बाबुआमाले आफ्नो छोराछोरीलाई मुटुका टुक्रा सम्झन्छन् । अनि छोराछोरीले पनि उत्तिकै ठान्छन् मुटुका टुक्रा नै सम्झिन्छन् भन्ने कुराको प्रमाणित कतैकतै बाबु आमाले गरेका उदाहरणबाट थाहा हुन्छ । सुन्दा सपना जस्तो लाग्ने तर यथार्थ घटना कतिपय स्थानमा सुन्न सकिन्छ । समाजमा अहिले पनि त्यस्ता बाबु आमाहरु छन् जो सन्तानका लागि आफ्नो ज्यान दिन तयार हुन्छन् । आफ्ना सन्तानलाई बचाउन मृगौला दिन्छन् । कतै कुनै अंग दिन्छन् । कतै कुनै अंग दिन्छन् । कतै कतै फेरी दिनुपर्ने अंग नदिएर सन्तान मरिरहेका छन् । पुरा गर्नुपर्ने दायित्व पूरा नगरेका उदाहरण छन् । अभिभावकहरुले दायित्व पुरा नगर्दा सन्तान सडकमा पुगेका छन् । सडकमा पुगेका सन्तानहरुले राम्रो पनि गरेका छन् । कुलतमा पनि छन् । त्यस्ता अभिभावक पनि समाजमा छन् जसले आफ्नो सन्तानलाई कलेजो दिएर बचाएका छन् । यस्ता उदाहरणीय अभिभावकलाई मनै देखि सलाम छ ।
म त्यहि उपचार गरिरहेको थिएँ । लामो समय सम्म म पनि उपचारको क्रममा रहेकाले नजिकबाट नियाल्ने मौका पाएँ । उनि २४ वर्षको मात्रै रहिछन् । सन्तानका कारण पाएको पुर्नजीवनको कसरी बयान गर्न सकिन्छ र ??? जसलाई आफ्नो छोरीले कलेजो दिएर बचाएकी छन् । बाबुले छोरीलाई कलेजो दिएर बचाएका धेरै घटना होलान् । उदाहरण पनि होलान् तर मेरो आँखा अगाडि छोरीले बाबुलाई कलेजो दिएर बचाएको मैले एउटा त्यो घटना हो । थुपै्र घटना पनि होलान् तर म अनविज्ञ थिएँ । अरु सन्तान र अभिभावकहरुले पनि सिक्नु जरुरी छ । कहिलेकाँही भनेको सुन्छु मेरो सन्तान मेरो कलेजोको टुक्रा हो । मेरो मुटुको टुक्रा हो । सन्तानलाई कलेजो चाहिँदा सबै अभिभावक दिन तयार होलान् त ? हामी आधुनिक संसारका कुरा गर्छाै तर अझै पनि समाजमा छोराछोरीको विभेद चाँही घटेको छैन । समाजमा एकदुई छोरीहरुले प्रशंसनीय काम गरे भने सबै च्वा,च्वा,च्वा गर्दै विचराको पात्र बनाउँछन वास्तवमा भन्ने हो भने घर, परिवार, समाज राष्ट्र निर्माणमा महिलाको अहम भुमिका रहन्छ पुरुष भन्दा कयौ गुणा सफलता हात पार्ने महिलाहरु धेरै छन जुन विना सघर्ष सम्भव हुदैन । केहि छोरीहरु प्रतिभावान भएर आफुलाई अब्बल स्थानमा दर्ज गराउन सफल भएका छन भने केहि छोरीहरु ऐतिहासिक उपलब्धि पाएर त केहि सघर्ष गर्दै उच्च ओहोदामा पुगेर आफुलाई शसक्त र सफल बनाउने प्रयास गरेका छन जसको कारण नेपाली छोरीहरुले नविन कामको सुरुवात गर्दै शान, मान र सम्मानका साथै अवसर पनि पाएका छन् । अनि आफैले स्थान बनाएका छन ।
यस्ता छोरीहरु पनि उत्तिकै छन । क्षेत्र, उतरदायित्व फरक होला तर यो ह्दयविदारक मन छुने उदाहरण जो आफ्नो जिवनको प्रबाह नगरि आफ्नो परिवार बचाउनको लागि जिवन दान अर्थात कलेजो दिएर बाबु बचाउन सफल भएकी छोरी चाँही विरलै भेटिन्छन । एउटा छोरीले आफ्नो बाबु बचाउन गरेक यो हरदम प्रयासलाई कुनै घटना सँग तुलना गर्नै सकिदैन । साँच्चै यो अतुलनिय छ साच्चिकै यो दर्दानक घटना अध्ययन गर्दा दन्त्य कथा जस्तो लाग्छ तर यो कुनै लोकको कथा भने होईन यो केहि दिन अगाडीको यथार्थ हो। अब सरिता महर्जन जसले आफ्नो कलेजो दिएर आफ्नो बाबु बचाउन सफल भईन यो हृदयस्पर्शि कथाले पक्कै पनि समाजमा रहेका निच ब्यतिहरु जो छोरीलाई मान्छे होईन जतिकै ठान्थे, केहि गर्न सक्दिन भन्ने तर्क तर्कना गर्थे अवसरबाट बन्चित गराउन जुन बाहनाबाजी गर्थे आज यो उदाहरणिय मर्मस्पर्शि घटनाले ति सबै घटनाको पर्दाफास गरेको छ । समाजमा संकुचित सोच भएका ब्यक्तिहरु प्रति कडा प्रहार भएको छ पक्कै पनि उनि जस्ता मनकारी छोरीको कथाले मानसिक रुपमा गडेका पितृसतात्मक सोच भएका ब्यक्तिहरुले मान्ने संस्कार र कुरितिलाई जरादेखि उखेल्ने छ भन्ने यो घटनाबाट पाठ सिक्न सकिन्छ । अङ्गले पुरुष हुदैमा पुरुषार्थ देखाउनु घमण्ड बाहेक अरु हुनै सक्दैन । जसले शाहसिक काम गरेर आफुलाई चिनाएका छन ति हुन असली पुरुषार्थ भएका मान्छे चाहे छोरा हुन अथवा छोरी । यहि प्रश्न मिस नेपालमा पनि उठेको थियो । देश विकासमा महिलाको भुमिका के रहन्छ ? सबै मिस नेपालले आ–आफ्नो तरिकाले ब्याख्या, विश्लेषण र तर्क गरेका थिए जे भए पनि निष्कर्षमा समाज निर्माण, रुपान्तरण गर्नुमा पुरुष महिला दुबैको भुमिका उतिकै हुन्छ यो वैज्ञानिक विश्लेषण र वर्तमानको वास्ताविकता पनि हो ।
हामी दुईचार जनाले महिलाको भुमिका पुरुष बराबर हुन्छ भन्दैमा समाजले टेर्नेवाला छैन । ति जान्ने बुझ्नेहरु, जो समाजमा नाम चलेका हुन्छन् उनिहरुको ब्यबहार नै त्यस्तै छ । हात्तिको देखाउने दाँत र चपाउने दाँत फरक हुन्छ भने जस्तै हो समाजका अग्रजहरुको मानसिकता पनि त्यस्तै छ । भन्ने बेलामा महिलालाई पहिलो प्राथमिकता भन्छन् तर अधिकार दिने बेलामा पूर्वानुमान गर्दै यसले सक्दिन भन्दै टार्छन् यहि त छ आजको यथार्थ । फेरि पनि ललितपुरकी सिता थापा जस्ता कयौं छोरीको उदाहरण आउँछ । कुन पुरुषले आजसम्म आफ्नो अङ्ग दिएर परिवारको खुसी फर्काउन सफल भएका छन् ? यो प्रश्नले सबैलाई मौन र स्तब्ध बनाउनु स्वभाविक हो । यहि कुराले धेरैको पेट पोल्न थालिसकेको होला आत्माग्लानीले सिमा नाघिसकेको हुन सक्छ । खबरदार ! अब आत्माग्लानी गर्नु अर्थहीन छ अरुको सफलतामा रुने पनि हाम्रै समाज हो आज फेरि पनि सिताको घटनाले रुने कमी छैनन् । यो रुवाई ग्लानी भएर हुन सक्छ, किनकी यो समाजमा कयौ छोरी माथी अपमान गरेका छन छोरी जन्मनु अभिषाप ठानेका छन । अनि त्यस्ता समाजमा छोरीहरु यसरी फटाफट सफलता पाउँदा सञ्जालमा गुनगान गाईरहँदा पक्कै पनि छोरीको अपमान गर्ने दुष्ट ब्यक्तिहरु लाजले तिनछक पर्दै मन दुखाउँदै होलान् ।
सायद अब कमजोर महिला भन्ने छैनन् महिलालाई कमजोर भन्नु पूर्व आफ्नो मुल्यांकन गर्ने छन । एकपटक अवसर दिएर हेर ! महिलाहरु कति अब्बल छन् भन्ने कुरा उनिहरुको कर्म, संघर्ष र सफलताले स्पष्ट देखाईसकेको छ । एउटा उदाहरणीय काम गर्ने वित्तिकै समाजले जिब्रो टोक्छ हामी यस्तै समाजमा लिप्त छौँ । केहिदिन अगाडि सामाजिक सञ्जालमा यो विषयले चर्चा पायो । चर्चा मात्र बटुल्ने काम गरेन सबैलाई चकित पा¥यो यस्तो साहसी महिला जसले आफ्नो कलेजो दिएर आफ्नो बाबालाई पुनर्जन्म दिईन सायदै यस्ता साहसिक काम गर्ने पुरुष, महिला विरलै होलान् म आफु पनि सोच्न सक्दिनँ सायद म त्यो ठाउँमा भए कलेजो दिन्थे वा दिन्थिनँ । दुःखमा टुलुटुल हेरेर बस्ने पनि हाम्रो संस्कार भईसकेको छ । एउटाको पीडामा अर्को हाँस्ने पनि यहि समाजमा छन् तर छोरी मान्छे माथी भरोसा राख्ने पुरुष तथा महिलाको यो खबरले पक्कै पनि चौडा छात्ति भएको छ महिलाको सम्मान गर्ने पुरुषहरुले पनि यसबाट अझ थप प्रेरणा पाएको छ ।
मेरो घरमा ७ जना छोरीहरु । म पाँचौ नम्बरकी छोरी । विकट जिल्ला सोलुखुम्बुबाट उपचारका लागि काठमाडौको अस्पतालमा पुगेको थिएँ । शिक्षण अस्पतालमा भर्ना भएको लामो समय भईसकेको थियो । गाउँमा छोरीहरु जन्मँदा जन्मँदै आमाको पीडा सुनिनसक्नु थियो । छोराहरुको आशमा हामी ७ छोरी जन्मिएका थियौं । अझै गएको छैन त्यो आशा र चाहना । चाहनालाई पनि अन्यथा नसम्झौ समाजको सोचाई नै त्यस्तै थियो । हामीले जे ग¥यौ राम्रो ग¥यौ भन्ने नै थियो । जेठी दिदीले अध्ययन गर्न पाउनु भएन । तर पनि उहाँले हाम्रा लागि गर्नु भएको योगदानको बयान गरि साध्यै छैन । सायद पहिलो सन्तानले धेरै दुःख पाउँछन् । पहिला–पहिला राजाको जेठो सन्तान जन्मनु । प्रजाहरुको कान्छो सन्तान जन्मनु भन्ने उदाहरण हाम्रो घरमा लागु भएको थियो । दिदीले हामी बाँकी ६ बहिनीहरुको रेखदेख र हेरचाहमा खर्चिएको समय र योगदानको आज हामी ऋणी छौ । अस्पतालको शैयाबाट मेरी दिदी र सिता थापालाई तुलना गरें । बुबालाई आवश्यक पर्दा सिता थापाले कलेजो काटेर उपलब्ध गराए जस्तै मेरी दिदीले हामी बहिनीहरुका लागि आफ्नो पूर्ण जीवन दिनु भएको थियो ।
जेठी दिदीले माईली दिदीलाई विद्यालय लैजानु भयो । तर आफु पढ्न लाग्नु भएन । दुईजना अध्ययन गर्दा कापी कलम किन्ने पैसा हुँदैन थियो पैसा अभाव हुने भएकाले उहाँले बाँकी बहिनीहरुलाई पढाउँदै जानु भयो । अहिले जस्तो पनि थिएन । १२ वर्षमा विवाह गर्ने चलनलाई दिदीले तोड्नु भयो । सबै बहिनीहरु हुर्किए पछि मात्रै २१ वर्षको उमेरमा विवाह गर्नुभयो । उतिबेला त्यो उमेर धेरै थियो । अहिले विवाह नै नगर्ने निर्णयमा पनि छोरीहरु पुगेका छन् । समाजमा धेरै उदाहरणीय बनेका छोरीहरु मध्ये केहि अविवाहित पनि छन् । विवाह गरेर मात्रै छोरीहरुले समाजलाई योगदान पु¥याउने हैन रहेछन् । २४ बर्षीया अविवाहित सिता थापाले आफ्नै बाबुलाई बचाएको उदाहरणले मलाई छोरी भएर जन्मन पाउनुमा गर्व लाग्यो । समाजमा छोरीले पनि केहि गर्न सक्छन् । वातावरण आवश्यक छ । अवसर आवश्यक छ । हो लिङ्गले शरीरका अंग फरक हुँदैमा समाजमा उदाहरणीय बन्न सकिदैन । उदाहरणीय बन्न र छोरी भएर पनि केहि गर्न सक्छन भन्ने देखाउन सबै सिता थापा त हुनु पर्दैन तर त्यस्तो मनकारी भने हुनु जरुरी छ ।
निर्जला केसी
भक्तपुर





