२०८१ असोज ११ गते राति बेथान्चोक गाउँपालिकामा रहेको चलाल गणेस्थान रोडा ढुंगा उद्योगमा कार्यरत दुई कर्मचारी पुरिए । असोज १२ गते विहान देखि संचार सम्पर्क विच्छेद भयो । विद्युत अबरुद्ध भयो । खोला बढ्यो । पहिरो चल्यो । कोलाहल भयो । घर बाहिर निस्कन कठिन भयो । सँगै हावाहुरी र चट्याङ्ग पनि ।
बेथान्चोक गाउँपालिका वडा नम्वर ३ घर भएका अजय तिमल्सिना खानीमा कार्यरत थिए । पहिरो आउँदा बाहिरै थिए । सिरानीमा भएको आईफोन निकाल्न भित्र गए । उनका साथी अमृत रिजाल पनि भित्रै थिए । अन्य दुई भाग्न सफल भए । मोबाईल निकाल्न जाँदा अजय पुरिए । अमृत पनि त्यहि कोठामा पुरिए । शव निकाल्ने क्रममा उनिहरुको वीभत्स दृश्य देखियो । नेपाली सेनाको कालीजंग गणबाट खटिएको टोलीले खानीमा स्काभेटरको सहायता लिएर शव खोतल्यो । रग्ताम्मे थिए अजय । घन्टौ लाग्यो निकाल्न । निकालेको शवलाई सडकसम्म ल्याउने हिम्मत पनि कसैले गरेन । बरु सेनाले बोकेर ल्याएको शवको मोबाईलबाट भिडियो र फोटो खिच्न हुल अगाडी बढ्यो । मानवीय संवेदना छाडेर हुल रमिता देखाउँदै थियो । शव बोक्ने कपडा समेत पाएन सेनाले । न बाँसको टुक्रा । बल्लतल्ल बोकेर ल्याएको शवको रगत सेनाको उद्दार टोलीको शरीरभरी लाग्यो । रगतको टाटा टकटकाउँदै लफलफ भिजेको पोशाकमा सेनाको उद्दार टोली पुनः बेथान्चोक फर्कियो ।
असोज १३ गते सेनाको उद्दार टोली हेलिकप्टरमा बेथान्चोक पुगेको थियो । हेलिकप्टर रोक्न कठिन भए पछि अलिक माथीबाटै हाम फालेको टोलीले तत्कालै बेथान्चोक ३ मा पुरिएका आमा छोराको शव निकाल्न पुग्यो । स्थानीयहरु पुगिसकेका थिए । सेनाको टोलीले थप सहयोग ग¥यो । सविता शंकर र उनका ११ बर्षीय छोरा समीर सुतेकै स्थानमा पुरिएका थिए । वडा नम्वर २ मा यमबहादुर श्रेष्ठ (हरी) को निधन भयो । खोल्साहरु पनि खोला बने । भल समेत तर्न सकिएन । पक्कि संरचना बाँकी छैन । विषम परिस्थितिमा सेनाको उपस्थिति र सहयोग सहनीय रह्यो । तीन दिनको रासन बोकेर गाउँ गएको १५ सदस्यीय कालीजंग गणको टोलीसँग थप कपडा पनि थिएन । एउटै पोशाकमा खोज, उद्दार चलिरहेको थियो । हिलो र पानीले लफलफ भएको कपडा नै उनिहरुको सुत्ने बिछ्याउनाको साथी थियो । ७ दिनसम्म लगातार एउटै पोशाकमा उद्धार टोलीले काम गरिरह्यो । बेथान्चोक वडा नम्वर १, २, ३, ४ र ५ मा निरन्तर टोली सक्रिय रह्यो । वडा नम्वर ४ मा ८५ वर्षका दुई जना जेष्ठ नागरिकलाई २ किलोमिटर टाढा पहिरोको जोखिम मोलेरै डोको खोजेर सहज स्थानमा सा¥यो । सल्लाफेद घर भएका पुलिस तामाङको शव निकाल्न उद्धार टोली पुग्यो । त्यो अर्काे वीभत्स दृश्य थियो । पहिरो आउँदा घर भित्र करेन्ट सर्ट भएर ग्याँस सिलिण्डर समेत पड्किएर उनी पुरै डढेको अवस्थामा फेला परेका थिए । शवका केहि टुक्रा मात्रै बाँकी थिए ।
सलान्दु खोलाले वडा नम्वर ४ कै काशिराम महतलाई पनि निल्यो । सेनाको अथक प्रयत्न पछि मात्रै उनको शव फेला प¥यो । असोज १४ गते सोमबार राति मात्रै उनको शव सेनाले निकाल्यो । चलाल गणेशस्थानमा एक दम्पत्ती नै पुरिएका थिए । ७० बर्षीय चेतमान तामाङ र ७० बर्षीया पुतलीमाया तामाङको पुरिएर निधन भएको थियो । सिम्लेका सूर्य तामाङको पनि पुरिएर निधन भएको थियो । उक्त वडामा ९ जनाले ज्यान गुमाए । जेठाजु मदन परियारलाई घर अघिबाट अनियन्त्रित रुपमा बगिरहेको सलान्दु खोलाले बगाउँदै गरेको ज्ञानुले देखिन् । अशक्त हुँदा हुँदै पनि ज्ञानुले जेठाजु मदनलाई तानिन् । मदनलाई बचाउँदा ज्ञानु खोलामा खसिन् । खोलाले बगायो र कल्र्भटमा लगेर च्यापेको आशंका स्थानीयले गरे । दुई दिनसम्म सेनाले शवको खोजी ग¥यो । सलान्दुले निलेकी ज्ञानु फेला पर्न सकेकी छैनन् । बच्चाहरु निदाउनै सक्दैनन्, निदाए पनि चिच्याउँछन र निद्रामा नै उठेर जाउ भन्छन् । यस्तो अवस्थामा नेपाली सेना, स्थानीय सरकारले खेलेको भूमिका महत्वपूर्ण छ । २०३८ साल असोज १३ गते आएको विध्वंस पानीले पनि खोला बढेको थियो । सलान्दु खोलामा माछा मार्न सकिने थियो । त्यतिबेला खानी थिएनन् । खोलामा ग्यागरिङ्ग नहुँदा क्षति हुन पाएन । अहिले खोलामा पानी भन्दा धेरै ग्यागरिङ्ग र लेदो बगेका कारण क्षति धेरै भयो । गाउँमा घरहरु भत्किए पछि धेरै विस्थापित भएका छन् । वस्तुहरु भएकाले गाउँ छाड्न नसकिएको राजन कार्कीले बताए । वस्ति बगाए पछि नागरिकहरु संकटमा परेका छन् । सलान्दु बगर आसपासका सबै घरहरु बगाएको छ । बाँकी रहेका घरहरु पनि बस्न योग्य छैनन् । बसोबासका लागि पुनस्र्थापनाका लागि जमिन समेत नभएको उनिहरुले बताए । खेत बगर भएको छ भने बारी बगाएकाले भिर भएको छ । सडक, विद्युत, खानेपानी, सरकारी भवनहरु, निजी घर तथा अन्य भौतिक संरचना क्षतिको गणना गरी साध्य छैन ।
स्थानीय जनप्रनिधिहरुले पहिलो चरणमा खोज र उद्दारमा संक्रिय भए । गाउँपालिकाको सक्रियताकै कारण महिनौंसम्म पनि असम्भव देखिएको पाटीखर्क–ढुंखर्क मुल सडकको ट्रयाक खोलिएको छ । महान् चाड दशैंमा नागरिकहरु सवारी साधनमा गाउँ पुग्न पाएका छन् । वडावडा पुग्ने सडक सफाई गरिएको छ । वडा अध्यक्षहरुको सक्रियता पनि उतिक्कै प्रशंसनीय रह्यो । तर विपद्मा एनजिओ, आईएनजिओ जस्ता संस्थाहरु निश्क्रिय जस्तै देखिए । सरकारी निकायमा विपद्को पूर्व तयारी देखिएन । बेथान्चोकको गौरवका आयोजना सबै ध्वस्त भएका छन् । शुन्यताबाट फेरी उठ्ने प्रयत्न पालिकाले शुरु गरिसकेको छ । नागरिकहरुको विश्वास र प्रयत्न, जनप्रतिनिधिहरुको नेतृत्वदायी भूमिका विपद् पछिको पुर्नस्थापना र पुनर्निर्माणका लागि कामयावी बन्न सक्छ ।
तीन दिनका लागि गएको सेनाको उद्दार टोलीले ७ दिन काम ग¥यो । गाउँपालिकाको पुरिएको प्रशासनिक भवनका सामाग्रीहरु निकाल्न सहजीकरण ग¥यो । भोक, प्यास, पानी, हिलो, संकट, निद्रा, थकाई केहि नभनी नागरिकहरुको उद्दारमा सक्रिय सेनाको टोलीप्रति स्थानीयले भरोसा गरे । आफ्नो भन्दा पनि नागरिकको विपत्तिमा साथी गाउँपालिकाले आवश्यक सहजीकरण ग¥यो । विपद पछिको यो अवस्थामा भन्नै पर्छ–नागरिकहरुमा कहाँ गयो मानवीय संवेदना ? जनप्रतिनिधि र उद्दारमा खटिने नेपाली सेना लगायत सुरक्षा निकायका अन्य अंगहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयहरुलाई सलाम छ । अबको चुनौती विपद पछिको खोज र उद्दारमा प्रविधी आवश्यक छ । पूर्व तयारी आवश्यक छ । काभ्रेपलाञ्चोक जिल्ला आगलागी, बाढी पहिरो, भुकम्प, चट्याङ्ग लगायतका विपत्तिको केन्द्र बनिरहेको छ । यसबाट बच्न अहिलेको तयारी फिक्का छ । तीन तहकै सरकारको मुख्य चुनौती विकास, विनाश पछि बुद्धि हो कि ? विकास र बुद्धिले विनाश रोक्ने हो ?
पछिल्लो तथ्यांकले जिल्लामा ८० भन्दा धेरै नागरिकले बाढी र पहिरोमा परेर ज्यान गुमाएका छन् । सयौ विस्थापित भएका छन् । हजारौ रोपनी जमिन खण्डहर भएको छ । कयौ संरचना नष्ट भएको छ । सडकहरु भत्किएका छन् । पुलहरु बगाएका छन् । विद्यालय, स्वास्थ्य संस्था, प्रशासनिक भवन, वडा कार्यालयहरु पुरिएका छन् । जिल्लाभर सडक सञ्जालमा कठिनाई भएको छ । राष्ट्रिय राजमार्ग अवरुद्ध छ । कयन वर्ष उक्त सडक निर्माणका लागि बजेट ब्यवस्थापन गर्नु पर्ने अवस्था सिर्जना भएको छ । यस्तो विषम् परिस्थितीमा आफ्नो गाउँ आफै बनाउन नागरिकस्तरबाट पनि पहल भएको छ । पुर्ववत् भन्दा राम्रो अवस्थामा जिल्लालाई फर्काउन दलहरु बीचको मेहनत र एकता आवश्यक छ ।
सिहंविर तामाङ
बेथान्चोक ४ काभ्रे