलाई दुःख रत्ति पनि छैन अन्तिमको त गेम जस्तो हो यस्तो भै नै हाल्छ बरु अझ २, र १ को लागि अझ मेहनत गर्नुपर्छ भन्ने त्यो जिम्मेवारी थपिएको र मेहनत नि गर्दैछु अझ राम्रो गर्नको लागी ।
४) यस्ताखाले रियालिटी शो निष्पक्ष हुन्छ भन्नेमा आम मानिसले बिश्वास गर्दैनन् नि तपाईको आफ्नो अनुभवमा कस्तो रह्यो ?
त्यो सोचाई धेरै हदसम्म ठिकै होला किनकी यस्तै नै पनि भइरहेको छ तर लोक स्टारमा धेरै जस्तो पारदर्शी नै छ भन्छु । भोटिङ सिस्टम यस्तै हो ।
५) आगामी सांगीतिक यात्रा कसरी अगाडि बढ्छ कस्तो योजना छ तपाईंको ?
जति पनि मेरा शुभचिन्तक र सहयोगी मनहरुले आ–आफ्नो ठाउँबाट मेरो लागि जति दुःख गरिदिनु भयो र मलाई लोक स्टारको सेकेन्ड रनरअपको जुन जिम्मेवारी नेपाली सँगीतमा दिनु भएको छ सोही अनुरुप मेरो बाँकी यात्रा गीत सँगीतमै रहनेछ । समय अनुकुल । सकेसम्म नेपालको मौलिकता झल्काउने गीतहरु लिएर आउने तयारी गर्दै छु ।
६) लोक विधालाई आम जनमानसले कसरी बुझ्दछन् ? सहरमा लोक दोहोरीका श्रोता दर्शक कम छ भन्छन् नि !
लोक गीत सिँगो नेपालको हाम्रो गीत हो जसले हाम्रो बाटो, हाम्रो माटो र नेपालको सुगन्ध झल्काउछ जुन विशेष धेरै गाउँ घरमै गाईन्छ र सुनिन्छ तर अब शहर बजार सबै तिर यो घन्किनु पर्छ र अहिले शहर तिर नि लोक सँगीतको चाम र रमझम बढिसकेको छ शायद अब कम हुदैन होला ।
७) नेपालमा रहेका कलाकारहरु बिदेश पलायन भएका कैयौं उदाहरण छन् यस्तो किन हुन्छ ?
गाह्रो त गाह्रै होला तर सोचेर बुझेर समय अनुसार आफुलाई प्रस्तुत गरियो भने गाह्रो पनि नहोला कि होला यसको लागि आफु पनि सृजनात्मक हुन जरुरी छ जस्तो मलाई लाग्छ । 
८) गीत गाएर नै जीवन निर्वाह हुन गाह्रो छ भन्छन् तपाईको योजना अनुसार सांगीतिक दौड जारी रहला त ?
यो चै मान्छेको मनोकांक्षा पनि हो चाहना अनगिन्ती हुन्छन् तर जही गए पनि संगीत देखि चै पलाएन हुनुभएको छैन जस्तो लाग्छ त्यसमा नि केही मात्र गीत संगीतबाट मात्र हैन यो अन्य क्षेत्रबाट पनि हुन्छन् ।
९) फ्यान फलोअर त ब्यापकै बढेको होला ? कसरी सम्हाल्नु हुन्छ ?
व्यापक भन्दा पनि ठिक ठिकै हुनुहुन्छ । जति हुनुहुन्छ सच्चा मनको हुनुहुन्छ । प्रायले ब्यस्तता बुझ्नुभएको छ ।
१०) अन्त्यमा......
अन्त्यमा जुन माया जे को लागि हजुरहरुबाट पाएको छु अबका दिनहरुमा हरदम नेपाली संगीतमा नै रहनेछु मेहनत गर्दै जानेछु तपाईहरुको माया र साथमा मात्र मेरो यो यात्रले निरन्तरता पाउने हो । अहिले “गाईघाट बजार” बोलको पूर्वेली लोक गीत बजारमा आईसकेको छ भिडियो सहित दाजु मंगल राई र निकेश राई प्रति आभारी छु यो गितको लागि र म्ःप् ल्भ्त्ध्इच्प् प्रति पनि । सबैले हेरेर प्रतिक्रिया दिनुहोला है ।