अहिले आएर बिहे गर्दिनँ भन्छ । यस्तो गर्नु बलात्कार नै हो । होइन त ? उनको यो भनाइले मलाई झनै क्रुद्ध तुल्यायो । के कुरा गरेको डिना, कहिले फकिएर अनि कहिले तर्सिएर त्यस्तो गर्न दिन हुन्छ ? तिमी माथि भएको यो गम्भीर अपराध हो । अनि अपराध सहन गर्नु पनि एक किसिमको अपराध हो । जाउ प्रहरीमा उजुरी गर । यो पूर्णतया बलात्कार हो । बिना कुनै संकोच तिमी उजुरी गर्न आँट गर । लैङ्गिक हिंसा विरुद्धको अभियान चलिरहेको छ । लैङ्गिक हिंसा न्यूनीकरणमा सबै क्षेत्रको सरोकार आवश्यक छ । जिल्लाको मात्रै तथ्यांक हेर्ने हो भने पछिल्लो समय अर्थात एक वर्षको अवधीमा श्रीमानबाट १ सय २५ वटा हिंसाका घटना भएका रहेछन् । सासु÷ससुराबाट १६ वटा, देवर÷जेठाजुबाट १३ वटा, छोरा÷नातीबाट १० वटा, श्रीमतीबाट ११ वटा र अन्य ११ वटा उजुरी दर्ता भएका रहेछन् । तीन वर्षको अवधीमा श्रीमान्बाट हिंसामा पर्ने महिलाहरुको संख्या ६ सय ९ वटा रहेछन् । आर्थिक वर्षका चार महिनामा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक जिल्लामा लैङ्गिक हिंसाका ७२ वटा उजुरी दर्ता भएका रहेछन् । कार्तिक महिनामा चार वटा जर्बजस्तिकरणीका घटना दर्ता भएका छन् । ७२ वटा उजुरी मध्ये ६२ वटा मिलापत्र भएका छन् । तीन वर्षको अवधीमा श्रीमतीबाट हिंसामा पर्नेहरुको संख्या ६८ रहेको छ । पुरुषहरु महिलाबाट पीडित भएको उजुरी लिएर आउने क्रम बढिरहेको छ । तीन वर्षको अवधीमा घरेलु हिंसाका ६ सय ४५ वटा घटना भएका छन् । प्रहरीमा दर्ता भएका उजुरीका आधारमा ३ सय वटा मानसिक, १ सय ८८ वटा शारिरिक र ८७ वटा आर्थिक छन् । ४८ वटा यौनजन्य छन् । अन्य २२ वटा छन् । सचेत समाजमा पनि मानव अर्थात महिला र बालबालिकाको शरिर बेचविखनमा परिरहेको छ । जर्बजस्ति करणीमा परेका ३ जनाको पुनःस्र्थापना भएको रहेछ । जर्बजस्तिकरणीमा जाहेरी दर्ता गर्ने क्रम बढेको छ । जिल्लामा एक वर्षको अवधीमा ४९ वटा जाहेरी दर्ता भएका रहेछन । अघिल्लो वर्ष ३७ वटा दर्ता भएका बताउँदै थिए । जर्बजस्ती करणी उद्योगमा ३ वटा दर्ता भएका रहेछन । बालयौन दुरुपयोगमा २९ वटा जाहेरी दर्ता भएछन् । केहि अभिभावकहरुबाट, केहि साथीहरुबाट, केहि नजिकका नाताबाट र केहि एउटै उमेरका बालबालिकाहरु सहमतिमा सम्पर्क राख्ने अनि अभिभावकले थाहा पाए पछि, एउटै जात नभए पछि करणीका उजुरी लिएर आउनेहरु पनि रहेछन् । यो तथ्यांक र घटनाका बारेमा उनि अनविज्ञ थिईनन् ।
एकदिन जिल्ला प्रहरी कार्यालयमा अन्य कामले पुगेका बेला प्रहरीलाई फोन आयो । लौ न मलाई श्रीमानले कुटेर मार्न लाग्यो । उ काम पनि गर्दैन, खान लगाउनको पनि जिम्मेवारी लिदैन । बच्चा केटाकेटीहरुको पनि चासो राख्दैन । मरीमरी काम गरेर ल्याएको पैसा पनि लुट्छ । कुट्छ । उसले भनेको समयमा, भनेको स्थानमा भने जसरी तयार नभए आगोले पोल्न आउँछ । यस्ता यातना त कति हो कति ? कति पटक प्रहरीकोमा ल्याएर उभ्याउने ? घर पुगेर फेरी प्रहरीकोमा लैजाने तै होईनस् भनेर आक्रमणमा उत्रन्छ । यस्तालाई कसरी ठेगान लगाउने ? फेरी माया पलाउँछ । जे–जे भए पनि श्रीमान हुन् । महिलाहरुको माया, श्रीमान् प्रतिको विश्वास र भरोसा कायम नै छ । तर पनि कुटाई उनिहरुकै खानु पर्ने ? यहि घटना सुनिरहँदा उनि मौन भईन् । प्रहरीमा जाने हिम्मत गर्न सकिरहेको छैन । परिवारको र मेरो इज्जत जाने भयले आँट आउन सकिरहेको छैन । तिम्रो बलात्कार भयो । तिमी पीडित हौ । जसले बलात्कार ग¥यो । त्यो पीडक हो । त्यसकारण पिडकको इज्जत जान्छ र जाने हो । तिम्रो होइन । तिम्रो इज्जत जाने भन्ने पुरातन मान्यता हो । समाजले बलपूर्वक महिलाहरू माथि थोपरेको अति घृणित र भेदभावपूर्ण मान्यता हो, र बोझ पनि ।
मैले प्रहरीमा उजुरी गर्दैमा, मेरो यो एकल कार्यले के समाजको त्यो पुरातन र ढोंगी सोंचमा परिवर्तन आउँछ ? बलात्कारमा पर्ने होइन, बलात्कारीको इज्जत जान्छ भनेर विश्वास गर्ने छन मान्छेहरूले ? उल्टो मेरो बलात्कार भएको छ, जुन अहिले गोप्य छ, त्यो धेरैले थाहा पाउने छन । बाँकी रहेको इज्जत पनि जानेछ । मेरो बिहे हुने छैन । जीवन नै बरबाद हुने छ । परिवारको बदनामी हुने नै छ । जीवनभर बलात्कारको दाग लिएर बस्नु पर्छ । सहमतिमा हुँदा त्यो मज्जा हो । सहमति नहुँदा र मन नमिल्दा त्यो बलात्कार भयो । अनि के त्यो अपराधी, जसले तिम्रो बलत्कार ग¥यो, उसलाई उन्मुक्ति दिने ? तिम्रो यस्तो मौनताले थप बलत्कार गर्न उसलाई उत्प्रेरित गर्दैन ? निर्णय लिन सकिरहेको छैन । उजुरी गरेमा मेरो इज्जत जाने हो भनेर चुप लागेर बस्ने हो कि ? होइन, बलात्कारको अपराध गर्ने दुष्टलाई सजाएँ दिलाउने कि ? यी प्रश्नहरूले मेरो मनमा द्वन्द चलाइ रहेको छ । सन्तुलित मनस्थितिमा रहन सकि रहेको छैन । कुनै काममा मन लाग्दैन । जहिले पनि यही चिन्तामा चिन्तित रहन्छु । यो चिन्ताबाट छुटकारा पाउन सकिरहेको छैन । होइन, म के गरौं, लौन भन न । कहिले आत्महत्या गरौ झैं लाग्छ । खै के गरौं ? यो द्वन्द्वको स्थितिबाट तिमी बाहिर त आउनै पर्छ । यो विचार धेरै अवधिसम्म तिम्रो मस्तिष्कमा चलिरह्यो भने तिमी पोस्ट ट्रोमेटिक स्ट्रेस डिसअर्डरको शिकार हुन सक्छौ । त्यसकारण त्यो स्थितिबाट तिमी बाहिर त आउनै पर्छ । तिमी सन्तुलित मनस्थितिमा फर्किनै पर्छ । फर्क । म छु तिम्रा लागि । ठोस निर्णय लिन सक्ने स्थितिमा पुगिरहेको छैन । अनिर्णायक स्थितिले झन् अर्काे चिन्ता सृजना गरि दिएको छ । म झन् झन् भय र चिन्ताको दलदलमा भास्सिदै गएको छु ।
डिना, बलात्कारप्रतिको हाम्रो धारणा परम्परागत छ । यो धारणामा परिवर्तन गर्नु पर्छ । बलात्कार भए पछि इज्जत जाने र इज्जत यहाँ हुन्छ भन्ने धारण पनि परिवर्तन गर्नु पर्छ । तिमी एक वयस्क महिला भएको भएकोले तिमीले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ । मैले डिनालाई सचेत पनि गराएँ । बलात्कारलाई केवल एक दुर्घटना मान्नुपर्छ । कुनै सवारी चढ्दा दुर्घटना भएझै जीवन जिउँदा बलात्कारको दुर्घटनामा, जो कोही पनि पर्न सक्छ । हामी महिलालाई सानैदेखि के सिकाइएको हुन्छ भने इज्जत हातमा हुन्छ त्यसकारण कुनै पुरुषसँग हात मिलाउन हुँदैन । इज्जत वक्षमा हुन्छ त्यसकारण जान वा अन्जानमा पनि कोही पुरुषसँग वक्ष स्पर्स हुन दिनु हुँदैन । इज्जत योनीमा हुन्छ, त्यसकारण यसको प्रयोग बलपूर्वक कसैद्वारा भएमा इज्जत जान्छ । यी सबै फाल्तु कुरा हो । आदिम युगको कुरा हो । पाषाण युगको कुरा हो । इज्जत शरीरमा हुँदैन । इज्जत विचार अर्थात कसैको व्यवहारमा हुन्छ । डकैती गरेमा बेइज्जती हुन्छ किनभने त्यस्तो काम गर्नु खराब व्यवहार गर्नु हो ।
केही समयदेखिको कायम रहेको मौनतालाई तोड्दै डिनाले प्रश्न गरिन् । तिमी माथि यस किसिमको घटना भएको भए साँच्चै तिमी प्रहरी समक्ष उजुरी गर्न पुग्ने थियौ ? डिनाको उत्तरबाट म उत्साहित भए । तिम्रो बलात्कार हुँदा तिमी माथि हिंसा भएको थियो ? कुटपिट भएको थियो ? तिम्रो हात खुट्टा भाँच्चिएको थियो । त्यस्तो केही पनि भएको थिएन । केवल उसले तिमीलाई कहिले फकायो । कहिले ब्लाकमेलिङ्ग ग¥यो । अनि यौन सम्पर्क ग¥यो । केवल भविष्यमा उसँग कुनै पनि किसिमको सम्बन्ध नराख्ने । बिर्सेर पनि उसको मुख नहेर्ने । उसँग कुनै पनि स्थानमा एकसाथ नहुने । सामाजिक समारोह वा सडकमा हिंड्दा पनि । डिनाले आश्चर्य मान्दै प्रश्न गरिन् । बलात्कारका घटनाहरूमा पर्याप्त कारवाहीका आधारहरु हुन्छन् । तर साहस चाँहि गर्नुपर्छ । तर यसो भन्दैमा सहतिमा भएको छ र तिमीलाई मन परेको छ भने कसैलाई दुःख दिनु पनि हुँदैन । अपराधी करार गर्नु पनि हुँदैन । तिमीलाई कुनै चोटपटक लागेको छैन भने त्यो घटनालाई तिमीले चटक्कै बिर्सी देऊ । बलात्कार हुँदा प्राकृतिक रूपमा पाउने आनन्द त तिमीले पनि त पाएको हो । फरक यति मात्र छ, तिमीले पाएको त्यो आनन्द झूठो थियो । मात्र फरक यत्ति हो । तर आनन्द त तिमीले पनि पाएको हो । कि होइन ? त्यसकारण तिमीमाथि भएका ती बलात्कारका श्रृंखलाहरू चट्क्कै बिर्सिदेउ । तिमी प्रहरीमा गएर उजुरी गर्ने साहस बटुल । तिम्रो साथमा सबै हुन्छन् ।
डिनासँग रत्नपार्कमा अचानक भेट भयो । उनको साथमा एक युवक पनि थियो । मैले केवल आँखाको इशाराद्वारा तिम्रो साथमा रहेको यो युवक को हो भन्ने भावमा डिनालाई प्रश्न गरें । डिनाले हाँस्दै आफ्नो मुहारमा यस्तो भाव ल्याइन जसले गर्दा त्यो युवक उनको प्रेमी रहेको बुझन मलाई गाह्रो भएन । डिनाको शरीरको भावले मेरो त्यो बुझाईलाई सत्य प्रमाणित गरि रहेको थियो । लामो कुरा गरेर डिनाको त्यो रंगिन समय बर्वाद गर्न मलाई मन लागेन । तर पनि मनलाई रोक्न सकिन । उनको छेउ पुगें । उनको कानमा आफ्नो मुख पु¥याएर मन्द आवाजमा प्रश्न गरे । डिना, त्यो बलात्कारको घटना बिर्सन तिमीले मद्वारा सुझाइएको दोस्रो विकल्प रोजे जस्तो छ हो ? मेरो प्रश्नको उत्तर दिनुको साटो केवल हाँसिन् मात्र । तर डिनाले ज्यादै छोटो परिचय गराइन् । यिनी विनोद हुन, मेरो ब्वाई फ्रेण्ड । अनि उनी मेरो साथी । मेरो ज्यादै घनिष्ठ मित्र ।
कविता गौडेल
हालः भक्तपुर





