जिएन प्रधान
कथित केही जेन्जी नामका अराजक जत्थाहरूको आतंकको वातावरणवीच देशका धेरै कम्युनिष्ट पार्टीहरूमध्ये मूलधारको शक्तिको रुपमा रहेको नेकपा एमालेको एघारौँ महाधिवेशन गएको मंसिर २७–२९ (मत परिणाम पौष ४ गतेसार्वजनिक भएसङ्गै) सम्पन्न भएको छ । केही ब्यक्ती, कुनै पार्टी सम्मूहलाई लागेको थियो गएको भाद्र २३ र २४ को कथित जेन्जी आन्दोलनको घटनापछि देशका पूराना पार्टीहरू नेपाली काँग्रेस नेकपा एमाले समेत समाप्त भयो । अबको राजनीती र राज्यसत्ता हाम्रो हो भनेर रमाउन पुगे । मलको थुप्रामा हौसिएको धानको बोटझैँ हौसिन पुगे । वर्तमान प्रधानमन्त्री सुशिला कार्कीसमेत केही पर्दापछाडिका ब्यक्तिहरू समेत सम्भवतः वानेश्वरको कुनैघरमा बसेर २४ गतेको अपरान्ह ताका तत्कालिन प्रम केपि ओलीले आफ्नो पदबाट राजिनामा दिई सुरक्षाका लागि जब सेनाको हेलिकप्टरबाट गन्तव्य स्थानतिर सयर गर्दै हुनुहुन्थ्यो । हो त्यसवेला वर्तमान सुशिला कार्कीसमेत कोहि ब्यक्तिहरूको नेपथ्यबाट अभिब्यक्त भएको भिडियोसमेत दुर्गा प्रसाईँबाट सार्वजनिक भैसकेको छ । जसले उक्त घटना घट्नुमा स्वयम् सुशिला कार्कीसमेतको संलग्नता त छैन ? भन्ने आशंका सिर्जना गरेको छ । उनको नेपथ्यको हौसिएको र पूर्वप्रधनमन्त्री केपि ओली सेनाको हेलिकप्टरबाट सयर गर्दैगर्दाको अज्ञात तर खुशीभावको प्रश्न गराईले यस्तै कुराको संकेत गर्छ ।
जेहोस् सबैको मनमा डर र सन्त्रास अनि एमाले र काँग्रेस समाप्त भयो । अब जनता सामु आउन सक्दैन भन्ने अड्कलबाजी भैरहेको बेला नेकपा एमालेको एघारौँ महाधिसवेशन एकदम भव्य र सभ्य रुपमा सम्पन्न भयो । एमाले सिध्यियो र समाप्त भयो भनी आत्मराप ताप्नेहरूको मनमा ढ्याङ्रो ठोक्न पुग्यो । भाद्र २३ र २४ को नियोजित घटना घटाएर कसैलाई सत्ताच्युत गराउनको लागि देशी विदेशी योजना र भरपूर आर्थिक सहयोगमा जसरी निर्दोष र आन्दोलन के हो, किन र के का लागि??भनी थाहा नभएकाहरूलाई बलिको बोको बनाएर र सयौँको संख्यामा ऐतिहासिक र महत्वपूर्ण भवन तथा कार्यालयहरू ध्वस्त बनाएर बनाउन लगाएर रमाउन पुगेका वालेनजस्ता भष्मासुरहरूले खुशी मनाउनुको कुनै अर्थ रहेन । तत्कालका लागि देशकै खलनायक सावित भएपनि पछिल्लो समयमा आएर वालेनको मध्यरातको शंकास्पद् स्ट्याटसहरू, ऐतिहासिक धरोहर सिँहदरवार जल्दा दमकल नपठाउनु, धरानका मेयर हर्क साङ्ग्पाङ्गलाई मन्त्री खानेभए भारतीय दुतावास जानू, प्रधानमन्त्री र गृहमन्त्रीको लागि सिफारिस वालेनले गर्नु, कालो जाकेट पछाडी ढाडमा त्इद्य लोगो भएका कालो जाकेट समूहहरूबाट बुलेट वाइक पड्काउँदै कुद्नु, त्यहीसमूहलाई साथ सहयोग गर्नु, आन्दोलनमा लागि परेका अराजक तत्वहरूलाई संकास्पद पानी वितरण गर्नु, वालेन आफैपनि वावरा फौण्डेशन जस्ता गैर विदेशी संस्थाको सदस्य रहेको पुस्टिनुले भाद्र २३ र २४ को कथित आन्दोलन जेन्जिहरूको संगमात्र सीमित नभै लामोसमयदेखिको योजना रहेको पुष्टि भएको छ । तसर्थ यो घटना घटाउनमा मूख्य भूमिका खेल्ने वालेन हो भन्नेमा अब कोहि दुविधामा छैन र देशैभरिका न्यायप्रेमी, देशभक्त जनताहरूले बुझ्दैछ । आफूहरूबाटै गर्नपुगेको नियोजित घटनालाई जवरजस्त केपि ओली माथी थोपर्ने र हत्यारा दोष लगाउने जस्ता जे कार्यहरू गरिए त्यो आफैमा झुठ सावित हुँदैछ । यो आन्दोलनको नेपथ्य भूमिका खेलेकाहरू वालेन, रास्वपा, सुदन गुरुङ्ग, प्रचण्ड समेत हुन् भन्नेमा बिस्तारै छर्लङ्गिँदैछ । यहि देशसक्ने समूहहरू मूलतः एमालेलाई सक्नको लागि जसरी दिलोज्यानले लागि परे एमालेको सल्लाघारी उद्घाटन समारोहमा देशका दर्जनौँ ठाउँहरूबाट आएको विभिन्न झाँकीसहितको जनसागर ४ दिनसम्म चलेको अनुशाशित र सभ्य बन्द सेसानको प्रकृयाबाट पनि असभ्यताको पराकाष्ठा नाघेकाहरूको लागि असैह्य भएको छ । सिष्टता, सभ्यता, मानमर्यादाको ख्याल नगरी जथाभावी अश्लिल शब्द बोल्न र लेख्न सक्नुमा नै आफ्नो पौरख र जनमानसको माहोल देख्नेहरूको लागि यो एमालेको अधिवेशनपछि अप्रत्यासितरुपमा अत्तालिन पुगेका छन् । एमालेको यहि शक्ति कायम छ भन्ने थाहा पाएर जेन्जी आन्दोलनबाट स्वयम् आफूहरूको जनमत खस्केको महसुस गरेर हुनसक्छ, तत्कालिन नेकपा माओवादी प्रचण्डको नेतृत्वमा वाम समान विचारका ९÷१०ओटा समूहको भेला गरेर एउटै नेपाली कम्युनिष्ट बनाउन पुगे । यस्तै राप्रपाका दुइपार्टी एउटै भए भने कथित जेन्जी आन्दोलनको माध्यमले देशको सत्ता आफ्नो हातमा पार्न सफल भएको भनी भित्रभित्रै हौसिन पुगेका केही अराजक, विदेशी दलालको रुपमा परिचित समूहहरू र देशमा लोडसेडिङ्गको अन्त्य गरेको भनी जस कमाउन सफल भएर उज्यालो पार्टीको नामले पार्टी खोल्न पुगेकासमेत अहिले चाहेर वा नचाहेर पनि एक हुन पुगेका छन् अथवा कोहि कसैले नेपथ्यबाट एक गराएका छन । यसरी आ–आफ्नो स्वभाव र चरित्र अनि समानताका उद्देश्य बोकेकाहरू एक ठाउँमा आउने वा एउटै पार्टीहरू बनाउने प्रयास हुनुभनेकै एमालेको एघारौँ महाधिवेशनको परिणाम हो भन्न सकिन्छ ।
एमाले महाधिवेशनका लागि देशैभरिबाट लाखौँको संख्यामा उपस्थित जनमानसले वालेन र यसको सिफारिसमा बनेको सुशिला कार्कीको कठपुतली सरकारले जसरी र जुनरुपमा एमालेप्रती हियाइको धारणा राख्नपुगेका थिए यो महाधिवेशनमा उर्लिएको जनसागरले धेरै राजनीतिक दलहरू अचम्भित हुनपुग्यो । आफ्नो पार्टीको नाम र दलका नेताहरू बाहिर मोफसलमा देखिन नसकेका नेताहरूको समेत साहस बढ्न थाल्यो । जुनकुरा अधिवेशमा शुभकामना मन्तव्य दिनेक्रममा नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)को एमाले सामिप्य भावनात्मक सम्बोधन भाषण र नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ (चौधरी) को मैत्रीपूर्ण सम्बोधन भाषणले पनि यहि प्रमाणित गर्छ । नेकपा एमालेको यहि महाधिवेशनको सफलताबाट नै नेपाली काँग्रेसलाई समेत आफ्नो पार्टीको महाधिवेशन गर्न थप हौसला मिलेको छ । यद्यपी यो लेख लेख्दासम्म नेपाली काँग्रेसको महाधिवेशन गर्ने मिति टुङ्गो लागि सकेको छैन र विवादमै रहेको छ ।
एउटा विर्स नै नहुने कुरा के पनि छ भने जेन्जी आतंकको त्यो भिषण घडिमा आवास घर ध्वस्त बनाउनुका साथै एमालेका निडर र साहसी नेता क.महेश बस्नेत स्वयमलाई समेत तारो बनाइरहेको अवस्थामा कतिपनि विचलित र हतोत्साही नमानी कथित जेन्जीहरूका विरुद्धमा हाँक दिनु र केपि ओलीको ढाल(रक्षक) बनी सार्वजनिक रुपमा चुनौती दिइनुले एमालेको सान यो ठाउँमा आइपुगेको हो भनी मुक्तकण्ठले प्रशंसा स्वयम् विक्षिहरूबाट पनि भएका छन् । निर्वाचनमा सर्वाधिक मत महेश बस्नेतले प्राप्त गर्नु यसको प्रमाण हो ।
२०४८ को बहुदलको आगमन पछि २०८२सम्म आँसिक या पूर्ण सरकारको नेतृत्व गरेको आधारमा भएका केही नकारात्मक शासन प्रवित्तिको अवजस त बोक्नुपर्छ नै । तर यसोभन्दैमा त्यो बेलादेखी आलोपालो सत्ताशिन भएका नेपाली काँग्रेस, नेकपा माओवादीको नेतृत्वमा भएको सत्ताको ज्यादा दुरुपयोगलाई समेत यो अन्तिम समयमा एमाले अध्यक्ष समेत रहेका प्रम केपि ओलीलाई एकल दोष लगाउन खोज्ने जुन प्रयास गरियो यो सबै जिआइ जालिले सूर्य छेक्न खोजे जस्तै थियो जुन कसैले पत्याउने कुरै भएन । यसैले पनि एमालेले आफ्नो शक्ति देखाउन आवश्यक थियो त्यो देखाउन सफल भयो ।
साविक नेपालको नक्सा लिपिया धुरासहितको भूभाग समेटेर नयाँ नक्सा जारी गर्नु, यो भू–भागको विषयमा केपि ओलीले अन्तर्राष्ट्रियकरण गर्नु, देशका विभिन्न क्षेत्रहरूमा गौरवका विकासहरू सम्पन्न गर्नु र थप योजनाहरू अगाडि बढाउनु, भ्रष्टाचार नियन्त्रण गर्नमा पहल अगाडि बढाउनु, सामाजिक सुरक्षा र भत्ता सुविधा प्रदान गरेर धेरै अशक्त असहायहरूको मन जित्नु र आउने ८४ को निर्वाचनमा एमालेको एकल बहुमत आउने लक्षण भएबाट भयभित भएकाहरूलाई केपि ओली नेतृत्वको सरकार के गरि ढाल्ने भन्ने बहाना चाहिएको बेला गैरकानुनी रुपमा संचालनमा रहेको र अनावश्यक विकृती बढाइरहेको सामाजिक सन्जालहरू युट्युव, फेसबूकलगायतलाई कानुनी दायरामा ल्याउन गरिएको प्रयासलाई निहु बनाइ जुन आन्दोलन गरियो त्यो आफैमा अनुचित थियो । र, यसलाई नियमन गर्न आवश्यक छ भन्ने कुरा वर्तमान सूचना तथा प्रविधीमन्त्री जगदिश खरेलबाट पनि सार्वजनिक रुपमा ब्यक्त गरिसक्नु भएको छ । यस अर्थमा पनि सामाजिक सन्जालमाथिको प्रतिबन्ध जायज थियो र रहेछ भन्ने प्रमाणित हुन्छ ।
अझ यो एघारौँ महाअधिवेशनपछि नेकपा एमाले विभाजन हुन्छ र हुनेछ भनी धुपदीप गरि तपस्या गरिबसिरहेकाहरू र केपि ओलीको विरुद्धमा विष वमन गरिरहेका मिडियाहरू, फेसबूक, युट्युवलगायतका सामाजिक सन्जालहरूको सब प्रयास विफल भएको छ । यहि विरोधी खेमाका मिडियाहरूको फुल्याई केपि ओलीलाई हियाइ उचालेको भरमा सिङ्गो एमाले पार्टीलाई कमजोर बनाउन प्रत्यक्ष या अप्रत्यक्ष रुपमा लागि परेको एमालेका एउटा समूह झनै जिल्लिन पुगेको छ । जबकी यो महाधिवेशनमा ईश्वर पोख्रेल समूह भारीमतका साथ विजयी हुनेछ र केपी ओलीको राज अन्त्य हुनेछ भनी कल्पना गरेकाहरू जिल्लिन पुगेकोछ । जसले जेजे आशा र विश्वास गरेका थिए त्यो सबै सपनातुल्य बनेको छ । पार्टीमा प्यानल बनाइन उठौँ, सहमतिका साथ अघि बढौँ भन्ने ओलीको प्रस्तावलाई लत्याएर जसरी जुनरुपमा हौसिएर लड्न पुगेका थिए । ईश्वर पोख्रेल र उहाँका समर्थकहरूले आफ्नो हैसियत र उठाइएका मुद्दा महाधिवेशन प्रतिनिधिहरूले कति स्वीकारे कति स्वीकारेन भन्ने स्पष्ट बुझ्ने अवसर पाएको छ । गएको भाद्र २३ र २४ को कथित जेन्जी आन्दोलनबाट घट्न गएको १९ जनाको मृत्युलगायत अन्य मृतक र घाइँतेहरूको दोष पार्टी अध्यक्ष तथा तत्कालिन प्रम केपि ओलीलाई बोकाउने प्रयास गरेर जुनसिङ्गो पार्टीमाथी नै नैतिक संकट निम्त्याउने प्रयास ग¥र्याे त्यो अत्यन्त गम्भीर विषय थियो । जुनकुरा केपि ओलीको निर्देशनमा नभएको र हुनै नसक्ने विषयलाई समेत सस्तो लोकप्रियता र विपक्षी तत्वहरूलाई बल मिल्ने गरि सार्वजनिक रुपमा अभिब्यक्ती दिन पुगे जसले केपि ओली अरु विपक्षिको नजरमा दोषी त देखिनेभयो नै यसबाट सिङ्गो पार्टी एमालेको छवि नै खस्काउने जस्ता विपक्षी कित्ता लगाउने जस्ता आक्षेप लगाउन समेत बाँकी राखेन । जुन जिम्मेवारी नेताले यस्तो अभिव्यक्ती दिन सुहाउँदैनथ्यो । जुन महाधिवेशनले अस्वीकार ग¥यो ।
महाधिवेशन अगाडिको एमालेको दुइधारबाट जेजस्तो अवस्था देखिएपनि महाधिवेशनपछिका दिनहरूमा यो विवाद बिस्तारै सेलाउँदै जान आवश्यक छ । तैपनी महाधिवेशनको केहीदिनपछि नै ईश्वर पक्ष समूहको भेलाबाट भेलाको निर्णय भनी जेजस्ता कुराहरू सार्वजनिक गरे यसले एमालेप्रती निष्ठावान कार्यकर्ता समर्थकहरूलाई केही हदसम्म झस्काउन पुगेपनि यो आफैमा निस्प्रभाव हुँदै जानेमा कुनै सन्देह छैन । पार्टीभित्रका एउटा पक्षलाई केपि ओलीका कारणले भाद्र २३ र २४को घटना घट्न पुग्यो भन्ने नकारात्मक सिर्जना गरेर केपि ओलीलाई पार्टीबाट विस्थापित गर्नेसम्मको प्रयासमा लागेपनी देशभरिबाट अधिवेशनमा प्रतिनिधिको रुपमा सहभागी भएका अत्याधिक प्रतिनिधिहरूको आँखामा, मनमा, विचारमा भाद्र २३ र २४को घटना घट्नुमा केपि ओलीको कुनै हात नरहेको, प्रम केपि ओली पूर्णतःनिर्दाेष सावित भएको प्रामाणित गर्नकै लागि पनि केपि ओली नै अध्यक्षमा निर्वाचित हुन आवश्यक थियो त्यो प्रतिनिधिहरूले सावित गरेर देखाए । यो नसोचेको परिणाम निस्केपछी केपि ओलीको विस्थापन भएको देख्न चाहेका सबै विपक्षिहरूमा (रेक्टरको झड्का लाग्न पुग्यो । यसले प्रधानमन्त्री सुशिला कार्कीलाई एक्कासी (९० डिग्रीबाट १० डिग्री तापमा झार्न बाध्य बनायो भने वालेन रविजस्ता देशद्रोहिहरूको सात्तो उडाउने काम ग¥यो । एमाले महाधिवेशनबाट केपि ओली झनै तीनगुणा भारी मतान्तरले विजयी हुनु र महाधिवेशनमा आएको जनमाहोलले एमालेको जनमतमा कुनै कमि नआएको, निर्वाचनमा एमाले नै पहिलो पार्टी हुने ठोकुवा भएबाट अहिले मुलुकका नयाँ पुराना सबै दलहरूमा राजनीतिक तरङ्ग पैदा भएको छ । यस विषयमा एमालेको प्रमूख प्रतिस्पर्धी पार्टी नेपाली काँग्रेसबाट कुनै कृया प्रतिकृया नआए पनि खासगरी नयाँदल भनी देखापरेका दलहरू नै एमाले देखी बढी झस्किएको र तर्सिएको देख्न सकिन्छ । उता हिजोसम्म संसदमा तेस्रो ठूलो हैसियतमा रहेको नेकपा माओवादी गएको भाद्र २३ र २४ को कथित जेन्जी घटनाबाट अत्तालिएर आफ्नो तीसौँ वर्षदेखी स्थापित हुँदै आएको माओवादीको छाप(ब्राण्ड) कायम भएको र अनवरत रुपमा नेतृत्वमा रहेका प्रचण्ड स्वयमलाई आफ्नो पार्टीको नाम बोझ (घाँडो) भएको महसुस गरि धेरैवटा पार्टीसँग एकीकृत गर्ने नाममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई नै ईतिहासमा मात्र रहने गरि नेकपा एसहरूसमेतको गठबन्धनमा हराउन पुगेपछी यो गठबन्धनलाई कति तनाव छ प्रष्ट बुझ्न सकिन्छ । यस्तै नेकपा माओवादीलाई ‘नाममा’ घाँडोभएजस्तै नेकपाएसलाई पार्टी नै बोझ भएको महसुस गर्न सकिन्छ । यतिमात्र नभै अस्तित्व रक्षा गर्नै धौधौ परेका वामदेवको एकतापार्टी, भिम रावलको अलपत्र पार्टी समेत तराईका केहीपार्टीहरू समेत सम्मिलित यो पार्टीलाई एमाले देखी नै बढी डर रहेको देखिन्छ ।
निष्कर्षमा भन्नूपर्दा सयौँ वर्षदेखी विकसित हुँदै आएको प्रशासनिक अनियमितता, ढिलासुस्ती, नातावाद, कृपावाद, भनसुनवाद, घुसवाद, भ्रष्टवाद, विकृतिवाद, विसंगतिवाद, राजनीतिक अस्थिरवाद, जतासुकै भद्रगोलवादको एकल दोषी केपि ओली माथी बोकाउन या दोष थोपर्ने प्रयास गरेर वर्तमान समाज अराजकतातिर ढकेल्ने प्रयास हुनु आफैमा निन्दनीय विषय हो । खास त नेपाललाई यस्तो अन्यौलको भूमरीमा फसाउने कार्य विदेशी शक्तिहरूको ईसारामा गरिरहेको छ । कोहिकोही नेपाली बुज्रुकहरू यसैमा रमिरहेको छ । नेपालको विकास देख्न नचाहने र नेकपा एमालेको नेतृत्वमा भैरहेको यो विकासबाट अत्तालिन पुगेकाहरूले खासगरी नेकपा एमालेका पार्टी अध्यक्ष केपि ओली प्रम रहेको योबेला केपि ओलीसङ्गै पार्टीको बदनाम गराई समाप्त पार्ने भन्ने लक्ष्यले नै यो सुनियोजित विध्वंस मचाएको छर्लङ्ग हुँदैछ र भैसकेको छ । जेहोस् वर्तमान वालेन लुसिफर समर्थित सरकार, स्वयम् लुसिफर समिलित रास्वपा पार्टी, प्रचण्डले नेतृत्व गरिरहेको नेपाली कम्युनिष्ट पार्टी समेत देसका सम्पूर्ण पार्टीको आँखा एमालेमा रहेको छ । कथित जेन्जी आन्दोलनले समाप्त भयो भन्ने एमाले पार्टी, एमालेको एघारौँ महाधिवेशनले सबैको मनमनमा तरङ्गित बनाएको छ ।





