१) आजभोलिको दैनिकी कसरी बित्दैछ ?
आजभोलि म इन्टरनेट प्रोभाइडर संस्था वल्र्डलिंकको बनेपा शाखामा टेक्निसियनको रुपमा काम गर्दैछु ।
२) वल्र्डलिंकमा तपाइले के गर्नुहुन्छ ?
म टेक्निसियनको रुपमा काम गर्छु । विशेष गरि इन्टरनेट जडान तथा मर्मत लगायतका कामहरु गर्ने गर्दछु ।
३) ईन्टरनेट प्रोभाइडरका समस्या के हुन् ?
सानातिना समस्या त आइनै रहन्छ बिशेषगरी तारहरु चँुडिने पोलमा आउने समस्या लगायतका समस्या मुख्य हुन् ।
४) इन्टरनेट प्रयोगकर्ता बढ्दो तर गुनासो झनै बढ्दो छ भनिन्छ किन होला ?
समय सँगै इन्टरनेट प्रयोगकर्ता बढ्दो हुनु स्वभाविक हो । प्रयोगकर्ता बढे संगै गुनासो त बढि नै हाल्छ नि । धेरै प्रयोगकर्ता भएसी सामान्य समस्याहरु आइ नै रहन्छ ।
५) हर मानिस हर समय किन इन्टरनेटको प्रयोग गर्न जरुरी छ ?
यो समय डिजिटल दुनियाँको हो । जो डिजिटल दुनियाँबाट टाढा रहन्छ उसको लागि यो संसार अन्धकार रहन्छ । आफुलाइ अप्डेट राख्न र दुनियालाई जान्न पनि इन्टरनेट प्रयोग जरुरी छ ।
६) दिनमा कति घण्टा इन्टरनेटमा बस्नु हुन्छ ?
समय मिलेसम्म म इन्टरनेटको प्रयोग गर्छु । कम्तिमा दैनिक ८–१० घण्टा यस्मा समय बिताउँछु । हामी टेक्निकल फिल्डमा काम गर्नेहरुको लागि इन्टरनेट बरदान नै हो ।
७) तपाईलाई एक हप्ता सम्म इन्टरनेटको पहुँचबाट टाढा राख्यो भने सक्नुहुन्छ ? किन ?
सम्भावना नै छैन । किनकि हामीहरुको दैनिक कामहरु यसैमार्फत हुन्छन । साथै साथीभाइ आफन्तको कनेक्सन देखि अन्य महत्वपूर्ण काम हामि इन्टरनेटकै माध्यमबाट गर्न सक्छौं ।
८) आजभोलि मानिसहरु सामाजिक सन्जालमा किन नकारात्मक ज्यादा भएका होलान ?
सबै नकारात्मक भएका छन् भन्न त मिल्दैन तैपनि जो बेरोजगार छन जो संग अन्य कुरामा समय दिनुपर्ने हुदैन उनिहरु केहि नकारात्मक छन जस्तो लाग्छ ।
९) इन्टरनेटका कारण समाजमा नकारात्मक भावना र यौन दुव्र्यवहार बढेको छ भनिन्छ नि ! इन्टरनेटमा सुरक्षित कसरी हुने ?
हो केहि नकारात्मक भाव बढेको होला हर मानिस कुनै न कुनै कुराले असन्तुष्ट छन साथै यौन सम्बन्धि कुरा इन्टरनेटकै कारणले मात्र हो भन्न मिल्दैन । इन्टरनेटबाट सुरक्षित हुन हामी आफै सचेत हुन जरुरी छ ।
१०) अन्त्यमा............
अन्त्यमा ईन्टरनेटको सहि सदुपयो गरौ र गराउ । दुनियाँ यसैमा छ रमौं रमाउ ।









