2026 April 30/ 01:18: 43pm

    चौरीदेउराली गाउँपालिकामा मेरो जन्म भएको थियो । सामान्य परिवार छ मेरो । बुबाआमा खेती किसानी गर्नुहुन्छ । भुकम्पले घर पुरै भत्किएको थियो । अहिले भर्खरै बनाएका छौं । सरकारले दिएको तीन लाख रकम पनि धेरै ढिला गरी प्राप्त भयो । शुरुमा हामीले घर बनाउन सकेनौं । पछि बनाएको घर पनि सानो छ । त्यो घरमा बस्न मिल्ने छैन । अझै छाप्रोमै बस्छौ हामी । घर बनाउन पैसा छैन । पैसा भएको पनि खानपान गर्दै सकियो । गाउँमा धेरै मान्छेहरु बस्दैनन् । बसेका मान्छेहरु सबै काममा दक्ष छैनन् । म त भर्खर कक्षा १० मा अध्ययन गर्दै थिए । ६ वर्ष अघिको कुरा हो । बिहानको खाना खाएर बसिरहेको थिएँ । मनमा के के कुरा उब्जन थाल्यो । आफ्नो पीडा अर्कै थियो । पीडा कता गएर पोखौ ? के गरौं । मनको कुरा भन्ने साथीहरु पनि कोहि थिएनन् । मनमा छट्टपट्टि थियो । प्रेममा असफल भएको प्रेमी थिएँ । कक्षा ७ अध्ययन गर्दा देखि नै हाम्रो प्रेम परेको थियो । प्रेममा धोका दिँदै उनले अर्काे केटासँग विवाह गरिनँ । कक्षा ९ अध्ययन गर्दै थिएँ । मेरो भन्दा उनको उमेर कम थियो । उनको घरमा कुनै केटासँग उसको प्रेम सम्बन्ध छ भन्ने थाहा भएछ । त्यो सम्बन्धबाट छोरीले घर परिवार र इज्जतको नाक काट्ने डरले अभिभावकले विवाह गरिदिने निर्णय गरिदिएका रहेछन् । धेरै पछि त्यो कुरा मैले जानकारी पाएँ । तर पनि मैले केहि गर्न सक्ने अवस्थामा थिईनँ । 
    उनीसँग यति घनिष्ट हुन पुगें कि जतिबेला पनि याद मात्रै थियो । उमेर पनि त्यस्तै होला । बच्चाबाट बालिग हुँदै गएको उमेरमा त्यो सामान्य होला । उसको विवाह भए पछि म एकोहोरो भएको थिएँ । विद्यालय आउन छाडेकी थिईन् । मेरो ध्यान उतै थियो । उनीसँग बिताएका पलहरुसँग थिए । विवाह गरेर गएको भए पनि उनले मलाई बिर्सन सकेकी थिईनँ । उनीसँगको सम्वन्ध भुल्न सकेको थिईनँ । मेरो मनको छट्टपट्टीले उग्र रुप लिदै थियो । सम्हाल्ने प्रयास पनि गरेको थिएँ । थोरै समयको बेग रोक्न नसक्दा मैले गलत निर्णय गर्न पुगेको थिएँ । त्यहि गलत निर्णय जीवनमा औंशीको रात बनेर आयो । विद्यालय विदा थियो । घरमा कोहि थिएनन् । सबै काममा गएको मौका छोपेर एक्लै भएको बेला मलाई मनमा अपराध जाग्यो । खाना पछि मैले घरमा बनाएको छ्याङ्ग पिएको थिएँ । विदाको समय घरमा काम पनि नभएको र प्रेममा असफलता भोगेकाले मनमा अनेक तरङ्ग आउन थाल्यो । आफ्नै घरमा मादक पदार्थ छ्याङ खाएर बसिरहेको अवस्थामा नाताले ठुलो बुबा पर्नेको घरमा टिभी हेर्न गएँ । घरमा पहिले देखि नै सुस्त मनस्थितिको बहिनी थिईन् । टिभी हेरी बसिरहेको थिएँ । दिउँसोको समय हो । घरमा टिभी हेरिरहेकै समयमा बुढी आमा पनि चुरोट खान छिमेकीको घरमा जानुभयो । लामो समयसम्म उहाँ घर फर्कनु भएन । बुबाहरु पनि फर्कनु भएन । घरमा एक्लै भए पछि टिभी मात्रै हेर्न मन लागेन । तिनै सुस्त मनस्थिती भएकी बहिनी नजिक गएँ । उनी बोल्न पनि सक्दिनँ थिईन् । उनले पूरा कपडा पनि लगाएकी थिईनन् । सुस्त मनस्थितिको मानसिक र शारिरीक रुपमा असक्त बोल्न चल्न नसक्ने एक्लै कपडा नलगाई सुति रहेको अबस्थामा देखें । उनि अशक्त भएको बिर्सिएँ मैले । आफन्त भन्ने पनि बिर्सिए । कक्षा ९ अध्ययन गर्दा मैले मेरो प्रेमिकासँग गरेको सबै सम्झिन पुगें । उत्तेजनामा आएँ । वरपर कोही कसैलाई नदेखे पछि मेरो उत्तेजित अवस्थाको जोस पोख्न थालें । उनी रुन पनि सकिनन् । अशक्त त उसै थिईन् । उनी माथी म पशु झै एकोहोरो आक्रमणमा उत्रि रहें । उनका अङ्गहरुबाट रगत बग्न थाल्यो । रगत धेरै बग्यो । धेरैबेर रगत रोकिन सकेन । तरपनि मैले उनलाई छाड्दै छाडिनँ । जब मैले आफ्नो जोशलाई सिध्याएँ तब मात्रै मैले गलत गरेको होसमा आएँ । पश्चाताप बाहेक केहि थिएन । 
    दिन बिग्रिए पछि दशाले बाजा बजाउँदो रहेछ । बाल्यकाल संघर्षमै बित्यो । बुबा आमाको सपना पूरा गर्ने धोको हुँदाहुँदै नियतीले ल्याएको अवस्थामा चिन्ता गर्नु बाहेक अर्काे विकल्प छैन । अहिले देशभर महिला हिंसा न्यूनीकरणका लागि आवाज उठिरहेको छ । विभिन्न जिल्लामा भएका घटनाका दोषीहरु पत्ता लाग्न सकेका छैनन् । सबै भागिरहेका छन् । तर मैले आफ्नो अपराध लुकाउन चाहिनँ । भएको जस्तो हो त्यस्तै ब्यहोरा सुनाएँ । तर पनि मलाई घटनाप्रति खेद छ । क्षणिक आवेशमा भएको उत्तेजनाले जीवनभरलाई काँडा बिझेको छ । महिला तथा बालबालिकाहरु घर भित्रैबाट असुरक्षित छन । सबैभन्दा सहज भनेकै आफन्त हुँदा रहेछन् । एकाध घटनामा पराई जोडिन पुग्छ । अधिकांश घटनामा आफन्त संलग्न हुन्छन् । धेरै घटनामा त्यस्तै देखिएको छ । मेरो हकमा पनि त्यहि हो । सूचना प्रविधिको विकास पनि हिंसा र बलात्कारका प्रमुख कारण हो । उमेर नपुग्दै त्यसको प्रयोग गर्न सहज वातावरण हुनु, अभिभावकहरुले बालबालिकाहरु प्रति जिम्मेवार बन्न नसक्नु, मोबाईल फोनमा अश्लील साईटहरु सहज रुपमा खुल्न पुग्नु बालबालिकाहरु बिग्रनुको पहिलो कारण हो । शिक्षकहरुले समेत त्यसमा कडाई गर्न सकेको अवस्था छैन । कडाई गर्दा अभिभावकहरुले आफ्ना सन्तानहरुप्रतिको विभेद सम्झन पुग्छन् । पहिलाको अवस्थामा अभिभावकहरुले बालबालिकाहरुलाई स्वतन्त्रता छाडेकै कारण धेरै विकृती बढेको मेरो निश्कर्ष छ । सहज रुपमा बालबालिकाहरु खेल्न पाउनु, घुम्न पाउनु, प्रविधिको प्रयोग गर्न पाउनु अर्काे कारण हो । होला केहि स्थानमा बालबालिकाहरु असाध्यै जोखिम र गरिब अवस्थामा पनि छन् । तर धेरै बालबालिकाहरु अधिकारका नाममा स्वतन्त्र हुँदा विकृति र विसंगतीमा फस्न थालेका छन् । 
    उनलाई त्यस्तै अवस्थामा छाडेर म निस्कँदै थिएँ । आफ्नो कपडा लगाएर निस्कने क्रममा बुढी आमा घर भित्र पस्नु भयो । उहाँले तँ किन यति बेलासम्म घरमा ? मैले भनें अघि आएर जाँदा चप्पल छुटेर लिन आएको भन्दै ढाँटे अनि भागें । उहाँलाई मैले सुस्त मनस्थिति भएकी नातिनीलाई करणी गरेको थाहा भएन । उनीबाट बगेको रगत महिनावारीको होला भन्ने सोच्नु भएको रहेछ । लगातार रगत बग्न थाले पछि अस्पताल पु¥याईएको रहेछ । त्यसपछि मात्रै उनी महिनावारी नभई जर्बजस्ती करणी गरे पछि विरामी भएको पुष्टि भएछ । उहाँ त्यसबेला झसँग हुनु भएछ । म साँझ घरबाट निस्कँदा देखेकाले उहाँले मलाई नै शंका गर्नु भएको रहेछ । त्यहि बेला रगत बग्नु अनि म निस्कनु । स्वभाविक हो । उहाँले मलाई शंका गर्नु पनि स्वभाविक थियो । मेरो विरुद्धमा त्यसपछि उजुरी दर्ता भएको रहेछ । 
    यस्तो थियो जाहेरीमा । विहानको खाना खाएर घरमै बसिरहेको थिएँ । उक्त दिन मेरो घरमा पाहुना आउने कार्यक्रम थियो । म पनि घरमै बसिरहेको अवस्थामा भतिजो आयो । भतिजो र म सँगै घरमै बसि टिभी हेरी रहेका थियौं । मेरो शारिरीक तथा मानसिक अपाङ्गता भएको नाबालक छोरी बर्ष १२ कि उसको बहिनी हो । घरको भुई तलाको कोठामा उसलाई सुताउने गरिएको थियो । मेरो श्रीमती बिहानै गाउँको मेलापातमा गएकी थिइन् । मेरो आमा ७० वर्षको हुनुुहन्छ । बाहिर आँगनमा घाँस बिसाई बसिरहेको थिएँ । भतिजोलाई टिभी हेर्दै बस म छिमेकीको घरमा गएर आउँछु भनेर निस्किएको थिएँ । साँझ ५ बजे घरमा आउँदा मेरो आमाले नाबालक छोरीको कोठामा रगत सरसफाई गरीरहेको अवस्था देखें । के भयो ? कस्को रगत सफा गरिरहेको आमालाई सोधें । घरमा सबैजना सल्लाह ग¥यौं । छोरीको महिनावारी भएको होला भनि हामी त्यसै बसिरहेका थियौं । छोरीको रक्तश्राप नरोकिएको हुँदा आमाले एकपटक अस्पताल लगेर जँचाउ भन्दै लैजानु भयो । शारिरीक तथा मानसिक अपाङ्गता भएकोले छोरीलाई बोकेरै अस्पताल पु¥यायौं । छोरीलाई जँचाउदा अनमीले तपाईको छोरीको रजश्वला हुने बेला भएको छैन तपाईको नाबालक छोरीलाई करणी भएको हुँदा रक्तश्राव भएको पुष्टि भयो । हामी सबै जना छाँगाबाट खसे झै भयौं । आमाले त्यो दिनको घटना मलाई सुनाउनु भयो । त्यसपछि हामीलाई शंका लाग्यो कि छोरी माथी जर्बजस्ति गर्ने त्यहि भतिज हो । मेरो शारिरीक तथा मानसिक रुपले बिक्षिप्त अबस्थाको नाबालिका छोरीलाई घरमा कोही नभएको अबस्थामा मौका छोपी जबरजस्ती करणी गरेकाले मुलुकी ऐन जबरजस्ती करणी महल अन्र्तगत हदै सम्मको सजाँय गरी पाउँ । उक्त जाहेरीका आधारमा म पक्राउ परें । तत्कालै मैले घटनाका बारेमा स्विकारें । मलाई उनको घाँटी थिचेर मारौं मारौं भन्ने लागेको थियो तर मैले त्यसो गरिनँ । एउटा अपराध गरेर फेरी अर्काे अपराध किन गरांै ? प्रहरीले मलाई अनुसन्धान गरेर अदालतमा पु¥यायो । अदालतले शुरुमा पुर्पक्षका लागि पठायो । अपाङ्गता भएको, बालिका भएका नाताले पनि मलाई थप सजायँ हुने रहेछ । अझ नाता भित्रको ब्यक्ति भएकाले सजायँ कडा हुने रहेछ । त्यसलाई सहर्ष स्वीकार्नुको विकल्प थिएन । 
    कारागार बसेको दुई वर्ष पुग्दै छ । मैले कक्षा ९ मा छाडेको पढाई पुरा गरें । यो पटक एसईईको पढाई सकेर कक्षा ११ मा भर्ना भएको छु । जेल भित्रै अध्ययन गर्ने अवसर हुने रहेछ । काम गर्ने वातावरण पनि हुने रहेछ । बुढा भएका बाबु आमालाई जेल भित्र बसेर भए पनि केहि रकम पठाएको छु । भेट्न आउँदा रुनु हुन्छ । बुढेशकालमा सहारा सोचिरहेका ब्यक्तिहरुको मनमा कस्तो भयो होला ? एक छिनको आवेग रोक्न नसक्दा म बाट भएको गल्तिको प्रायश्चित गरिरहेको छु । केहि वर्षको जेल सजायँ सकिँदा अध्ययन पनि सकाउँछु । सीप पनि सिक्छु । समाजमा उदाहरणीय बन्ने प्रयत्न गर्नेछु । कारागारमा बसेका आधाभन्दा धेरै ब्यक्ति जर्बजस्ति करणी अभियोग र उद्योगमा जेल परेका छन् । सबैका कहानी फरक फरक छन् । भोगाई फरक फरक छन् । ७६ वर्षका ब्यक्ति पनि यहि अभियोगमा जेलमा छन् । अहिलेको पुस्तालाई दिने शिक्षा फरक हो । जोशमा होस नगुमाउनुस् । होस गुमे पछि प्रायश्चित गर्नुको विकल्प छैन । त्यसो हुनै नदिऊँ । आगामी चाडपर्वहरुको शुभकामना । 

उत्सव खड्का
धुलिखेल, काभ्रे