छोरी नै छोरी या छोरा नै छोरा मात्र भएको संसार कल्पनै गर्न सकिन्नँ । छोरी भए ठीक छोरा पाए बेठीक, छोरा पाए ठीक छोरी भए बेठिक भन्ने तर्क र वितर्क गर्न खाजेको पनि होइन । यस बीचको विभेद अन्त्यका निम्ति पहिलो बच्चाका आमा–बाबु, घरपरिवार त्यसपछि समाज हुँदै देशको राज्य व्यवस्थाले कस्तो खालको संस्कार, संस्कृति, शिक्षा, दिक्षाका साथै नियम र कानून अवलम्वन गर्दै सामाजिकरण गर्दछ भन्ने कुरा नै पहिलो प्राथमिकता विषय हुन आउँछ र हुन ।
केहि वर्ष अगाडि छोरीको चुडाकर्म गर्दैै गायत्री मन्त्र सिकाउँदै हिड्ने योगी नरहरिनाथको कर्मलाई कथित धर्म निरपेक्षता घोषणा गर्ने मठाधिसहरूले तीनको पार्टीको र भातृ संगठनहरूले राजनीति कार्यक्रम तयार पारेर लागू किन नगरेका होलान् ? यस्तै छाउपडी उन्मुलनका कार्यक्रमहरु किन गाउँगाउँसम्म नपु¥याएका होलान् ? यीनका सांगठनिक संरचनाहरू वडा तहसम्मै छन् । राजनीति पार्टी र त्यसका संगठन र संगठक भनेका समाज परिवर्तनका (सकारात्मक) संवाहक हुन । तर किन भैरहेका छैनन् ? गरिरहेका छैनन् ? यी कार्यक्रमहरू गर्न पनि उनीहरुले विदेशीको मुख ताक्ने र डलरको आशामा ¥याल चुहाउने भए पछि समाजको हालत बेहाल बाहेक अरु के नै हुने भयो र ? आमा सागर हुन । आमा वा महिला हुनुको बोझ र जिम्मेवारी सायदै पुरुषमा कमै होला । बच्चा पाउन र हुर्काउन उनले कति अहम् जिम्मेवारी सम्माहालेकी हुन्छिन् त्यो यहाँ लेखेर न्याय हुन सक्दैन । महिला सुत्केरी हुँदा र त्यस पछि बच्चाको हेरविचार गर्न उनमा थपिएको जिम्मेवारी र त्यो पीडाका साथै मनोवैज्ञानिक असरहरू मैले प्रत्यक्ष देखें, भोगेँ र महशुस भयो तर व्यवहारमा म (पुरुष) जहिले पनि चुकेको हुन्छु किन कि म पुरुष हुँ, पुरुष प्रधान समाज र संस्कारमा हुर्के बढेको हुँ । बच्चाका निम्ति आमा र बाबुको त्यतिकै महत्व राख्छ नै । तर आमा बिनाको बच्चाहरुको भविष्य अन्धकारमय नै हुन्छ ।
त्यसैले त भन्ने गरिएको होला, बाबुु नहुँदा आधा टुहुरो, आमा नहुँदा पुरा टोके । पुरानोका साथै प्रसुतिको लागि मात्र स्थापना भएकाले सुत्केरी गराउन थापाथलीको प्रशुति गृह राम्रो होला जस्तो लागेर हामी सुत्केरी हुनु भन्दा एकहप्ता पहिला चेकअप गर्न त्यहाँ गएका थियौं । जुम्लाबाट काठमाडौं झरेर । चेकजाँच गराउने क्रममा त्यहाँको अस्तव्यस्तता र चेक गर्ने पहिला डाक्टरको साह्रै रुखो र सुख्खा व्यवहारबाट हामीलाई हतोत्साहित पा¥यो । त्यसपछि हामी भोलिपल्ट एकजना किर्तिपुर आफन्त दिदीको सल्लाहमा किर्तिपुरको मोडेल हस्पिटलमा गयौं । डेरा पनि किर्तिपुरमा नै भएकाले सजिलो पनि भयो । त्यहाँ कि डाक्टर पेरु प्रधानको व्यवहार सल्लाह र सुझाव साह्रै राम्रो थियो । भनिन्छ, डाक्टरको व्यवहारले पनि विरामीको आधा रोग सन्चो हुन्छ । हामीलाई पनि त्यस्तै अनुभव भएको थियो । अन्य सबै सुत्केरीहरु प्रति गेरको उनी र उनको टीमको व्यवहारको पंक्तिकार सँधै ऋणी नै हुने छ । उनी पनि त आखिर एक छोरी नै थिइन्, प्रसुति गृहकी डाक्टर पनि छोरी नै थिइन् । यी दुई बीच कति भिन्नता । चिन्ता नगर सुत्केरीको राम्रोसँग हेरविचार गर्नु बा, छोरा नभए के भो त ? यो मेरो आमाको दोष थिएन । उहाँ एक अक्षर नपढेको हाम्रो जस्तो पुरुष प्रधान र त्यसमा पनि जुम्लाको गाउँमा केहि वर्ष पहिला एक निरक्षर परिवारमा जन्मनु भएको र निरक्षर मेरो बासँग विवाह गर्नु भएको थियो ।
सायद मेरो आमालाई मेरो छोरो, छोरा र छोरीबीचको भेदबाट मुक्त छ भन्ने ज्ञान नभएर पनि होला । मेरी आमाले मलाई सहानुभूतिपूर्ण सान्त्वना दिइरहनु भएको थियो । सायद छोरी पाएकोमा छोरा–बुहारी खिन्न भएका होलान् भन्ने उहाँको मनमा रहेको हुनुपर्छ । बच्चा गर्भमा बसेको ३ महिनापछि भिडियो एक्सरेबाट त्यसको लिङ्ग पहिचान सजिलै हुन्छ नै । तर हामीले कहिले पनि त्यो जान्ने र बुझ्ने प्रयास गरेनौँ । हामीलाई जे भए पनि सहर्ष स्वीकार थियो । त्यसबेला र अहिले पनि समाजमा धेरै यस्ता पात्रहरु भेटिए र भेटिँदै छन । कस्तो तिमीहरु हुस्सु रहेछौं कमसेकम चेक त गरेर राख्नु पर्छ । दुई–दुई पटक अपरेसन गरेर ल जा कठै । यस्तै यस्तै । एक जना आफन्तले त्यसको कालो मन छ त्यसैले छोरी नै छोरी पाई भन्नसम्म भ्याए रे । यसरी मैले छोरी पाएकोमा उनीहरुलाई पीडा भएको छ । यो पृथ्वीमा मानिसको भौतिक शरीरको अस्तित्व मात्र ऊ जिवित रहुन्जेल रहने हो र साथै कर्मको पनि । मरे पछि उसले गरेको कर्मका आधारमा उसको अस्तित्व महिना, वर्ष दिन वा वर्षाैं वर्षसम्म रहने हो । छोरा वा छोरी बनेर रहने कदाचित होइन । हाम्रोतिर छोरा पाए पछि उसको आमा–बाबुलाई दुबो कानमा सिउरी दिने चलन छ । अविर लगाई दिने परम्परा छ, बाटामा भेट्ने वा घरमा भेट्न आउनेले । यसरी खुशी बाँड्ने परम्परा छ । छैट नाच गान गराउने चलन छ । छोरी पाउँदा यी कुनै कार्य हुँदैनन् । यो बाट हाम्रो जोडी अछुतो नै रह्यो । यी यावत विभेद हटाउन घर परिवार, समाज र राज्यले नै विशेष ध्यान दिएर सामाजीकरण र सांस्कृतिकरण गर्नुपर्दछ । काजकिरिया छोरीले पनि गर्न पाउने संस्कार र संस्कृतिको विकास र विस्तार गरिनु पर्दछ ।
सम्पत्तिको हकमा छोरा र छोरी दुबैलाई जन्मसिद्ध स्वतः बराबर हकको कानुनी अधिकारको व्यवस्था र संस्कारको थालनी गरिनु पर्दछ । छोराले सम्पत्तिको विंडो थामेर राख्छ छोरी अर्काको घरमा जाने जात न हो भन्ने दरिद्र मानसिकताको जड हामीमा छ । सम्पत्तिमा समान भोगचलन गर्ने हक नभएको कारणले गर्दा पनि छोरीको आर्थिक, सामाजिक, राजनीतिक र बौद्धिक क्षमतामा ह्रास आएको छ । छोरा त्यहि पुख्र्याैली सम्पत्ति भोग चलन गरेर चलायमान बन्नेछ भने छोरी गर्न नपाएर स्थीर बन्छे । निश्चित रुपमा प्रकृतिले नै पुरुष र महिलामा केही जन्मजात भिन्नताहरु दिएको छ तर त्योभन्दा सयौं गुुणा यो समाज, राज्य र हामीले बनाएका गलत धारणा र विभेदका पर्खालहरु छन । यसले विभेदपूर्ण समाजको निर्माण गरिरहेको छ वा हामीले गरिरहेको छौँ । छोरीहरुले भोलि ठूलो भएपछि यो पढुन् कि जसरी उनको बाबा, छोरा र छोरीबीचको विभेदबाट मुक्त छ, उनीहरुलाई पनि यो प्रेरणा मिलोस् कि उनीहरु पनि यो भ्रमबाट मुक्त होउन । एउटै भए पनि खुशी नै थिए तर उनले भनिन् । यसका लागि (पहिलो बच्चा) भए पनि एउटा साथी चाहिन्छ, त्यो इच्छा पनि पुरा भएको छ । अब त कहिं कतै सुनेको, पशुपति शर्मा र टीका पुनको स्वरमा छोरै पाउँछेस् भन्थे सबै छोरी पाएँ मैले मेरो त घरैमा बास । अब त छैन होई छोरा पाउने आस ।
केहि दिन अघि बुबाको मुख हेर्ने दिन थियो । हरेक घरमा बुबालाई भेट्न र बुवा खुवाउन छोराछोरीहरु पुगे । तर छोराछोरीहरुले नै बृद्धाश्रममा लगेर राख्ने बुबा आमा भेटन कोहि गएनन् । बृद्धाश्रममा बुबा आमा भेटन् नजाने, बाबु आमालाई बृद्धाश्रममा लगेर राख्ने सन्तानलाई के भन्ने ? यस्ता सन्तान हुनु भन्दा नहुनु राम्रो होईन र ? अनि छोरा भए के ? छोरी भए के ? उहिले बुढापाकाहरु भन्नुहुन्थ्यो । छोरा पाए बुहारीलाई, छोरी पाए ज्वाईलाई । साच्चै हो छोरी अर्काको घरमा गए पछि उसका पनि दायित्वहरु छन् । चाहेर पनि उसले घरका बाबु आमालाई जस्तो माईतीको बुबा आमालाई हेरचाह गर्न सक्दिनन । आफु सँगै राख्न सक्दिनन । छोरा भन्दा छोरीहरुले बाबु आमालाई गर्ने मायामा फरक हुन्छ । उनीहरुले मर्म बुझेका हुन्छन् । तर आजको समाजमा पनि छोरा नै चाहिन्छ ? बंशको निरन्तरता वा रेखदेख ? बंश पनि विनाश हुन थालिसक्यो । युवाहरु विदेशिन थाले । नेपालमा युवाहरु रहन छाडे । धेरै पुस्ताहरु छुटने थाले ।
पहिला पहिला एक परिवारका आधा दर्जन सन्तान जन्मने गरेका थिए । ति सन्तानहरु विभिन्न जिम्मेवारी र दायित्वबाट अघि बढिरहेका हुन्थे । क्षमता अनुसारको जिम्मेवारीले समाज अघि चलिरहेको थियो । अहिले त्यस्तो छैन । एक परिवारका एक भन्दा धेरै सन्तान हुँदैनन । भएका सन्तान पनि विदेश जान्छन् । अनि उनिहरुबाट कसरी वंशको निरन्तरता हुन्छ ? अझ पनि अहिलेको पुस्ता छोरा नै पर्खेर बसेको हुन्छ । छोराहरुले गर्ने ब्यवहार बदलिएको हो ? बाबु आमालाई गर्नु पर्ने सत्कार, संस्कार बदलिएको हो ? कि हामीले संस्का दिन नसकेका हौं । संस्कृति, संस्कार, परम्परालाई कसरी धान्ने ? औशीको दिन संचारमाध्यममा आएका बाबु आमाको रोदन, पीडा र आँशुले मलाई छोयो । छोरीहरुले गरेको माया, छोराहरुले गरेको अत्याचार । त्यसमा राज्यको दोष ? राज्यको दायित्व र जिम्मेवार । राज्यकै कारण बृद्धाश्रममा पु¥याईएका यस्ता अभिभावकहरुका बारेमा कसले बोल्ने ? कहाँ पाउँछन न्याय ?
मेरो एउटा अनुरोध । बृद्धाश्रम बनाउन नलागौं । बरु होटल रिसोर्ट बनाउँ । त्यहि रिसोर्टमा बुबा आमाहरुको रेखदेख गरौं । रोजगारमा जानेहरुलाई जान दिउँ । बस्नेहरुलाई बस्न दिउँ । उहाँहरुसँग भएको सम्पत्तिको संरक्षण गरि दिउँ । नभएकाहरुले सहयोग गरौं । उपचार, चाहना, रहनसहन, सरससफाई, खानपानमा ध्यान दिउँ । जन्मेपछि उमेरमा उसले आफ्ना लागि, समाजका लागि, राज्यका लागि केहि न केहि गरेकै छ । कम्तिमा राज्य भएको अनुभुति दिलाउँ । छोरा छोरीहरुलाई संस्कार सिकाउँ ।
सन्तोष बुढाथोकी
हालः काठमाडौ