कलिलै उमेरमा मैले भोगेका र गरेका अनगिन्ती भोगाईहरु छन् । अनुभवहरु छन् । सायद विश्वविद्यालयमा गएर अध्ययन गर्नेहरुले पनि मेरो जति अनुभव गर्न सकेका छैनन । गर्ने अवसर पाउँदैनन । भोगाई भन्दा ठुलो जीवनमा केहि हुँदो रहेनछ । यो उमेर विग्रने, सप्रने र भत्कने । सबैको नजरमा पनि परिने रहेछ । सबैले वाहु भन्दा आफु सम्हालिन सकिएन भने जीवन ध्वस्त हुने रहेछ । नरक सरहको जीवन जिउन त्यहि बेला शुरु हुने रहेछ । गाउँमा अक्षर नचिन्ने सोझा बाबु आमालाई झुक्याएर गरिएको अपराधको नाटकले जीवनलाई कारागारसम्म पु¥यायो । भलै म पूर्ण रुपमा दोषि छैन तर पनि त्यसको कारण भने म नै हुँ । यो बेरोजगारीको उपज पनि होला । समाजको एउटा नमुना घटना पनि होला ।
बुबा इश्वरबहादुर महत र आमा कुमारी महत । म अविवाहित । २०५९ कार्तिक २७ गते जन्मिएको म । २१ बर्षकोे भएँ । सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नम्वर २ घर भई भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका ९ हिमालय टोल स्थित फल्याट लिएर भाडामा बस्दै आएको छु । कक्षा ११ सम्म अध्ययन गरेको छु । २०८० असार ३ गते सिन्धुपाल्चोक जिल्लाबाट नागरिकता लिएको छु । चार जनाको परिवार छ । बुबा, आमा र भाई गाउँमा बस्छन् । राजधानी काठमाडौ गए पछि मैले आफ्नो चाहना अनुसार शरिरका विभिन्न भागमा ट्याटु खोपेको छु । दाहिने हातको पाखुरामा अंग्रेजीमा सबै कुरा कारणले हुन्छ भन्ने उक्ति लेखेको छु । संस्कृतमा बायाँ बाखुरामा अन्त अस्ती प्रारम्भ, बाँया खुट्टाको गोलीगाँठा माथी गोलो ट्याटु र बाँया हातको ट्याटुमा ब्लेटले काटेको छु । दैनिक खर्च संचालन र बचतका लागि मैले कौशलटारमा रहेको सनराईज बैकमा खाता खोलेको थिएँ । मृतक विशाल खड्गीसँग ६÷७ महिना देखि मात्रै चिनजान भएको थियो । उनलाई आकाश मगरले आर्थिक रुपमा सहयोग गर्न सक्ने मान्छे हो चिनजान गर्दा सहज हुन्छ भन्ने उदेश्यले भेट गराई दिएका थिए । मलाई आर्थिक समस्या थियो । त्यहि बेला देखि विनोद खड्गी र म रिलेशसनसिपमा बसेका थियौ । उनिसँग सानेपामा रहेको एउटा खाजा घर तथा रेस्टुरेन्टमा भेटघाट हुने गरेको थियो । विगत ८÷९ वर्ष अगाडी देखि ललितपुर, भक्तपुर, काठमाडौ लगायतका विभिन्न स्थानमा डेराकोठा लिई बस्दै आएको थिएँ । त्यहि क्रममा विनोद खड्गीसँग ६÷७ महिना अघि चिनजान भए पछि भक्तपुर स्थित मध्यपुर ठिमी नगरपालिका वडा नम्वर ९ स्थित खड्गबहादुर बुढाथोकीको घर फ्ल्याट भाडामा लिएर बस्दै आएको थिएँ । महिनाको १÷२ पटक विनोदको साथीको खाजा घर सानेपामा जाने आउने क्रममा भारतिय नागरिक अंन्सु खानसँग भएको चिनजान अझै बाक्लिदै गएको थियो । पहिला देखि नै चिनजान भएको भए पनि बाक्लो सम्वन्ध भएको ९ महिना भएको थियो । अन्सुं खानले २०८१ असार महिनामा भारतको नोयडा कपडा किन्न जाउँ भन्यो । म अन्सुको सल्लाह बमोजिम नै नोयडा गएँ । उसकै फल्याटमा राख्यो । त्यतिबेला उक्त फ्ल्याटमा भारतिय नागरिकहरु सास्वत, शिवम सिं राजपुत, अन्सु खान बस्दा रहेछन् । म अन्सु खानसँग कपडा किन्ने प्रयोजनका लागि भारतको नोयडा गएको थिएँ । ४५ दिन उसँगै बसें । अन्सुले उसकै साथी तुशा भन्नेलाई केटीको आईडीबाट फ्ल्याटमा बोलाएर कुटपिट गरी बाँधी राखेर १ लाख ५० हजार माग ग¥यो । उक्त रकम उसका आफन्तले अंन्सुको खातामा राखिदिए पछि ट्याक्सीमा राखेर तुशालाई घर पठाई दियो । त्यस लगत्तै अन्सु र म भक्तपुर स्थित डेरामा आएर बसेका थियौं ।
अन्सु खानले तिम्रो चिनजानमा भएको कोहि धनी मानिस छ भने लुट्नु पर्ने योजना बनायो । अन्सुलाई मैले विनोद खड्गीसँग १ लाख ५० हजार पैसा लिनु छ भनेको थिएँ । २०८१ असोज ४ गते बेलुका ४ बजे ठिमी नगरपालिका ९ मा बस्दै आएका मेरा साथिहरु सरिन घिमिरे, अन्सु खान, शिवम सिंह राजपुत, रिकेश पौडेल र म भएर विनोद खड्गीलाई असोज ५ गते खाना खान मेरो फ्ल्याटमा बोलाउने र लुट्ने योजना बन्यो । हामी रिलेशनसिपमा रहेकाले विनोद खड्गी मैले बोलाए पछि नआउने कुरा थिएन । साथिहरुको सल्लाह बमोजिम मैले सम्वन्ध राख्ने, खाना खान बोलाउने अनि साथीहरु आएर विनोदलाई कुटपिट गर्ने र १० लाखसम्म माग्ने योजना बन्यो । त्यो दिन म उनिहरुसँग छुटेर साथि जोशन कार्कीको घरमा खाना खान गएँ । रातको १२ बजे आफ्नै फ्ल्याटमा आएर सुतें । २०८१ असोज ५ गते विहान ९ बजेको समयमा अन्सु खान, शिवम सिंह राजपुत मेरो फ्ल्याटमा आए । मैले उनिहरुलाई चिया बनाएर खुवाएँ । अन्सु खानलाई ५ सय दिएर कुखुराको मासु ल्याउन पठाँए । उनिहरु विहान मेरो कोठामा आउँदा रातो डोरी र मासु काट्ने दाँउ ल्याए जुत्ताको ¥याकमा राखिसकेका रहेछन् । खाना पाकेपछि खाएर शिबम सिंह राजपुत बाहिर गए । त्यहि समयमा विनोद खड्गी प्रवेश गरे । विनोद खड्गी आए पश्चात शिवम सिंह राजपुतले पेय पदार्थ रियल जुसमा भ्याट भन्ने नशालु औषधी घोली विनोद खड्गीलाई भ्याट मिलाएको र मलाई भ्याट नमिलाएको पेय पदार्थ खान दिए । म र विनोद खड्गी खाना खाँदै गर्दा उनिहरुलाई जानकारी दिन खोर्सानी लिन जाने भन्दै उठे । बाहिर गएर अन्सु खानलाई म्यासेज लेखें । उनिहरुले ५ मिनेटमा आउँछु भन्यो । विनोद त्यतिबेलासम्म खाना खाएर लिभिङ्ग रुपमा गई सकेका थिए । मैले पनि खाना खाएर सकें । पहिलाकै योजना मुताविक अन्सु खान, शिवम सिंह राजपुत, सरिन घिमिरे, रिकेश पौडेल, आशिष पासवान, प्रतिक गौतम मेरो कोठामा आएर ढकढक गरे । मैले ढोका खोलिदिएँ । सबैलाई नचिने झै गरें । उनिहरु सबै जना एकै पटक विनोदलाई झम्टिन थाले । मेरो पालो भान्सा कोठामा गएर आनन्दले बसें ।
विनोदलाई अन्सु खान वा शिवम कसले हो ? हिन्दी भाषामा मलाई रुमाल वा सल देउ भन्दै मागे । मैले आफै लगाएको पहेलो रंगको सल दिन जाँदा विनोद खड्गी भुँईमा घोप्टो अवस्थामा लडेका थिए । उनको शरिर माथि कोहि चढेको थियो । कसैले खुट्टा, कसैले हात र कसैले टाउको समाई लात्तीले हिर्काउँदै गरेको मैले देखें । मैले सल दिए पश्चात हात खुट्टा बाँधेर घिसार्दै म सुत्ने गरेको बेड रुममा लगी राख्यौं । विनोद खड्गीले लगाएको हाफ पाईन्ट घुडामुनी सम्म थियो । त्यसलाई माथी लगेर चक्कुले उनले लगाएको पेन्टी (भित्री बस्त्र) समेत काटी निजको मुखमा पहिलो देखि नै कोचिदिएको सल फेरी निकाली कोचि दिएँ । अन्सु र शिवमले उनको अण्डकोषमा लात्तिले हिर्काए । विनोदलाई यातना दिने क्रममा शिवम सिंह र अन्सु खान सँगै बसेका थिए । मलाई बोलाएर १० लाख माग्न लगाए । उसले त्यति रकम दिन सक्दिन ५ लाख दिन्छु भने पछि उसकै फोनबाट फोन गर्न खोज्दा ह्याङ्ग भयो । उसको सेटमा अन्सुको सिम राखेर विनोद खड्गीको मासु पसल (बधशाला) मा काम गर्ने प्रदिप थापा मगरलाई फोन गर्न दिएका थियौं । विनोदले एउटा पाटीलाई ५ लाख दिनु छ भक्तपुरको राधे राधे पठाई दिनु भन्यो । त्यो फोनमा विनोदले नै कुरा गरिरहेको थियो । राधेरोध आएर प्रदिपले पैसा लिने मान्छे आएन भनेका थिए । आर १५ मोटरसाईकलमा आशिष पासवानलाई पैसा लिन पठाए । उसको पछि पछि अन्सु गएको थियो । अरु सबै कोठामा बसेका थिए ।
विनोदले भनेको मान्छे प्रदिप थापाले आशिषलाई दियो । आशिषले पैसा अन्सुलाई दियो । अन्सुले त्यो पैसा जुत्ताको ¥याकमा ल्याएर राखेको थियो । आशिष पसलमा काम छ भनेर निस्कियो । सरिन घिमिरे र रिकेश पनि निस्किएर गए । अन्सु खान, म, प्रतिक गौतम र शिवम सिंह भित्र बसेका थियौं । हामीलाई भित्रै राखेर अन्सु खान ताला लगाएर पैसा लिएर गए । राति ९ बजे अन्सु खान र आशिष पासवानले भित्रबाट गेटमा लगाएको चावी पर्खालबाट चढी मेरो कोठामा आएका थिए । घरबेटीको भाई खाना खान जाने समयमा गेट खोलेको मौका छोपी उनिहरु भित्र आए । विनोदलाई मार्नु पर्छ नत्र यसले कसैलाई पनि छाड्दैन भन्ने निश्कर्ष निकाले । मैले मेरो कोठामा नमार बाहिर लगेर जे जे गर्छाै गर भनेको थिएँ । राति १० बजे विनोदकै गाडी आशिष पासवानलाई सिधा राख्न लगाए । शिवम सिंह राजपुत, अन्सु खान र प्रतिक गौतम बाहिर निस्कि विनोद खड्गीलाई उसकै गाडीमा राखी आशिष पासवानले गाडी चलाएर लिएर निस्किए । स्कुटरमा प्रतिक गौतम पछि पछि गए । रातको १२ बजे मलाई अन्सु खानले फोन ग¥यो । हामीले विनोद खड्गीलाई मा¥यौं । डोलेश्वर लगेर फालिदिन्छौ भन्यो । म निद्रामा थिएँ केहि भनिन । विहानको राति ३.३० को समयमा अन्सु खानले फोन गरी विनोद खड्गीलाई सुकुटे चोकमा लगेर फ्यालिदिएको बतायो । भोलिपल्ट विहान १०.३० बजेको समयमा अन्सु खानले राधेराधे चोकमा भएको रेष्टुरेन्टमा बोलाएको थियो । तिमीहरुले विनोदलाई मारेकै हो त ? भनेर सोधें । उसले मारेको भिडियो देखायो । अरुलाई पनि आफु बस्ने स्थानमा नबस, मलाई पनि डेरा सर भन्दै १ लाख रुपैया दियो । प्रतिक गौतमलाई १० हजार दियो । त्यो दिन घटनाको बनावटी कथा रचियो । विनोद खड्गी तास खेल्न आएको हो । हारे पछि उसैले पैसा मगाएको हो । पैसा हारे पछि भएको झगडामा उनि मारिएका हुन् । प्रहरीले पक्राउ गरे यस्तो बताउनु भनिएको थियो । २०८१ असोज ८ गते प्रहरीले मलाई पक्राउ ग¥यो । म लगायत सरिन घिमिरे, रिकेश पौडेल, आशिष पासवान र प्रतिक गौतमलाई पक्राउ गरेको छ । मुख्य योजनाकार अन्सु खान र शिवम सिंह राजपुत भागी फरार भएका छन् ।
मैले लिएको १ लाख मध्ये ६५ हजार आफन्तलाई जग्गाको काम गर्दा आएको कसिमन भनेर राख्न दिएको थिए । ३५ हजार ब्यक्तिगत प्रयोजनमा खर्च गरेको छु । पैसाको लोभमा परेर साथिभाईको गलत संगतमा मेरै कारण विनोदको हत्या हुन पुग्यो । भारतमा पनि अपहरण गरी पैसा मागेर हत्या नगरेकाले मलाई उनिहरुले मारि नै हाल्छन भन्ने लाग्या थिएन । कुटपिटका क्रममा विनोदलाई अत्याधिक पीडा भएको थियो । प्रतिक गौतमले हेल्मेट नै हेल्मेटले हानेको थियो । सरिन घिमिरेले मुख थुनिदिएका थिए । अन्सु खानले बेल्टको टाउको नै टाउकोले हानेका थिए । विनोद मेरो कोठामा आउँदा वल्ड दरबार नामको रक्सि लिएर आउने गरेका थिए । त्यो दिन पनि उनले लिएर आएका थिए । पैसा बार्गेनिङ्ग गरेका बखत उनले टाउको दुख्यो भने पछि मैले फ्ल्केजन नामक औषधी खान दिएको थिएँ । विनोदलाई मार्न विनोदले नै प्रयोग गरेको उसकै गाडी, उसकै ५ लाख पैसा र उसैले किनेर ल्याएको रक्सि प्रयोग गरेका छौं । काठमाडौ जिल्ला किर्तिपुर नगरपालिका वडा नम्वर ५ बस्ने वर्ष ५० का विनोद खड्गी । २०८१ असोज ५ गते विहिबारका दिन विहान ११ बजे घरमा कसैलाई खवर नगरी आफ्नै नाममा रहेको बागमती प्रदेश द्यब्म् ०४९६ नम्वरको गाडी लिएर निस्किएका थिए । उक्त दिन बेलुका घरमा आएनन् । घरमा पनि अन्यत्र कतै बसेको होला भन्ने सोचेर धेरै खोजतलास भएन । २०८१ असोज ६ गते पनि उनी घरमा आएनन् । सोहि दिन छोरा विशाल खड्गीले काठमाडौ जिल्ला प्रहरी परिसरमा निवेदन दिए । बाबु हराएको र फेला नपरेको भन्दै खोजतलासका लागि निवेदन दिएका छोरा विशाललाई असोज ६ गते विहान ८.३० बजे काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्वर ६ मा ४९ किलो स्थित अरनिको राजमार्गको सडक छेउमा मृतक ब्यक्ति फेला परेको प्रहरीले जानकारी दियो । सामाजिक सञ्जालमा समेत उक्त पुरुषको तस्विर देखे पछि विशालले आफ्नो बुबा विनोद जस्तै लागेर प्रहरी कार्यालय पुगे । बुबा विनोदकै शव भएको पुष्टीसँगै पोस्टमार्टम गरी २०८१ असोज ८ गते परम्परा अनुसार अन्त्येष्टी समेत भयो ।
विनोदका छोरा विशालले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नम्वर २ को ठोकर्पा बस्ने २१ बर्षिया मनिषा महत, काठमाडौ जिल्ला शंखरापुर नगरपालिका वडा नम्वर ५ को पालुवावारी बस्ने २१ बर्षिय रिकेश पौडेल, सोहि ठेगाना भएका २२ बर्षिय सरिन घिमिरे, महोत्तरी जिल्ला गौशाला नगरपालिका वडा नम्वर ६ बस्ने २० बर्षिय आशिष पासवान, ठेगाना नखुलेका २२ बर्षिय प्रतिक गौतम, भारतीय नागरिक २२ बर्षिय शिवम सिं राजपुत, २३ बर्षिय अन्सु खान लगायतको योजनामा विनोदको हत्या गरिएको किटानी जाहेरी दिएका रहेछन् । बुबा विनोदलाई अपहरण गरी फिरौती रकम ५ लाख रुपैया समेत लिई अज्ञात स्थलमा पु¥याई हात र खुट्टामा डोरीले बाँधी क्रुरतापुर्वक संवेदनशिल अंगमा र शरिरका विभिन्न भागमा कुटपिट गरी कर्तब्य गरी मारेको जाहेरी र पुरक जाहेरी समेत दिएका रहेछन् । सानै उमेरमा यस्ता घटनामा जोडिन गएकोमा गल्ति गरेको महसुस भएको छ । तर पनि जे नहुनु भईसक्यो । हत्यामा मेरो संलग्नता नभए पनि वातावरण बनाउने भूमिका मेरो थियो । पैसा बार्गेनिङ्गमा म प्रयोग भएको थिएँ । विनोदले त मलाई फ्ल्याट नै दिएर रिलेशनसिपमा राखेको थियो । उ मेरो कलिलो मायामा फस्यो । उ मायामा फसेको मौकामा चौका अरुले लगाए ।
मनिषा महत, कागारागार