पुरुषहरुको जात । बाबु पुरुष । दाजुभाई पुरुष । तर पनि केहि पुरुषहरुको कुदृष्टी मेरा लागि पुरुषहरु प्रतिकै अभिशाप बन्न पुग्यो । जन्म दिने पुरुष, कर्म दिने पुरुष । न्याय दिने पनि पुरुष । किन जन्मन्छन् केहि कुपात्र ? जसले सिङ्गो ब्रम्हाण्डमा नै पुरुष पात्रको बदनाम ? हुन त ठुला ठुला मान्छेहरु त्यसको शिकार हुने गरेका छन् । महिलाहरुलाई सहयोग रहँदा रहँदै त्यसको दुरुपयोगबाट सगरमाथाबाट फेदीमा पुगेका पुरुषहरु पनि छन् । महिलाहरुकै कारण बदनामी पुरुषहरु पनि छन् । पीडित पनि छन् । १६ दिने अन्र्तराष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको दिवस संचालन भईरहेको छ । मुलुकभर भएको यो अभियानबाट लैङ्गिक विभेद, पीडा र हिंसा कम होस् । लैङ्गिक विभेद अन्त्यसँगै जन्मजात अपाङ्ग भएका, उमेरमा अपाङ्ग भएका वा कुनै न कुनै कारण समाजमा फरक अवस्थाका ब्यक्तिहरुका बारेमा पनि सम्बोधन हुनु जरुरी छ । आज म आफु पीडित भएको घटनाबाट भोगेका तिता अनुभवहरु सुनाउन चाहन्छु ।
बुबाआमाको भनाई अनुसार म जन्मजात नै अपाङ्ग भएँ । उमेरले भर्खर १७ वर्षकी भएँ । जवानी हुर्कदै छ । अपाङ्गता भए पनि ममा आउने शारिरीक परिवर्तन र मानसिक चेतना फरक हुनु स्वभाविक नै भयो । परिवारमा म बोझ नै लाग्छ होला । तर आजसम्म कसैले त्यस्तो ब्यवहार देखाउनु भएको छैन । मलाई कुनै कुनै बेला लाग्छ म परिवारका लागि भन्दा यो धर्तीका लागि पो बोझ भएको हुँ कि ? मनमनै लाग्छ त्यस्तो सोच्न पनि हुँदैन । अपाङ्ग हुनु न मेरो दोष हो न मेरो पूर्व जन्मको ? अभिभावकको त झनै के दोष ? यो सृष्टिकर्ता जसले मलाई जन्म दियो, जन्मँदै भएको अपाङ्गतामा कसले के नै पो गर्न सक्थ्यो र ? धेरै अपाङ्गता भएका ब्यक्तिहरु छन् । अपाङ्गता भएका महिलाका लागि नेपाल सरकारले अपाङ्गता भएका महिलाको अधिकारको संरक्षण गर्न तथा उनीहरुको ज्ञान, सीप तथा क्षमताको उच्चतम उपयोगका लागि उपयुक्त वातावरण निर्माण गर्न तोकिए बमोजिम आवश्यक व्यवस्था गर्नु पर्ने भनिए पनि त्यस्तो हुन सकेको छैन । अपाङ्गता भएका महिलाको विशेष अवस्थालाई ध्यानमा राखी उनीहरुको स्वास्थ्य तथा प्रजनन् अधिकारको संरक्षणको लागि आवश्यक व्यवस्था गर्नु पर्नेमा पनि हुन सकेको छैन । मान, प्रतिष्ठा सुनिश्चित गर्ने, आत्मनिर्भरता प्रबद्र्धन गर्ने, समाजमा सक्रिय रुपले सहभागी हुने तथा सम्मानजनक तवरले जीवन व्यतित गर्ने अधिकार, समाजमा घुलमिल हुन तथा आफ्नो व्यक्तिगत विकासको लागि शिक्षा, तालिम, स्वास्थ्य, स्याहार सेवा, पुनस्र्थापना सेवा, रोजगारीको तयारी तथा मनोरञ्जनका अवसर प्राप्त गर्ने अधिकार, अपाङ्गता भएका बालबालिकालाई अन्य बालबालिका सरह समान आधारमा निजलाई प्रभाव पर्ने विषयमा आफ्नो धारणा व्यक्त गर्ने अधिकार र उनीहरुका धारणालाई उमेर र परिपक्वताको आधारमा उचित सम्मान दिइने भनिए पनि त्यस्तो भएको छैन ।
अपाङ्गता भएका बालबालिकालाई निजको सर्वाेत्तम हितका लागि अदालतबाट आदेश भएको अवस्थामा बाहेक अपाङ्गता भएका कारणबाट निजको घर परिवारबाट अलग गरिने छैन भनिएको छ । सरकारले बौद्धिक अपाङ्गता, मानसिक अपाङ्गता, अटिज्म, मस्तिष्क पक्षघात वा श्रवण दृष्टिविहीन अपाङ्गता भएका बालबालिकाका लागि सिकाइ आवश्यकतालाई सम्बोधन गर्न पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षण सिकाइ लगायतका विषयमा उपयुक्त व्यवस्था गर्नेछ । आजसम्म त्यस्तो ब्यवस्था गर्न सरकारका निकायहरु तयार भएका छैनन् । अपाङ्गता भएका बालबालिकालाई तोकिए बमोजिमको विशेष संरक्षणको अधिकार हुनेछ । अपाङ्गता भएका व्यक्तिलाई कृषि र स्वरोजगारमूलक व्यवसाय वा उद्यमशीलताका लागि अनुदान वा सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गर्नेछ । सवारी साधनको धनी वा सञ्चालकले तोकिए बमोजिमका अपाङ्गता भएका व्यक्तिलाई बस, रेल, हवाईजहाज जस्ता सार्वजनिक सवारी साधनबाट यात्रा गर्दा यात्रु भाडामा पचास प्रतिशत छुट उपलब्ध गराउनु पर्नेछ । अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सहायक साधन, उपकरण वा औजार, अपाङ्गमैत्री सवारी साधन तथा अपाङ्गता भएका व्यक्तिको शिक्षा, तालिम वा स्वरोजगारका लागि प्रयोग हुने मालसामान, यन्त्र, पाटपूर्जा तथा कच्चा पदार्थमा प्रचलित कानून बमोजिम भन्सार, अन्तःशुल्क, स्थानीय कर वा अन्य दस्तुर सम्पूर्ण वा आंशिक रूपमा छुट दिन सक्नेछ । अपाङ्गता भएका व्यक्तिलाई रोजगारी दिने उद्देश्य राखी स्थापना भएका प्रतिष्ठानमा जडित यन्त्रलाई अपाङ्गमैत्री बनाउन विशेष रुपमा फेरबदल वा पार्टपूर्जा जडान गर्दा भएको खर्चमा तोकिए बमोजिम कर छुट दिने, निःशुल्क शिक्षा दिने संस्थागत विद्यालयलाई सो वापतको रकम करमा छुट दिने, अपाङ्गता भएका व्यक्तिका छोराछोरीहरुलाई तोकिए बमोजिम निःशुल्क शिक्षाको व्यवस्था, तालिम वा रोजगारी दिने वा रोजगारीको व्यवस्था गरिदिने सामाजिक संस्था, व्यापारिक वा औद्योगिक प्रतिष्ठानलाई बैङ्क तथा वित्तीय संस्थाबाट सहुलियत ब्याजदरमा ऋण दिलाउने व्यवस्था गर्न सक्ने ब्यवस्था गरिएको छ ।
अपाङ्गता भएका ब्यक्तिहरुले पाउने सुविधा मैले पाउन सकेको छैन । आफन्तैबाट पीडत भएकी मैले बाँकी जीवनको योजना बनाउन सकेकै छैन । मेरो सहोदर ठुलो बुबाको छोरा दाई नाताको मानिस हुन उनी । म जन्मदेखी नै शारिरीक अपाङ्गता रहेको र हिड्डुल समेत गर्न नसक्ने भएको हुंदा घरमा नै बसी रहेको थिएँ । बिगत १ महिना अगाडी उनले मलाई मेरो घर नजिकै उनकै छाप्रो भित्र जाँउ भनी फकाई फुलाई पु¥याउनु भयो । दाईले बोलाएको स्थानमा म किन नजाने ? कुनै शंका नमानी म उनको घर छाप्रो भित्र गएँ । शारिरीक अपाङ्गता रहेकोले मलाई खाटमा लगी बसाई मेरो संबेदनशिल अंगहरु समाती सुमसुमाई खाटमा लडाई कपडा खोली जबरजस्ती करणी गर्न सफल भयो । म शारिरीक अपाङ्गता रहेकोले प्रतिकार गर्न नसकी सहनुको विकल्प थिएन । गाँउघरमा बेईज्जत हुने डरले कोही कसैलाई नबताई लामो समय चुपचाप बसिरहें । उक्त समयमा मेरो भाई, बहिनी तथा बुबा आमा समेत नेपालीहरुको महान चाड दिपवाली भएकोले देउसी भैलो खेल्न जानु भएको थियो । मलाई खाना खाईवरी सुताएर उहाँहरु चाडपर्व मनाउन जानु भएको थियो । घरमा म एक्लै भएको उनलाई जानकारी थियो ।
म सुतेको कोठामा आएर उसले ढोका खोल भन्यो । मध्यरातमा मैले ढोका खोल्न मानिनँ । उसले हामी सुत्ने ट्रष्ट कोठाको गाह्रोबाट भित्र प्रबेश गरेर नाई भन्दा भन्दै जबरजस्ती ग¥यो । म र मेरो परिवार समेतलाई मार्ने धाकधम्की दियो । करिब एक घण्टा उसले जर्बजस्ति गरे सँगै ढोका खोली भाग्यो । न मैले प्रतिकार गर्न सकें । न चिच्याउन नै ? सबैजना देउसी भैलो खेल्न गएकाले घर सुनसान थियो । उसले त्यहि मौकामा मलाई जर्बजस्ति गरेर भागिसकेको थियो । कतिबेला मेरो परिवार आयो मलाई जानकारी भएन । म पशु झै भएकी थिएँ । अपाङ्गता भएको फाईदा उसले उठाएको थियो । एकोहोरो उसले गिद्धले मासु लुछेझै लुछिरह्यो । सायद मन मिलेको र त्यो खालको सम्वन्ध भएको भए मलाई पनि खास समस्या हुँदैन थियो । जसले मलाई संरक्षण गर्नु पर्ने थियो उसले नै मलाई गरेको न्यो नरपशुको ब्यवहारले म रोईरहेको थिएँ । परिवार कतिखेर आयो मलाई जानकारी थिएन । आए सुते । म निदाउन सकिन । बोलाएर भन्न पनि सकिनँ । त्यो दिनको उसको हर्कतले मेरो मन रोई मात्रै रह्यो । २०७६ साल कार्तिक १२ गते बेलुकीको खान खाई सोही कोठामा सुत्न अनुरोध गरिएको थियो । घरमा पाहुना समेत भएकाले मलाई मेरो बहिनी सँग सुत्न भनिएको थियो । दिदी बहिनी सोही कोठामा सुत्ने क्रममा बहिनीले आमा सँग सुत्न जान्छु भनिन् । मैले बहिनीलाई उक्त घटनाका बारेमा बताउँदै डर लाग्छ तिमी पनि यही कोठामा सुत भनेर अनुरोध गरें । मेरो कुरालाई बहिनीले तत्कालै आमा बुबालाई भनिन् । घर परिवारले यस्तो कुरा लुकाई बस्न हुंदैन प्रहरीमा खबर गरी निजलाई कारवाही गर्नु पर्छ भनेपछि मेरो बुबाले तत्कालै प्रहरीकोमा खबर गर्नु भयो । जन्मजातै शारिरीक रुपमा अपङ्गता भएको अरुको साहारा बिना हिड्डुल समेत गर्न नसक्ने अबस्थाको मानिसलाई सहोदर ठुलोबुबाको छोरा दाईले घरमा कोही नभएको मौका छोपी आफ्नो घरमा बोलाई जबरजस्ती करणी गरेको कुरा प्रहरीकोमा पनि बताएँ । घरमा कोही नभएको अबस्थामा घर कोठा भित्र एक्लै सुतेको मौका पारी गाह्रोबाट भित्र पसी कोही कसैलाई भनेमा म तथा मेरो परिवारकै ज्यान नै मार्ने धामकधम्की दिई संबेदनशील अंगहरु समाती लगाई राखेको कपडाहरु खोली जबरजस्ती करणी गरेकोले कानुन बमोजिम हदै सम्मको कारबाही गरी उचित क्षतिपूर्ति समेत दिलाई भराई पाँउ भनी बयान दिएँ । मेरो बुबाले सोहि ब्यहोराको जाहेरी दिए लगत्तै उसलाई प्रहरीले पक्राउ गरेको छ । मुद्दा दर्ता गरी तत्काल उसलाई पक्राउ गरी मलाई न्याय दिने कुरामा सबै सहमत हुनु भयो । नभन्दै प्रहरीले पनि तत्काल अनुसन्धान शुरु गरी मलाई न्याय दिन अग्रसर भयो । मुलुकी अपराध संहिता,२०७४ को करणी सम्बन्धी कसुर अन्तरगत हदै सम्मको सजाय गरी क्षतीपुर्ती समेत दिलाई भराउन प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको थियो । मुलुकी फौजदारी कार्याविधि संहिता, २०७४ को दफा ३१ को उपदफा (१) वमोजिम गरिएको करणी सम्बन्धी कसुर (जबरजस्ती करणी) मुद्दा दर्ता भएको छ । मलाई न्याय दिन मेरो परिवारले साथ दिएको छ । मेरो जन्मजात अपाङ्गता र मेरो स्वभावका बारेमा पनि देख्ने र जान्नेहरुले प्रहरीलाई बयान दिएका छन् । स्वयंम उसले पनि ममाथी गरेको जर्बजस्तिका बारेमा प्रहरीमा स्विकार गरेको रहेछ । यस्तो रहेछ उसको बयान–‘म बुवा आमा संगै बसी कृषि पेशा गरी आफ्नो जिबिका चलाउदै आई रहेको थिएँ । मेरो बुवाको दुईवटा दाजु भाई हुनुहुन्छ । मेरो बुवा दाइ हुनुहुन्छ । मेरो काकाले प्रहरीकोमा जाहेरी दिनु भएको रहेछ । हजुरआमा एक्लै बस्नु हुन्छ । जाहेरवालाको एक छोरा र दुई छोरी छन् । छोरीहरु मध्ये जेठी छोरी जन्मसिद्ध हिड्न नसक्ने अपाङग छिन् । बहिनी नाता पर्छ । मेरो बुवा र उनको बुबा म नजन्मिदै अलग्गै भई बसेका रहेछन् निजहरुको र हाम्रो घर तलमाथि नजिकै रहेको छ । म र उनी सानै देखी संगै खाने बस्ने गरेका थियौं । त्यतीखेर म १२ बर्षको र उनी १० बर्षको जती थिईन । हामी संगै खेल्ने संगै सुत्ने बस्ने गर्दा बहिनी र म दुबै जना कपडा नलगाई सुत्दै आएका थियौ । दुबैको सहमतिमा शारिरीक सम्बन्ध राख्दै आएका थियौं । पछि म १६ बर्षको हुँदा ओखल्ढुंगा घर हुने अञ्जली स्याङबोसंग प्रेम बिबाह गरी २ महिना संगै बस्यौं । श्रीमतीले म काठमाण्डौ तिर नै बस्छु भनेर मलाई छाडी गए पछि उसलाई छाडिदिएँ । ६ महिना पछि अर्की सुनिता तामाङसंग प्रेम बिबाह गरी घरजम गरी बस्न थालें । सोहि क्रममा २०७६ साल श्राबण मसान्तमा उनी माईत गई बसिन् । पटक पटक मैले घर आउन आग्रन गरें । आजसम्म पनि उनी घरमा आउन चाहिनन् । तीन पटक सम्म लिन जाँदा आउन नमाने पछि म घरमा बसी कृषि पेशा नै गरि बसिरहें । श्रीमती माईत गई बसेपछि घरमा बस्दा अपाङ्गता भएकी बहिनी बस्ने डेरा कोठामा गई बस्ने गरेको थिएँ । काका र काकी आफ्नो घरमा बस्नु हुन्छ । बहिनी, भाई र कहिले काँही म समेत हजुरआमाको घरमा गई बस्ने गरेको थियौं । उनकै भाई र मेरो २०७६ सालको विजया दशमीको अघिल्लो दिन झगडा प¥यो । मसँग झगडा परे पछि उ आफ्नै घरमा गएर सुत्न थाल्यो । बहिनी हजुरआमा संगै बसिरहेकी थिईन् । हजुरआमाको घरमा बाहिर खाट हाली सुत्ने र बस्ने गरेको थिए । २०७६ सालको दशैको पुर्णिमा पछि हजुरआमाको छोरी मेरो फुपुहरु तिहारमा बुबा काकाहरुलाई टिका लगाउन नआउने भए पछी म काठमाण्डौ तिर आउछु भनि हजुरआमा काठमाडौ छोरीको घर तिर गई बस्नु भयो म हजुरआमाको घर बाहिर खाट हाली सुत्न थालें । बहिनी हजुरआमा सुत्ने घर भित्र सुत्दै आएकी थिईन् । २०७६ कार्तिक २÷३ गते बहिनी आमा बुवासंग गई बसिन् । उनी घर भित्र एक्लै भएको मौका छोपी सानैमा उनीसँग गरेको ब्यवहार सम्झन पुगें । अनि पुनः एक पटक शारिरीक सम्पर्क राख्ने योजनाका साथ रातको ८ बजे जबरजस्ती करणी गरें । करणी गरी सकेपछि म बाहिर आई सुतें । २०७६ कार्तिक १० गते गाँउमा गई मादक पदार्थ सेबन गरी सुत्ने तयारीमा थिएँ । हजुरआमाको आई खाना खान लाग्दा घरको ढोका बन्द रहेको र ढोका खोल बहिनी भन्दा ढोका नखोलिए पछि ट्रष्ट लगाएको उक्त घरको बिचको पर्खालबाट माथी चढी हेर्दा उनी खाटमा सुती रहेको देखें । त्यस दिन पनि मैले जर्बजस्ति गरें । सानोमा थाहा नपाएर गरें । पछि जानीजानी दुई श्रीमतीले छाडेपछि उनलाई जर्बजस्ति गरें । म आफुले गरेको पापको भागिदार बोक्न तयार छु ।’
मैले नजान्दा र मलाई थाहा नहुँदा पनि उसले मलाई जर्बजस्ति करणी गरेको रहेछ । उसलाई हदैसम्मको कारवाही हुनु पर्छ । यस्ता अपराधीलाई कडा कारवाही गरी मलाई न्याय दिनु पर्छ । राज्यबाट मैले अपाङ्गता बापत प्राप्त गर्नु पर्ने सेवा र सुविधा पनि उपलब्ध गराउनु पर्छ ।
ज्ञानी खड्का (नाम परिवर्तन)
पीडित बालिका
पाँचखाल, काभ्रे









